रुसले युक्रेनमाथि आक्रमण गरेको एक साता पूरा भएको छ । पछिल्ला घटनाक्रमले यो आक्रमण रोकिने संकेत देखिएको छैन । पश्चिमा मुलुकहरुले प्रतिबन्ध लगाए पनि रुसले युक्रेनमाथि आक्रमण गर्न रोकेको छैन । गत बिहीबारदेखि रुसले युक्रेनका ठूला शहरहरुमा निरन्तर आक्रमण गरिरहेको छ । जसले गर्दा हिंसा भड्किएको छ । रुसी आक्रमणका कारण लाखौं युक्रेनी जनताहरु सुरक्षाका लागि देश छोडेर जान बाध्य भएका छन् । युक्रेनको राजधानी किभमा पनि ठूलो संख्यामा रुसी सेना प्रवेश गरेको युक्रेनका अधिकारीहरुले बताएका छन् । रुसी आक