सनराइज ब्लूचिप फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य माघमा घट्यो

फागुन १२, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज ब्लूचिप फण्डको प्रति इकाई खुद सम्पत्ति मूल्य माघ महीनामा घटेको छ । पुस मसान्तसम्म रू. १० दशमलव ३९ रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य माघ मसान्तसम्म रू. १० दशमलव १६ मा झरेको हो । बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्य सहित सञ्चालित यस योजनाले माघ मसान्तसम्म गरेको लगानीको परल मूल्य धितोपत्र दलाल कमिशन सहित रू. ८० करोड ७२ लाख ७५ हजार छ । योजनाको लगानीको परलमूल्य भन्दा बजार मूल्य कम रहेको छ । माघ मसान्तसम्म योजनाले धितोपत्रमा गरेको लगानीको मूल्य रू. ७८ करोड ५५ लाख ९० हजार रहेको छ । यस अवधिसम्म योजनाको बैंक मुद्दती निक्षेपमा रू. १८ करोड रहेको छ । पुस मसान्तसम्म रू. ४ करोड १८ लाखभन्दा बढी नाफा गरेको योजनाले माघ मसान्तसम्म रू. १ करोड २६ लाखभन्दा बढी मात्र नाफा गरेको छ । योजनाको आम्दानी पुस मसान्तसम्म रू. ५ करोड ३३ लाख ४८ हजारभन्दा बढी भएकोमा माघ मसान्तसम्म रू. २ करोड ५९ लाख ५० हजारभन्दा बढी रहेको छ । खर्च पुस मसान्तसम्म रू. १ करोड १४ लाख ७० हजार रहेकोमा माघ मसान्तसम्म रू. १ करोड ३२ लाख ६२ हजार भएको छ । पुस मसान्तसम्मको तुलनामा माघ महीनामा आम्दानी घटेको र खर्च बढेकाले योजनाको खुद नाफा घटेको हो ।

सम्बन्धित सामग्री

सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन ओटै फण्डको न्याभ घट्यो

काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित तीन ओटा फण्ड (योजना) ले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । सनराइज ब्लूचिप फण्ड, सनराइज फोकस्ड इक्विटी फण्ड र सनराइज  फस्र्ट म्युचुअल फण्डले वैशाख मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका हुन् । यी तीन ओटै फण्डको न्याभ चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ ।  सनराइज ब्लूचिप फण्डको न्याभ चैत मसान्तसम्म ९ रुपैयाँ १७ पैसा रहेकोमा वैशाख मसान्तमा ८ रुपैयाँ ९५ पैसा कायम भएको छ । त्यस्तै सनराइज फोकस्ड इक्विटी फण्डको न्याभ वैशाख मसान्तसम्म ९ रुपैयाँ ८८ पैसा रहेको छ । यस फण्डको न्याभ चैत मसान्तसम्म ९ रुपैयाँ  ९७ पैसा थियो ।  सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ चैत मसान्तमा १२ रुपैयाँ ४ पैसा रहेकोमा वैशाख मसान्तमा ११ रुपैयाँ ७७ पैसामा झरेको छ । न्याभसँगै यस फण्डको नाफा पनि घटेको छ । चैत मसान्तसम्म फण्डले रू. ३ करोड ९७ लाख नाफा कमाएकोमा वैशाख मसान्तसम्म रू. १ करोड ६२ लाखमा झरेको हो । वैशाख महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । चैत मसान्तसम्म फण्डको जम्मा आम्दानी रू. ५ करोड ४१ लाख भएकोमा वैशाख मसान्तमा रू. ३ करोड २३ लाखमा झरेको छ ।  सनराइज फोकस्ड इक्विटी फण्ड भने वैशाख मसान्तसम्म रू. १ करोड २५ लाख नोक्सानीमा रहेको छ । चैत मसान्तमा पनि फण्ड रू. २५ लाख ५६ हजार नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी बढेको छ । वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएका कारण जम्मा आम्दानी रू. १७ लाख २२ हजार ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । सो अवधिमा फण्डले सूचीकृत धितोपत्रमा रू. १७ करोड ८९ लाख लगानी गरेको छ ।  सनराइज ब्लूचिप फण्डले वैशाख मसान्तसम्म सूचीकृत शेयरमा रू. ७० करोड ८८ लाख लगानी गरेको छ । यो लगानी चैत मसान्तसम्म रू. ६९ करोड ६५ लाख थियो । यस आधारमा फण्डले सूचीकृत शेयरमा लगानी बढाएको छ । वैशाख मसान्तसम्म फण्डले रू. १ करोड ५७ लाख नाफा कमाएको छ । यो नाफा चैत मसान्तसम्म रू. ४ करोड २८ लाख थियो । वैशाख महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो ।  सनराइज फस्र्ट म्युचुअल फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  सनराइज ब्लूचिप  फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्  सनराइज फोकस्ड इक्विटी फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्