फर्निचर-फर्निसिङ व्यवसायलाई धरासायी हुनबाट जोगाउन आग्रह

काठमाडौं । फर्निचर तथा फर्निसिङ व्यवसायमा आवद्ध व्यवसायीहरुले यस क्षेत्रलाई धरासायी हुनबाट जोगाउन सरकारलाई आग्रह गरेका छन् । नेपाल फर्निचर तथा फर्निसिङ संघको २४ औं वार्षिक साधारण सभाका सहभागीहरुले काठका फर्निचर उत्पादनका लागि आवश्यक नीति नबन्दा फर्निचर तथा फर्निसिङ व्यवसाय धरासायी अवस्थामा पुगेको बताए । नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेश अग्रवालले फर्निचर निर्माणका […]

सम्बन्धित सामग्री

विष्णु पौडेल अर्थमन्त्री बनेपछि अटोमोबाइल व्यवसायी उत्साहित

पौडेल व्यवसाय र व्यवसायीको समस्या बुझ्ने व्यक्ति भएकाले धरासायी बनिसकेको यो व्यवसायलाई निकास दिने आस पलाएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

भारतबाट दूध आयात गर्ने निर्णय तत्काल फिर्ता गर्न कमल थापाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय फिर्ता गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल टीट्रमार्फत किसान र व्यवसायलाई धरासायी पार्ने जनविरोधी निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरेका हुन् । उनले नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि […]

भारतबाट दूध आयात गर्ने सरकारको निर्णय अनुपयुक्त छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त भएको बताएका छन् । निर्णयले किसान र व्यवसायीलाई धरासायी बनाउने भन्दै थापाले निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्  । थापाले भनेका छन्  'नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त छ। किसान र व्यवसायलाई धरासायी पार्ने यो जनविरोधी निर्णय तत्काल फिर्ता गर

सीमावर्ती क्षेत्रमा लाग्ने हाटबजार बन्द गराउन उद्योगी व्यवसायीको माग

उद्योगी व्यवसायीहरूले भारतीय सीमा क्षेत्रमा लाग्ने बजारले स्वदेशी व्यवसाय तथा बजार धरासायी बन्दै गएको गुनासो गरेका छन् । उनीहरूले सीमा क्षेत्रमा लाग्ने हाट बजार बन्द गराएर नेपाली व्यवसायलाई फस्टाउने वातावरण तयार गर्न प्रशासनलाई आग्रह गरेका छन् ।सीमावर्ती क्षेत्रमा लाग्ने हाटबजारमा सस्तो मूल्य भन्दै कम गुणस्तरको सामान पाइने भएकाले नाकामै सञ्चालन हुने त्यस्ता बजार बन्द गराउन पहल गरिदिन व्यवसायीहरूले माग गरेका हुन् ।उद्योग व्यापार संगठन चेम्बर अफ कमर्स रुपन्देहीले बिहीबार भैरहवामा रुपन्देहीका

