एसियाली विकास बैंक (एडीबी)ले पाकिस्तानका लागि एक अर्ब ५० करोड अमेरिकी डलरको ऋण सहयोग स्वीकृत गरेको छ । पछिल्लो पटक बाढीपहिरोबाट विनाश भएको पाकिस्तानमा खाद्य तथा सामाजिक सुरक्षा, पुनर्निर्माण र रोजगारीका लागि एडीबीले एक अर्ब ५० करोड अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेको हो ।
पाकिस्तानमा बाढीका कारण मात्रै तीन करोड ३० लाखभन्दा धेरै मानिस प्रभावित बनेका छन् । पूर्वाधार तथा कृषिमा व्यापक क्षति पुगेकाे छ । विपद्पछिको पुनर्निर्माण र जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले प्रतिकार्य प्याकेजको एक हिस्साका रूपमा यो ऋण उप...
गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट १ अर्ब १० करोड रुपैयाँको केराउ भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशबाट उक्त मूल्य बराबरको १ करोड ९० लाख ४ हजार किलोग्राम केराउ भित्रिएको हो ।नेपालमा विश्वका ७ वटा देशबाट केराउ आउने गरेको विभागको तथ्यांकले देखाएको छ । त्यसमध्ये म्यानमारबाट ५० करोड ८३ लाख रुपैयाँ बराबरको केराउ भित्रिएको छ । यस्तै, भारतबाट २९ करोड १० लाख रुपैयाँको केराउ आयात हुँदा तान्जानियाबाट १७ करोड १४ लाख रुपैयाँको केराउ भित्रिएको छ ।संयुक्त अरब इमिरेट्सबाट १ करोड २
विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब कम बजेट ल्याउने भएको छ । विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । आगामी आर्थिक वर्षको बजेटको आकार नयाँ स्थानीय सरकारले घटाउन लागेको हो । ‘चालू आर्थिक वर्षको बजेट घट्छ, आम्दानी घटेपछि बजेटको आकार पनि घट्ने भएको हो,’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले भने । आगामी आर्थिक वर्षको बजेट पनि ३ अर्ब ५० करोड देखि ३ अर्ब ६० कर
जेठ १५, काठमाडौं । सरकारले दीर्घरोगीहरू मृगौला, क्यान्सरजस्ता बिरामी भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगमी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । यसका लागि सरकारले १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
वैशाख १८, ओखलढुंगा । सरकारले हिमाल, पहाड र तराई जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्ने भएको छ ।
यसका लागि रू. १ अर्ब ५० करोड बजेट विनियोजन समेत गरिइएको छ । जीर्ण अवस्थामा रहेको सिराहाको मिर्चैयादेखि सोलुखुम्बुसम्मको सडक यसैवर्ष स्तरोन्नति हुने भएको हो ।
मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा–सोलु सडक स्तरोन्नति गर्न उच्च प्राथमिकता दिइ आवश्यक रकम विनियोजन भएको प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए । ऐतिहासिक महत्व बोकेको उक्त सडक सरकारले विशेष बजेट माफर्त स्तरोन्नति गर्ने निर्णय गरेको उनको भनाइ छ ।
‘यो सडक प्रदेश १ को समृद्धिसँग जोडिएको छ । यही मार्ग भएर माथिल्लो सगरमाथाका सोलु, खोटाङ, ओखलढुंगा र उदयपुरको उत्तरीक्षेत्रमा खाद्यन्न र निर्माण सामाग्री ढुवानी हुन्छ ।’ उनले भने, ‘म त्यो क्षेत्रको सांसद भएकाले सिद्धिचरण लोकमार्ग स्तरोन्नति मेरो प्राथमिकतामा छ ।
प्रदेश सरकारको सिफारिस र समन्वयमा राष्ट्रिय गौरवको योजना बनाएर सरकारले विशेष बजेट व्यवस्था गरेको छ । अब तत्काल ठेक्का प्रक्रिया शुरुआत हुन्छ । लोकमार्गको सडक चौडाई बढाएर ढल निकास सहितको व्यवस्थित बनाइने छ ।’
कटारी–घुर्मी–ओखलढुंगा सडक स्तरोन्नतिको माग गर्दै उदयुपरको उत्तरी क्षेत्रका स्थानीयले केही दिन अघि सडक अवरुद्ध समेत गरेका थिए । आन्दोलित स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले तत्काल सडक स्तरोन्नतिको प्रक्रिया शुरु गराउने प्रतिवद्धता जनाएका थिए ।
दशकौं अलपत्र बनेको सडक स्तरोन्नति हुने भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । कटारी नगरपालिका १४ का रुद्र प्याकुरेलले लामो समयदेखि सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्न गर्दै आएको माग ढिलै भएपनि पूरा हुने भएपछि खुशी व्यक्त बताए ।
उनले भने ‘हामीले निकै हारगुहार गर्यौँ । सडक मर्मत गर्न माग गरेर कहीँ कतैबाट सुनुवाइ भएको थिएन ।’ कटारी–घुर्मी सडक मर्मत भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने यस क्षेत्रका नागरिकको बाध्यता अन्त्य हुनेछ । रासस