निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आरोप लगाएकाहरूलाई महाभियोग सिफारिस समितिले बिहीबार बयानका लागि बोलाएको छ । समितिले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितका व्यक्तिहरूलाई बयानका लागि बोलाएको हो ।समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टका अनुसार राणाले आरोप लगाएका व्यक्तिहरूलाई तीन चरणमा बयान लिने तयारी गरिएको छ । पहिलो चरणमा बिहान ८ बजे कायम मुकायम प्रधानन्यायाधीशबाट बयान सुरु गरिनेछ । त्यस्तै, दोस्रो चरणमा दिउँसो १ बजे र तेस्रो चरणमा ३ बजे बयान लिइने छ ।विष्टका अनुसार बयानका लागि