पर्यटन क्षेत्र पुनरुउत्थानका लागि कञ्चनपुरका सरोकारवालाको जोड

असोज ३, महेन्द्रनगर । कोरोना संक्रमणका कारण धरासायी बनेको पर्यटन क्षेत्र पुनरुउत्थानका लागि कञ्चनपुरका सरोकारवालाले जोड दिएका छन् ।  होटल व्यावसायी संघ कञ्चनपुरको आयोजनामा विभिन्न होटल व्यावसायी महासंघसँग आवद्ध देशभरीका विभिन्न जिल्लाका पर्यटन व्यावसायीहरुको सहभागीतामा होटल तथा पर्यटन क्षेत्रको पुनरुउत्थानका लागि बृहत अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो । शुक्रवार महेन्द्रनगरमा आयोजना गरिएको  अन्तर्क्रिया कार्यक्रममा कोभिडपछि घरासायी बनेको पर्यटन व्यवसायलाई तत्काल पुनरुउत्थान गर्नुपर्नेमा जोड दिइएको छ ।  होटल व्यावसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले पर्यटन पुनरुउत्थानका लागि सरकारबाटै स्पष्ट नीति तथा कार्यक्रम आउनु पर्नेमा जोड दिए । उनले पश्चिमबाट शुरु भएको पर्यटन पुनरुउत्थानको प्रयासले नयाँ लगानी र व्यावसाय जागरणको अभियान शुरु हुने बताए ।  साथै, उनले कोरोनाले पर्यटन क्षेत्र धरासायी बनेकोले यसको पुनरुत्थानका लागि सबै सहज वातावरण र स्वास्थ्य सुरक्षाको व्यवस्था गर्नु पर्नेमा जोड दिए । त्यस्तै नाटा सुदूरपश्चिमका अध्यक्ष एवम् आन्तरिक पर्यटन पुनरुउत्थान समिति संयोजक माया प्रशास भट्टले पर्यटन पुनरुउत्थाका लागि छलफल गर्नुपर्ने बेला आएको बताए । सुदूरपश्चिम पर्यटकीय सम्भावनको क्षेत्र भएकोले थप पूर्वाधार विकास र मार्केटिङमा जोड दिनुपर्ने उनको भनाइ छ ।  होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिश चन्द्र भट्टले कोरोना करहले धरासायी बनेको होटल र पर्यटन क्षेत्रको पुनरुउत्थानका लागि विचार गोष्ठीको आयोजना गरिएको बताए । उनले कोरोनाले पर्यटन व्यवसाय ठूलो क्षती भएकाले सरकारले सबै क्षेत्रलाई समेट्न गरि प्याकेजमै नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताए । विशेषगरी सरकारले ल्याउने कार्यक्रममा ठूला व्यावसायिक क्षेत्रले मात्रै लाभ पाउने गरेकाले साना तथा मझौता लगानी सञ्चालित व्यवसाय पनि त्यसको दायरामा पर्ने उनको भनाइ छ ।  होटल व्यवसायी संघ कञ्चनपुरले महासंघको केन्द्रीय बैठकको पुर्वसन्ध्यामा महेन्द्रनगरमा बृहत अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको हो । महासंघको चौथो केन्द्रीय कमिटि बैठक शनिवार महेन्द्रनगरमा सम्पन्न भएको छ ।  उक्त अन्र्तक्रिया कार्यक्रममा पर्यटन क्षेत्रको पुनरुउत्थाका लागि प्रदेश तथा स्थानीय सरकार जनप्रतिनिधिबाट संघले प्रतिवद्धता खोज्नुका साथै यस बारेका भावी योजना निर्माणमा सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रम गरिएको अध्यक्ष भट्टको भनाइ छ । साथै सीमा नाकालाई सुरक्षित र व्यवस्थित बनाए पर्यटन आवागमनलाई सहज बनाउन पर्ने उनको माग छ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग वन पर्यटन तथा वातावरणमन्त्री सन्तोष धामीले पर्यटन व्यवसाय पुनरुउत्थानका लागि सरकारले पहल गर्ने बताए । उनले पर्यटन अर्थतन्त्र विकासको मेरुदण्ड भएको उल्लेख गरे । ‘सुदूरपश्चिम पर्यटकीय सम्भावन बोकेको क्षेत्र हो, हामीसँग पर्यटक भित्र्याउने कलाको अभाव छ, प्रदेश सरकारले पनि पर्यटन विकासका लागि काम गरिरहेको छ’ उनले भने ।  त्यस्तै कोरोनाबाट प्रभावित व्यावसायका लागि ब्याज अनुदान दिने नीति तथा कार्यक्रम ल्याएको उनको भनाइ छ । व्यावसाय पुनरुउत्थान र बीउ पूँजी निर्माणका लागि प्रदेश सरकारले व्यावसायीलाई सहयोग गर्ने उनले प्रतिवद्धता समेत जनाए ।  साथै नेपालभरीका व्यवसायीहरुको सहभागीता कञ्चनपुरमा पर्यटन पुनरुउत्थानका लागि कार्यक्रम आयोजनाले देशभर पर्यटन पुनरुउत्थानका लागि सन्देश गएको उनको भनाइ छ । त्यस्तै भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना महाकारीसँगैको अबको जीवनशैली बन्ने बताउँदै सुरक्षा र सतर्कता आपनाएर पर्यटन व्यावसायलाई पुनर्जीवन दिनुपर्ने बताए ।  उनले कोरोना कहर नियन्त्रणमा सीमा क्षेत्रमा रहेको भीमदत्त नगरपालिकाले महत्वपूर्ण जिम्मेवारी बहन गरेको स्मरण गराउँदै सीमालाई पूर्ण रुपमा नाकालाई पूर्ण रुपमा व्यवस्थित गरी पर्यटन आवागमनलाई सहज बनाउनु पर्नेमा जोड दिए ।  पर्यटन क्षेत्र अर्थतन्त्र विकासको हतियारको रुपमा रहेको बताउँदै नगर प्रमुख विष्टले भने ‘कोरोनाकाल पछिको विषम परिस्थितीमा हामी सबैले फाईब एसको आवधारणमा अघि बढ्न जरुरी छ, त्यसका लागि सहजता, सुरक्षित, समन्वय, सहकार्य र समृद्धी सँगसँगै लिएर जानुपर्छ ।’ भीमदत्त नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिएको उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्यका लागि नगरपालिका तयार रहेको बताए । त्यस्तै वेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्दले अन्तर्क्रियाबाट पर्यटन पुनरुउत्थानका लागि महत्वपूर्ण सुझाव आएको बताउँदै त्यसको कार्यान्वनका लागि सबै क्षेत्रसँगको सहकार्य आवश्यक रहेको जोड दिए । साथै वेदकोट नगरपालिका पर्यटन क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको उनको भनाइ छ ।

