दुई हप्तापछि मोबाइल सेवा सुचारु

सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा दुई हप्तापछि मोबाइल सेवा सुचारु भएको छ। गाउँपालिकाको इलिङ लेकमा बिग्रिएको मोबाइल टावरको मर्मत गरिएपछि सेवा सुचारु भएको हो। नेपाल टेलिकम हुम्लाका लाइनम्यान गोरा महतले हिमपातले बिग्रिएको टावरमा प्राविधिक पुगेर मर्मत गरिएपछि दुई हप्तापछि सेवा सञ्चालनमा आएको बताए। टावरमा खराबी आएपछि माग १४ गतेबाट उत्तरी नाम्खा गाउँपालिका सञ्चार सम्पर्कविहीन […]

सम्बन्धित सामग्री

लिमीवासी अब सञ्चारको पहुँचमा

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीमा मोबाइलको टावर निर्माण भई सञ्चालनमा आएको छ। नेपाल टेलिकमको मोबाइल टावर निर्माण पूरा हुँदा मोबाइल सेवा सञ्चालनमा आएपछि लिमीवासी सञ्चारको पहुँचमा आएका हुन्। नेपाल टेलिकमको मोबाइल सेवा लिमीका तीन गाउँमा सुचारु भएको छ। मोबाइल सेवा सञ्चालनमा आएपछि लिमीबासी पूर्णरुपमा सञ्चारको पहुँचमा आएका छन्। यसबाट लिमीवासीको मोबाइलमा […]

पाँच वर्षपछि लिमीमा मोबाइल सेवा सुचारु

नाम्खा गाउँपालिका – ६ को हिमालपारीको गाउँ लिमीमा मोबाइल सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमको मोवाईल टावर निर्माण कार्य पुरा हुँदा मोवाईल सेवा सञ्चालनमा आएको हो ।

हावाहुरीका कारण कालीकोटमा टेलिफोन सेवा अवरुद्ध

मान्म । कालीकोटमा शुक्रवार राति परेको हावाहुरीका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाका रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नीत्रिवेणी, महावै, तिलागुफा र शुभकालिका गाउँपालिकाका स्थानीयवासी टेलिफोन सेवाबाट वञ्चित भएका छन् । शुक्रवार राति हावाहुरी आउँदा मोबाइल सेवाले काम नगरेको नरहरिनाथ गाउँपालिका–९ लालुका दुर्गा बोहोराले बताए । ‘हाम्रो गाउँमा मोबाइलको टावर थियो । त्यो टावरले काम गर्न शुक्रवारदेखि छाडेको छ,’ उनले भने, ‘फोन सेवा नहुँदा अहिले बाहिर दुनियाँदेखि टाढा भएको अनुभूति भइरहेको छ ।’ सान्नी त्रिवेणी गाउँपालिकामा टेलिफोनको टावर भए पनि हावाहुरीका कारण टावरमा समस्या आएको छ । स्थानीयवासी रामबहादुर सञ्जयालले टेलिफान सेवा नहुँदा सञ्चारमा समस्या आएको बताए । ‘दुई दिनदेखि मोबाइल फोनले काम गरेको छैन,’ उनले भने, ‘टावरमा समस्या आएका कारणले यो समस्या आएको हो ।’ पलाँता गाउँपालिका टेलिकमको टावर जडान भएको ठाउँमा रहेको सोलार प्यानललाई फुटाएका कारणले टेलिकम सेवा अवरुद्ध भएको पुगेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘टावर राखेका ठाउँमा रहेको सोलार प्यानल असिनापानी र हावाहुरीले फुटाएकाले फोन सेवा अवरुद्ध भएको छ,’ उनले भने, ‘यो प्राविधिक विषय भएकाले टेलिकम कार्यालयलाई जानकारी गराएका छौं ।’ हावाहुरीका कारण जिल्लाभरका फोन सेवामा समस्या आएको छ । मोबाइल सेवा र इन्टरनेट सेवा सुचारु गर्न आवश्यक जनशक्ति र सामग्री बाहिरबाट मगाइएको नेपाल टेलिकम जिल्ला कार्यालय कालीकोटले जानकारी दिएको छ । रासस

एनसेलले ल्यायो ‘इन्डलेस कम्बो प्याक’

काठमाडौं (अस) । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक संस्था एनसेलले ‘इन्डलेस कम्बो प्याक’ अफर ल्याएको छ । एनसेलले नयाँ वर्ष २०७९ को अवसरमा सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको यो अफर सञ्चालनमा ल्याएको हो । गत ५ वैशाखदेखि सञ्चालनमा आएको उक्त अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित २५ रुपैयाँमा बिहान ५ बजे देखि साँझ ५ बजेसम्मका लागि डे कम्बो प्याक लिन सक्नेछन् । त्यस्तै बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न मिल्ने गरी थप २ प्याक ल्याइएको कम्पनीले जानकारी दिएको छ । डे कम्बो प्याक अन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम पाउनेछन् । ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ ह्यास वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २ ह्यास डायल गरी उक्त प्याक सुचारु गर्न सक्ने कम्पनीको भनाइ छ । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि प्याक सुचारु गर्न सक्ने बताइएको छ । बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको कम्बो प्याक २५ रुपैयाँमा सुचारु गर्न सक्ने कम्पनीको भनाइ छ ।

टेलिकमले पुरानो उपकरण पठाउँदा लिमीमा अझै सुचारु भएन मोबाइल सेवा

सिमकोट – हिमालपारिको गाउँ लिमीमा चार वर्षदेखि निर्माण भएर सुचारु हुनुपर्ने नेपाल टेलिकमको मोबाइल सेवा अझै सुचारु हुन सकेको छैन। पछिल्लो पटक अन्य टावरका लागि पूर्वाधार निर्माण भए पनि टेलिकमले आफूले गर्नुपर्ने कार्य टावरका लागि आवश्यक पर्ने छाता पुरानो दिँदा मोबाइल सेवा सञ्चालन हुन नसकेको हो। नाम्खा गाउँपालिका–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले टेलिकमले पुरानो र […]

हुम्लामा जेनरेटर चलाएर टेलिकमका सेवा सुचारु

नेपाल टेलिकमले जिल्लामा आफ्ना सेवाहरु जेनरेटर सञ्चालन गरेर सेवा सेवा सुचारु गरेको छ । विद्युत आपूर्ति बन्द हुँदा सेवा सुचारु राख्न महँगो ईन्धन खरिद गरेर टेलिकमलाई सेवा सुचारु गर्नु परेको हो ।  हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत सेवा बन्द रहेपछि नेपाल टेलिकमले जेनरेटर सञ्चालन गरेर आफ्ना सेवा सुचारु गर्न थालेको शाखाका लाइन म्यान राम बहादुर भण्डारीले बताउनुभयो । पावर नभएपछि बन्द रहेको मोबाइल तथा एडिएसएल सेवा सुचारु गर्न जेनरेटर चलाइएको उहाँले बताउनुभयो । बिद्युत्तकै कारण नेपाल टेलिकमले एडिएसएल र मोबाइल सेवा सुचारु गर्न बिहान र बेलुकाको समय जेनरेटर सञ्चालन गर्ने गरेको हो । उहाँले विद्युत आपूर्ति बन्द भएदेखि बिहान छ बजेदेखि नौ र बेलुका पाँच देखि सात बजेसम्म जेनरेटर चलाएर सेवा प्रदान गर्दै आएको बताउनुभयो ।