बर्दगोरियाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

धनगढी – कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर कुँवर विजयी भएका छन्। कुँवरले ५ हजार ८४२ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्दी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका शेरबहादुर कठरियाले ४ हजार १८६ मत ल्याए। उपाध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका गणेशराज गिरी विजयी भएका छन्। गिरीले ४ हजार ५६९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी […]

सम्बन्धित सामग्री

काभ्रे रोशीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काभ्रे : जिल्लाकाे राेशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दिनेश लामा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मिमबहादुर वाईबा ‘ज्वाला’ निर्वाचित भएका छन्।लामाले ६ हजार ४५३ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले देवसागर लामाले ५ हजार ३८३ मत पाए। जुन कांग्रेसका लामाले पाएको मतभन्दा १ हजार ७० मत कम हो।त्यस्तै, गाउँपालिका उपाध्यक्षमा निर्वाचित वाईबाले ५ हजार ५३२ मत ल्याए। उनको प्रतिस्पर्धी एमालेकी बबिता बोहरा (क्षेत्री)ले

गंगाजमुना गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

धादिङको गंगाजमुना गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भक्तबहादुर लामा विजयी भएका छन् । उनले ६ हजार २६२ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले भक्तबहादुर लामिछानेले...

जाजरकोटको बारेकोटको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

४ जेठ, जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई १०९ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा विजयी भएका हुन् । गिरीले ३९५४ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रबहादुर शाहले ३८४५ मत पाए । […]

रुकुम पूर्वको भुमेमा माओवादी विजयी

रुकुम पूर्वको भुमे गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। अध्यक्षमा माओवादीका होमप्रकाश श्रेष्ठले ३९७५ मत ल्याएर विजयी भएका छन्। अध्यक्षमा काँग्रेस एमालेले उम्मेदवार उठाएका थिएनन्। यस्तै उपाध्यक्षमा सविना बुढामगरले ३९५१ मत ल्याएर विजयी भएका छन्। बुढाका निकटतम प्रतिद्वन्द्वी एमालेका कमानसिंह डाँगीले १३५५ मत ल्याएका छन्। काँग्रेस एमाले दुबैले एमालेका डाँगीलाई संयूक्त रुपमा उठाएका थिए। पूर्वी रुकुमको सिस्ने र पुथा उत्तरगंगा जितिकेको छ।

सिन्धुपाल्चोक बलेफीको अध्यक्षमा माओवादी विजयी

सिन्धुपाल्चोक : बलेफी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गंगाबहादुर तामाङ विजयी भएका छन्। चार हजार ६६६ मत प्राप्त गरी उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्उनका प्रतिद्वन्द्वी कांग्रेसका सुवास तिमल्सिनाले  चार हजार १०५ मत प्राप्त गरे। यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु लामा तामाङ विजयी भइन्। उनले चार हजार ३९४ मत ल्याएर विजयी भए। जिल्लाको हेलम्बु गाउँपालिकमा कांग्रेस विजयी भएको छ। जारी मतगणनामा पाँचपोखरी, इन्द्रावती र मेलम

सिदिङ्वाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी

ताप्लेजुङ : सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मान बहादुर राई निर्वाचित भएका छन्।राईले ३ हजार ८५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी प्रदीप राईले २ हजार ३८२ मत पाए। उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार जीवन ताम्लिङलाई एक मतान्तरले पछि पार्दै माओवादीकी कृष्ण कुमारी कडरिया २ हजार ३७६ मत ल्याएर  विजयी भइन्।

मोरङको मिक्लाजुङ अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी विजयी

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका  बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका हुन्।राईले अध्यक्षमा ८ हजार २५३ मत र पौडेलले उपाध्यक्षमा ५ हजार ६२६ मत प्राप्त गरेका छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष र उपाध्यक्ष जितेको गाउँपालिकामा यसपटक गठबन्धनका उम्मेदवार विजयी भएका छन्।एमालेले मिक्लाज

मुड्केचुला गाउँपालिकामा माओवादी विजयी

जाजरकोट– जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का दत्तबहादुर शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि माओवादीकै दुधा कुमारी रोकाया विजयी भएका छन् । यस गाउँपालिकामा अध्यक्षका उम्मेदवार शाहीले १ हजार ३०९ मत ल्याएर विजयी भए भने नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का संयुक्त उम्मेदवार लंकबहादुर रोकायले १ हजार २०७ मत […]

रोल्पाको परिवर्तनमा तीन दललाई पराजित गर्दै माओवादी विजयी

रोल्पाको परिवर्तन गाउँपालिकामा तीन दललाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष दुबै विजयी भएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव समूहलाई समेत पराजित गर्दै अध्यक्षमा शुकबहादुर बुढा र उपाध्यक्षमा कलादेवी खत्रीनी विजयी भएका छन्।माओवादीका बुढाले ३३११ मत ल्याउँदा तीन दलीय गठबन्धनका काँग्रेसका विश्वकुमार चन्दले ३१३१ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा खत्रीनीले ३३८७ मत ल्याउँदा एमालेकी सपना बुढामगरले २३०८ मत ल्याएकी छन्। परिवर्तनका १, २, ४, ५ वडा अध्यक्ष माओवादी विजयी भएको छ

हुम्लाकाे नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी विजयी

हुम्ला – हुम्लाको नाम्खा गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर लामा र उपाध्यक्षमा नेपाली कांग्रेसका तक्दीर लामा विजयी हुनुभएको छ ।  अध्यक्षमा लामाले १ हजार ४ सय ६६ मत र उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६ सय ६२ मत प्राप्त गर्नुभयो ।  यस्तै उपाध्यक्षमा कांग्रेसका तक्दीर लामाले १ हजार ९४ र उहाँका  प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लाक्पा नुर्बु लामाले ५ सय ६५ मत प्राप्त गर्नुभयो ।  नाम्खा गाउँपालिकाको वडा नम्बर २, ३ र ६ मा स्वतन्त्र, १ र ४ मा एमाले र पाँचमा कां...