लयमा नफर्किदैं व्यवसाय फेरी बन्द हुने चिन्ता

भदौ १, महेन्द्रनगर । कोरोनाको दोस्रो लहरको संक्रमणपछि तंग्रिन नपाउँदै तेस्रो लहरको त्रासका कारण व्यावसायीहरु चिन्तित बनेका छन् ।  दोस्रो चरणको कोरोना संक्रमणपछि पुनर्जीवित हुन लागेका व्यावसायीहरुमा तेस्रो लहरको जोखिमले चिन्तित बनाएको छ । पहिलेको अवस्थामा फर्किन नपाउँदै तेस्रो लहरको कोरोना संक्रमणले व्यावसायीमा चिन्ता थपेको हो  ।  कोरोना संक्रमणका कारण व्यवसाय धरासायी बनेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्लले बताए । उनका अनुसार पहिलो र दोस्रो चरणको कोरोना संक्रमणले जिल्लाको अर्थतन्त्र धरासायी बनेको छ ।  लामो समय सम्म गरिएको निषेधाज्ञाले व्यवसाय ठप्प भएपछि व्यवसायलयमा फर्किन समस्या भएको छ । दोस्रो लहरको संक्रमणपछि व्यवसाय शुरु हुन थाले पनि तेस्रो लहरको जोखिमले झनै चिन्ता बढाएको मल्लले बताए । ‘कोरोना संक्रमण कम हुन थालेपछि व्यवसाय सुचारु हुन थालेका थिए,’ अध्यक्ष मल्लले भने, ‘सरकारले नै कोरोना संक्रमणको तेस्रो लहर आउने भनि सकेको छ, लकडाउनमा पनि कडाई हुन थालेको छ, यसले आमव्यावसायीलाई फेरी चिन्तित बनाएको छ ।’ कोरोनाले थलिएका व्यवसायका लागि तीन तहका सरकारबाट अपेक्षाकृत रुपमा सरकारी नीति तथा कार्याक्रम आउन नसकेको अध्यक्ष मल्लको गुनासो छ  । सरकारले व्यवसायीका लागि सहुलियत व्याज दरमा ऋण, विगतमा लिएको ऋणको व्याज छूट तथा किस्ताको समयावधी थप लगायतका सुविधाहरु दिनुपर्ने उनको माग छ ।  होटल व्यवसायि संघ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले कोरोना संक्रमणको मुख्य चेपेटामा होटेल र पर्यटन व्यवसाय परेको बताए । उनले कोरोना संक्रमणका बेला गरिएको लकडाउन तथा निषेधाज्ञाले थलिएको व्यवसाय बल्ल शुरु हुनै लाग्दा फेरि बन्द गर्नुपर्ने चिन्ता थपिएको बताए ।  ‘लकडाउनले थलिएको  व्यवसाय फेरी शुरु हुन लागेको छ, अहिले व्यवसायीले सञ्चालन खर्च जेनतेन उठाइरहेका छन्,’  अध्यक्ष भट्टले भने, ‘फेरी तेस्रो लहर आउने हल्ला छ, यसले फेरी पूर्ण लकडाउन हुनेसक्ने चिन्ता थपेको  छ ।’ त्यस्तै होटल व्यवसायी महासंघका पर्यटन सचिव प्रमानन्द भण्डारीले कोरोनाका कारण व्यवसाय धरासायी बनेको बताए । उनले कोरोनाको दोस्रो लहरपछि सञ्चालन हुन लागेका व्यवसायलाई तेस्रो लहरको जाखिमले समस्यापार्ने बताए । ‘पहिलो लहरपछि व्यवसाय पुर्नजीवितहुने आशा थियो, दोस्रो लहरले व्यवसाय नै धरासायि बनाएको छ,’ उनले भने, ‘तेस्रो लहरको संक्रमण पनि फैलिने हल्ला छ, फेरी लकडाउन भयो भने व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आउन सक्छ ।’   यात्रु नपाउँदा १० प्रतिशत सवारी साधन मात्रै चले  कोरोना संक्रमणको दोस्रो लहरपछि खुलेको सार्वजनिक यातायातले यात्रु पाउन सकेको छैन । संक्रमणको जाखिमका कारण यात्रुको आवतजावत कम भएपछि सार्वजनिक यातायातका साधनले छोटो तथा लामो दूरीका यात्रु पाउन समस्या भएको हो ।  महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरराज पन्तले कोरोना महामारीको प्रत्यक्ष असर यातायात व्यावसायीलाई परेको बताए । उनका अनुसार पहिलो र दोस्रो लहरको संक्रमणका बेला जारी गरिएको लकडाउन तथा निषेधाज्ञाले व्यवसाय पूर्ण रुपमा ठप्प हुँदा व्यवसायि धरासायी भएका छन् । पछिल्लो समय सरकारले सार्वजनिक सवारीका साधन चलाउन दिने निणर्य गरेपछि यातायात व्यवसायीले यात्रु नपाएको उनले बताए । उनका अनुसार अहिले महाकाली यातायात प्रालीका १० प्रतिशत मात्रै सवारी साधन चलेका छन् । तेस्रो लहरको संक्रमण पनि आउने हल्लाले फेरी व्यवासायीलाई चिन्तित बनाएको उनले बताए । यातायात नचल्दा व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएकाले सरकारले न्यूनतम ब्याजमा ऋण उपलब्ध गराउनु पर्ने उनको भनाइ छ । लामो समयदेखि थन्किएका सवारी साधनमा खिया लाग्न थालेको छ । मर्मत नगरी चलाउन सकिने अवस्था छैन । बैंकको किस्ता तिर्न पनि त्यस्तै समस्या भइरहेको उनले बताए ।

