ताप्लेजुङको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा गत साता नेपाल टेलिकमले मोबाइल सेवा पुनः सञ्चालन गरेसँगै ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको छ ।
टेलिकमले ओलाङचुङगोलामा स्याटलाइट प्रविधिको टावर विस्तार गरेर मोबाइल सेवा दिन थालेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले जानकारी दिए ।
ओलाङचुङगोलामा टावर सञ्चालनमा आएसँगै ताप्लेजुङ ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको चेम्जोङले बताए ।
समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ओलाङ...