नेपाल एयरलाइन्सकाे उडान राेकिँदा अलपत्र परेका यात्रुमध्ये ४० जनालाई दिल्ली पठाइयो

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई भैरहवाबाट उडान नथालेको भन्दै आजको दिल्ली उडान रोकिदिएपछि अलपत्र यात्रुहरुलाई विभिन्न एयरलाइन्सबाट दिल्ली पठाइएको छ। अलपत्र यात्रुमध्ये ४० जनाको अर्को ठाउँमा जान कनेक्टिङ फ्लाइट भएको कारण उनीहरूलाई विभिन्न एयरलाइन्सबाट दिल्ली पठाइएको हो।   आज नेपाल एयरलाइन्सकाे उडान राेकिँदा अलपत्र परेका यात्रुमध्ये ४० जना जसकाे अर्को ठाउँमा जान कनेक्टिङ […]

सम्बन्धित सामग्री

निगमले यात्रुलाई बिचल्ली पारेको प्राधिकरणको आरोप

क्यानले सोमबार विज्ञप्ति जारी गर्दै निगमले आइतबार अनुमति नपाएको दिल्ली उडान गर्ने भन्दै यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोलाएर अलपत्र पारेको आरोप लगाएको हो।...

३ प्रश्न

अनुमति नै नभएको उडानको टिकट काट्दा सयौँ यात्रु अलपत्र परे । तिनको व्यवस्थापन कसरी गरिरहनुभएको छ ? निगमले काठमाडौं–दिल्ली सातामा १४ उडान गथ्र्यो । तर, एक साताअघि विन्टर सेड्युल जारी हुँदा १० उडान...

दिल्ली उडान गर्न नसकेकोमा निगमले माग्यो माफी

उडान अनुमति नलिई दिल्ली र काठमाडौंमा ४ सय ५० जना यात्रु अलपत्र पार्ने गरी आइतबार भएको घटनामा नेपाल वायुसेवा निगमले माफी मागेको छ । निगमले आइतबारका लागि राखेको आरए-२१७/२१८ नम्बरको काठमाडौं–दिल्ली–काठमाडौं र सोमबार बिहान रद्ध गरेको आरए २०५–२०६ नम्बरको उडान विशेष कारणवश रद्ध गर्नुपरेको जनाउँदै यात्रुसँग माफी माग्दै विज्ञप्ति निकालेको छ । त्यस्तै आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउने प्रतिबद्धतासमेत जनाएको छ ।

गल्ती स्वीकार्दै वायु सेवा निगमले भन्यो– आउँदा दिनमा सचेत हुनेछौँ

काठमाण्डाै – टिकट बेचेर पनि यात्रुलाई काठमाण्डौबाट नयाँ दिल्ली लैजान नसकेको नेपाल वायु सेवा निगमले गल्ती स्वीकार गरेको छ ।  निगमले हिजो आइतवार र आज साेमवार दुई वटा उडानका लागि यात्रुसँग टिकट बेचे पनि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति नलिएकाले उडान रद्द भएका छन् । उडान रद्द हुँदा हिजो दुई सय ७४ र आज एक सय ५० जना यात्रु अलपत्र परेका छन् ।  निगमले यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगमले दुःख व्यक्त गर्दै आउँदा दिनमा यस्तो नहोस् भनी सचेत रहनेसमेत प्रतिबद्धता व्यक्त गरेको छ । उडान रद्द हुँदा गन्तव्यमा ...

यात्रु अलपत्र पारेको भन्दै वायुसेवा निगमलाई साेधियाे २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आइतबार काडमाडौंबाट नयाँ दिल्ली उड्ने उडान नम्बर आरए–२१७ का यात्रुलाई प्राधिकरणबाट उडान स्वीकृति नलिएर विमानस्थलमा बोलाएको र अलपत्र पारेको भन्दै प्राधिकरणले स्पष्टीकरण सोधेको हो । उडान नभएको दिनमा यात्रुहरुलाई विमानस्थलमा बोलाएर गैरकानुनी तरिकाले बोडिङ्ग पाससमेत उपलब्ध गराएर गैरसैनिक हवाई उडान […]

उडान रद्द हुँदा अलपत्र यात्रुलाई नेपाल वायुसेवा निगमले आज दिल्ली लैजाने

काठमाडौँ- आइतबार काठमाडौँ–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले आज दिल्ली लैजाने भएको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले आज अपरान्ह दिल्ली पु¥याउने भएको हो । उनका अनुसार दुई सय ४७ मध्ये बाँकी रहेका एक सय ५० यात्रुलाई निगमले […]

निगमको आइतबारको दिल्ली उडान गैरसैनिक हवाई उडान ऐनविपरीत : उड्डयन प्राधिकरण

नागरिक उड्डयन तथा हवाई यातायात नियमन गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार नेपाल वायुसेवा निगमले दिल्ली उडान-अवतरणको अनुमति नलिई यात्रुहरूलाई अलपत्र पारेको जनाएको छ ।

निगमको दिल्ली उडान रोक्दा ४ सय यात्रु अलपत्र

नियमनकारी निकायले जारी गरेको ग्रीष्मकालीन उडान तालिकालाई अवज्ञा गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आइतबार जबर्जस्ती काठमाडौं–दिल्ली उडान गर्न खोज्दा दुईतर्फ ४ सय ५० जना यात्रु अलपत्र परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ सय ५४ र दिल्लीमा १ सय ९६ जना अलपत्र परेका हुन् ।

अचानक नेपाल एयरलाइन्सको दिल्ली उडान स्थगित भएपछि यात्रुको बिचल्ली

काठमाडौं : काठमाडौंबाट दिल्ली उड्ने नेपाल एयरलाइन्सको उडान स्थगित भएको छ। आइतवार दिउँसो १ बजेर ४५ मिनेटमा दिल्ली उडानको तालिका थियो। तर अचानक उडान स्थगित भएको जानकारी आएपछि विमानस्थल पुगेका यात्रु अलपत्र परेका थिए। एयरपोर्ट समयमा नै यात्रुहरु विमानस्थल पुगेर बोर्डिङ पाससमेत लिइसकेका थिए। विमानस्थल स्रोतका अनुसार करिब २ सय यात्रुले…