निगमको दिल्ली उडान रोक्दा ४ सय यात्रु अलपत्र

नियमनकारी निकायले जारी गरेको ग्रीष्मकालीन उडान तालिकालाई अवज्ञा गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आइतबार जबर्जस्ती काठमाडौं–दिल्ली उडान गर्न खोज्दा दुईतर्फ ४ सय ५० जना यात्रु अलपत्र परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ सय ५४ र दिल्लीमा १ सय ९६ जना अलपत्र परेका हुन् ।

सम्बन्धित सामग्री

दिल्ली उडान गर्न नसकेकोमा निगमले माग्यो माफी

उडान अनुमति नलिई दिल्ली र काठमाडौंमा ४ सय ५० जना यात्रु अलपत्र पार्ने गरी आइतबार भएको घटनामा नेपाल वायुसेवा निगमले माफी मागेको छ । निगमले आइतबारका लागि राखेको आरए-२१७/२१८ नम्बरको काठमाडौं–दिल्ली–काठमाडौं र सोमबार बिहान रद्ध गरेको आरए २०५–२०६ नम्बरको उडान विशेष कारणवश रद्ध गर्नुपरेको जनाउँदै यात्रुसँग माफी माग्दै विज्ञप्ति निकालेको छ । त्यस्तै आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउने प्रतिबद्धतासमेत जनाएको छ ।

नेपाल एयरलाइन्स र क्यानको लापरबाहीले दिल्ली जान हिँडेका २५४ यात्रु अलपत्र

काठमाडौँ-  नागरिक उड्ययन प्राधिकरण (क्यान) ले नेपाल एयरलाइन्सको दिउँसो १.४५ बजेको दिल्ली उडान अनुमति नलिएको भन्दै वाइडबडी बिमान आरए–२१७ को उडान रोकिदिएको छ। दिउँसो १.४५ बजे दिल्लीका लागि उडान गर्ने तयारी गरेको नेपाल एयरलाइन्सको उडानलाई नागरिक उड्ययन प्राधिकरणले अनुमति नभएको भन्दै रोकिदिएपछि यात्रुह...

अचानक नेपाल एयरलाइन्सको दिल्ली उडान स्थगित भएपछि यात्रुको बिचल्ली

काठमाडौं : काठमाडौंबाट दिल्ली उड्ने नेपाल एयरलाइन्सको उडान स्थगित भएको छ। आइतवार दिउँसो १ बजेर ४५ मिनेटमा दिल्ली उडानको तालिका थियो। तर अचानक उडान स्थगित भएको जानकारी आएपछि विमानस्थल पुगेका यात्रु अलपत्र परेका थिए। एयरपोर्ट समयमा नै यात्रुहरु विमानस्थल पुगेर बोर्डिङ पाससमेत लिइसकेका थिए। विमानस्थल स्रोतका अनुसार करिब २ सय यात्रुले…