काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको दाबी गरेका छन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिँदै उनले संसद्को सम्मानका लागि मात्रै आएको बताएका हुन्। बयानका क्रममा उनले भने, ‘महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ। संसद्को सम्मानका लागि मात्रै म उपस्थित भएको छ। प्रस्ताव संविधान र नियमावली अनुसार चलेको छैन। त्यसैले मैले न्याय पाउनुपर्छ।’न्यायपालिकालाई कमजोर बनाउन खोजेको उन