उडान अनुमति नलिई दिल्ली र काठमाडौंमा ४ सय ५० जना यात्रु अलपत्र पार्ने गरी आइतबार भएको घटनामा नेपाल वायुसेवा निगमले माफी मागेको छ । निगमले आइतबारका लागि राखेको आरए-२१७/२१८ नम्बरको काठमाडौं–दिल्ली–काठमाडौं र सोमबार बिहान रद्ध गरेको आरए २०५–२०६ नम्बरको उडान विशेष कारणवश रद्ध गर्नुपरेको जनाउँदै यात्रुसँग माफी माग्दै विज्ञप्ति निकालेको छ । त्यस्तै आगामी दिनमा यस्ता घटना नदोहोर्याउने प्रतिबद्धतासमेत जनाएको छ ।