दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले जित्यो

काठमाडौं :  दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले जितेको छ। गएराति भएको तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई २८ रनले हराउँदै पाकिस्तानले तीन खेलको सिरिज २-१ ले जितेको हो। टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२० रन बनाएको थियो। उसका लागि फकहर जमानले १०१ र कप्तान बाबर अजामले ९४ रन बनाए। ३२१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ३ बलमा अलआउट हुँदै २९२ रन मात्रै बनाउन सक्यो। उसका लागि जेनिम्यान मालनले ७० र केल भेर्र...

सम्बन्धित सामग्री

बंगलादेशलाई भारतविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली बंगलादेशले एक खेल अगावै भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिज आफ्नो पक्षमा पारेको छ । मिरपुरमा बुधबार भएको दोस्रो एकदिवसीय खेलमा भारतमाथि पाँच रनको रोमाञ्चक जित निकाल्दै बंगलादेशले सिरिज आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा पनि बंगलादेशले भारतलाई १ विकेटले पराजित गरेको थियो । जितको लागि २ सय ७२ रनको विजयी लक्ष्य […]

केन्यासँगको एकदिवसीय क्रिकेट सिरिज नेपालद्वारा क्लिन स्वीप

२० भदौ, काठमाडौं । नेपालले केन्यासँगको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्वीप गरेको छ । तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा घरेलु टोलीलाई ६ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्वीप गरेको हो । नेपालले जितका लागि पाएको २५६ रनको लक्ष्य ४७.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन ओपनरद्वय अर्जुन साउद र आसिफ शेख तथा […]

केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालद्वारा क्लीन स्वीप

काठमाडौँ – घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज नेपालले ‘क्लीन स्वीप’ गरेको छ। एक खेलअगावै सिरिज आफ्नो पक्षमा पारिसकेको नेपालले सोमबार भएको तेस्रो खेलमा केन्यालाई ६ विकेटले हराउँदै सिरिज ३–० ले जितेको हो। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५५ रन बनाएको थियो। […]

नेपाललाई एक खेलअगावै केन्याविरुद्धको एकदिवसीय सिरिज

काठमाडौँ – केन्याविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज नेपालले एक खेलअगाबै आफ्नो पक्षमा पारेको छ। शनिबार भएको सिरिजको दोस्रो खेलमा घरेलु टोली केन्यालाई १७ रनले हराउँदै नेपालले सिरिज कब्जा गरेको हो। केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २३० रन जोडेको थियो। नेपालका लागि कप्तान […]

एकदिवसीय सिरिज नखेली कप्तान सन्दीप वेष्टइन्डिज जाने

नेपालका कप्तान सन्दीप लामिछाने केन्याविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज नखेली वेष्टइन्डिज जाने भएका छन् ।

एकदिवसीय क्रिकेट सिरिज नेपाललाई

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । नेपालले उक्त सिरिज २–१ ले जितेको हो ।

जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय सिरिज नेपाललाई

काठमाडौँ – नेपालले पाहुना टोली जिम्बावे ‘ए’विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा जिम्बावे ‘ए’माथि ६ विकेटको जित हात पार्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो। मैदानमा पानी जमेका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएको खेल ३३ ओभरमा छोट्याइएको थियो। नेपालले टस जितेर […]

वेस्टइन्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिज बंगलादेशलाई

वेस्टइन्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिज बंगलादेशले जितेको छ । शनिबार राति भएको खेलमा वेस्टइन्डिजलाई १८ रनले पराजित गर्दै बंगलादेशले सिरिज २–१ ले जितेको हो । टस जिति पहिला व्याटिङ गरेको बंगलादेशले ६ विकेट गुमाउँदै ३०१ रन बनाएको थियो । उसका लागि तमिम इकबालले शतकीय पारि खेलेका थिए । १०३ रन बनाएका इकबालले...

जिम्बावेविरुद्ध पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानको पक्षमा

घरेलु टोली जिम्बावेविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज पाकिस्तानले दुई खेल अगावै जितेको छ । तेस्रो खेलमा पाकिस्तानले जिम्बावेलाई ९ विकेटले हराउँदै सिरिज पक्का गरेको हो । बुलावायोमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले २५ ओभर १ बलमा अलआउट हुँदै ६७ रन जोडेको थियो । पाकिस्तानी बलर चम्किँदा जिम्बावेका तीन ब्या...