काठमाण्डौ – भारतका आठ वटा सहरमा एकसाथ फाइभ जी मोबाइल सेवा सुरु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा आयोजित एक कार्यक्रममा फाइभ–जी मोबाइल सेवाको सुरुवात गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।
भारतका दिल्ली, मुम्बई, बेङ्गलोर, वाराणसी लगायतका आठ सहरमा फाइफ जी सेवा सुरु भएको र अर्को वर्षसम्म देशभर विस्तार गरिने कार्यक्रममा प्रधानमन्त्री मोदीले जानकारी दिनुभयो ।
फाइज जी मोवाइल सेवा सुरु भएसँगै भारतमा तीव्र गतिको इन्टरनेट सेवा सुुरु गर्ने बाटो खुलेको छ । कार्यक्रममा एयरटेलका अध्...