अटोमोबाइल व्यवसाय चलायमान बनाउन माग

नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले लकडाउन र निषेधाज्ञाका कारण धरासायी भएको व्यवसायलाई गतिशिल बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोरोना महामारीका कारण आम नागरिकको स्वास्थ्य सुरक्षाका लागि जारी गरिएको निषेधाज्ञाका कारण समग्र अटोमोवाइल क्षेत्र नै धरापमा परेको र यसलाई पुनः गतिशिल अवस्थामा पु¥याउन विशेष पहल […]

‘ लकडाउनका कारण सुनचाँदी व्यवसाय धरासायी’

काठमाडौं । सुनचाँदी व्यवसायीहरुले कोभिड–१९ का कारण लामो समय लकडाउन भएपछि व्यापार ठप्प हुँदा धरासायी हुने अवस्थामा पुगेको बताएका छन् । सुनचाँदी व्यवसायलाई सरकारबाट कुनैपनि राहतका कार्यक्रम नआएको, बैंकको किस्ता तथा ब्याज तिर्न समस्या भएको र घरभाडा बुझाउन समस्या भएको र यही अवस्था रहेमा धरासायी हुने अवस्थामा पुग्ने बताए...

मौद्रिक नीतिले हस्तकला व्यवसायलाई सम्बोधन

काठमाडौँ। वार्षिक रु २० अर्ब हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको हस्तकला व्यवसायलाई आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले सम्बोधन गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण धरासायी बनेको हस्तकला ...

अलैची कृषकलाई समस्यै समस्या

अलैचीखेती आम्दानीको गतिलो स्रोत भएपनि राज्यको स्पष्ट नीति नबन्दा व्यवसाय धरासायी बन्दै गएको छ । कालो, पहेलो, डढुवा, छिर्के, फुर्के रोगको पहिचान नहुनु, मुल्यमा स्थायीत्व नहुनु, जंगली जनावर तथा जलवायु परिवर्तनले असर पार्नु जस्ता कारणले अलैची व्यवसायलाई समस्यामा पारेको छ । गत बर्षसम्म प्रतिमन एक लाखका दरले अलैची बिक्री गर्नेले यसबर्ष ४० हजारमा बेच्नुपरेको छ । रोगले ग्रसित बनाएपछि कृषकलाई स्वस्थ र स्वच्छ विरुवा पाउन मुस्किल भएको छ । यस सम्बन्धमा भोजपुरबाट विद्या राईको रिपोर्ट :