अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी काजललाई रजत पदक

२९ साउन, काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी काजल श्रेष्ठले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राज पदक जितेकी छन् । १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले कोरियामा आठौं दाइजन एमबीसी कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ग्योरोगी महिला ४९ केजी तौल समूहमा रजत जितेकी हुन् । ए क्याटेरीको सिनियर यस प्रतियोगिताको फाईनलमा उनी कोरियन […]

सम्बन्धित सामग्री

मकाउमा असिम सर्वोत्कृष्ट

मकाउमा आयोजना भएको ग्रेटर बे कप अन्तर्राष्ट्रिय तेक्वान्दो सिरिजमा नेपालका असिम श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । क्याडेटको पुरुष ३६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका असिमले रजत पदक जिते पनि समग्रमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

भारतमा निशान्त र शान्तकुमारलाई स्वर्ण

भारतमा भएको गुडविल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका खेलाडीहरुले २ स्वर्ण र ३ रजत पदक जितेका छन् ।

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेशको अग्रता

बारा – मधेस प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुर्‍याउने उद्देश्यले बाराको निजगढमा सुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेस प्रदेशले पहिलो दिनको खेलमा अग्रता बनाएको छ। पहिलो दिनको पाँचवटा तौल समूहको सम्पन्न प्रतियोगितामा मधेस प्रदेशले दुई स्वर्ण, दुई कांस्य र एक रजत पदक हासिल गरी पहिलो दिन टिम प्रथम बनेको हो। पुरुष […]

कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा कमललाई रजत

नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्नुभएको छ । दक्षिण कोरियाको सिओलमा शुक्रबार भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले रजत पदक जित्नुभएको हो ।

तेक्वान्दो प्रतियोगितामा कमललाई रजत

काठमाडौं । नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगिताको ४० वर्षमुनि पुरुष एकल पुम्सेमा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले स्वर्ण जितेका हुन् । प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडी वीरबहादुर महरा, पार्वती गुरुङ, कृष्णबहादुर तामाङ र प्रेमबहादुर लिम्बू पदकविहीन रहे […]

दक्षिण कोरियामा कमललाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल श्रेष्ठले छुनछुन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । दक्षिण कोरियाको छुनछुनमा भएको प्रतियोगिताको ३० वर्षमाथि पुरुष एकल पुम्सेमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले रजत जितेका हुन् । प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडी वीरबहादुर महरा, पार्वती गुरुङ, कृष्णबहादुर तामाङ र प्रेमबहादुर लिम्बू पदकविहीन […]

अशोकलाई जापानमा रजत

नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्नुभएको छ ।