मुगुमा प्रदेश निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका पार्टी अध्यक्ष जीतबहादुर मल्ल र प्रदेश–२ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मंगलबहादुर शाही विजयी भएका छन् ।
धनगढी : डोटी प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार चक्र मल्ल विजयी भएका छन्। लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन्।नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका मल्लले १५,२७९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सिंहले १४,८२९ मत पाएका छन्।हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले ५४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले ७५५ मत पाएका छन्। प्रदेश (१)मा ३३ हजार ३२२ मत खसेको थियो। जसमा १ हजार ९ सय १९
४ जेठ, जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई १०९ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा विजयी भएका हुन् । गिरीले ३९५४ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रबहादुर शाहले ३८४५ मत पाए । […]
धनगढी – कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर कुँवर विजयी भएका छन्। कुँवरले ५ हजार ८४२ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शेरबहादुर कठरियाले ४ हजार १८६ मत ल्याए। उपाध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका गणेशराज गिरी विजयी भएका छन्। गिरीले ४ हजार ५६९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी […]
म्याग्दीको बेनी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा एमालेका सुरत केसीले सात हजार ६०३ र उपप्रमुखमा माओवादीकी ज्योति लामिछाने पौडेलले सात हजार ७३ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो । प्रमुखमा नेपाली कांग्रेसका चिरञ्जीवी शर्माले छ हजार २३० र उपप्रमुखमा एमालेकी […]
ताप्लेजुङ : सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मान बहादुर राई निर्वाचित भएका छन्।राईले ३ हजार ८५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी प्रदीप राईले २ हजार ३८२ मत पाए। उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार जीवन ताम्लिङलाई एक मतान्तरले पछि पार्दै माओवादीकी कृष्ण कुमारी कडरिया २ हजार ३७६ मत ल्याएर विजयी भइन्।
जाजरकोट– जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाया विजयी भएका छन् । यस गाउँपालिकामा अध्यक्षका उम्मेदवार शाहीले १ हजार ३०९ मत ल्याएर विजयी भए भने नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत […]
रोल्पा – रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ । कांग्रेस-एमाले-एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विश्वकुमार चन्दले ३ हजार १ सय ३१ मत प्राप्त गर्दा माओवादीका सुकबहादुर बुढामगर ३ हजार ३ सय ११ मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्री ३ हजार ३ सय ८७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सपना बुढामगरले २ हजार ३ सय ८ मत प्राप्त गर्नुभएको छ । ६ वटा वडा रह...
रोल्पाको परिवर्तन गाउँपालिकामा तीन दललाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव समूहलाई समेत पराजित गर्दै अध्यक्षमा शुकबहादुर बुढा र उपाध्यक्षमा कलादेवी खत्रीनी विजयी भएका छन्।माओवादीका बुढाले ३३११ मत ल्याउँदा तीन दलीय गठबन्धनका काँग्रेसका विश्वकुमार चन्दले ३१३१ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा खत्रीनीले ३३८७ मत ल्याउँदा एमालेकी सपना बुढामगरले २३०८ मत ल्याएकी छन्। परिवर्तनका १, २, ४, ५ वडा अध्यक्ष माओवादी विजयी भएको छ
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जीत हाँसिल गरेको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै माओवादीले अध्यक्ष र उपाध्यक्ष दुवैमा जीत हाँसिल गरेको हो ।
अध्यक्षमा...
डोल्पा, ३१ बैशाख । जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले विजयी भएका छन् ।भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित भए।