भजनी, २१ असार । कुन्तीदेवी विक कैलालीको टीकापुर नगरपालिका वडा नं १ शक्तिनगर शिविरमा बस्दै आएका छन् । निर्वाचनका समयमा दैनिक चहलपहल हुने उनको घर तथा आसपासको क्षेत्र यतिबेला सुनसान छ । पछिल्लो समय आफूले भोट हालेर जिताएका सांसद मन्त्री भएको खबरले भने आशा जागेको उनको भनाइ छ । “कसले चुनाव जित्यो, कसले हार्यो त्यो […]
मतदाता परिचय पत्र पाइनसकेका वा हराएकाहरुले मतदान अधिकारबाट बन्चित हुन नपरोस् भनेर फोटो भएको परिचय खुल्ने कागजात भएको खण्डमा भोट हाल्न पाइने छ । निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर भोट हाल्न सकिने जनाएको छ । तर, त्यसको लागि मतदाता नामावलीमा नाम भने भएको हुनुपर्छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र साथमा नभएकाले आफ्नो फोटो टाँसिएको कुनै पनि परिचय खुल्ने प्रमाणपत्रका आधारमा मतदान गर्न सक्ने जनाएका छन् । उनका अनुसार नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी चालक अनुमति पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र साथमै बोकेर गए भोट हाल्न पाइनेछ । आयोगले पूर्ण असशक्त बाहेक अरुलाई आफ्नो मत अरुलाई हाल्न नदिन पनि भनेको छ । मतदान गर्न मतदान स्थलमा आउने अशक्त, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किरियापुत्री, अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्न र सबैभन्दा पहिला उनीहरुले मतदान गर्न सक्ने व्यवस्था मिलाउन पनि आयोगका प्रमुख आयुक्त थपलियाले अनुरोध गरेका छन् ।
बागलुङ : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै बागलुङमा उम्मेदवारहरुले आफ्ना घोषणापत्र तथा प्रतिबद्धता पत्रहरु सार्वजनिक गरेका छन्।उम्मेदवारहरु घोषणापत्र बोकेरै मतदातालाई भोट माग्न शहरदेखि गाउँ बस्तीमा पुगेका छन्। मतदाता रिझाउन उनीहरुले घोषणा पत्रमा महत्वकांक्षी र परम्परागत कार्यक्रमलाई बढी जोड दिएको पाइन्छ।मतदाता रिझाउन घोषणापत्र लिएर गाउँगाउँमा पुगेका उम्मेदवारहरुले नयाँ एजेण्डा देखाउन सकेका छैनन्। पुरानै एजेण्डा समेटिएको घोषणापत्रले मतदातालाई विश्वास दिलाउन सकेको
१६ कात्तिक, परासी । ‘अब मल पाइन्छ कि पाइँदैन ?’ भोट माग्न घरमै आएका नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई रामग्राम नगरपालिका–१४ को ऐंचावलका मतदाताले सोधे । नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कँडेलले आश्वासन दिए, ‘पहिलाभन्दा मलका लागि अहिले सहज बन्दै गएको छ । फास्ट ट्रयाकबाट मल ल्याउन टेण्डर भइसकेको छ । अब धेरै समस्या झेल्नुपर्दैन […]
काठमाडौं : मतदाता नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने कागजातको आधारमा मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगका अनुसार मतदाता नामावलीमा नाम भएका व्यक्तिले आफ्नो स्पष्ट पहिचान खुल्ने नागरिकता वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने छन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा लालपुर्जा वा कुनै पनि सरकारी कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मतदान गर्न पाउने जनाइएको छ।आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि न
काठमाडौं : परिवर्तनका लागि रोल्पाले योगदान पुर्यायो। विगतको जनयुद्ध 'लाल किल्ला' रोल्पा। यही किल्लाका केही रोल्पाली चुनावको दिन भक्तपुरका इट्टा भट्टामा भेटिए।
आम मतदाता बिहानैदेखि मतदानको लाममा बसिरहँदा यी रोल्पाली इट्टा बोक्दै 'भौचर सिट'मा छाप लगाउने लाममा बसिरहेका थिए।
'भोट हालेर के पाइन्छ? यता इटा बोके पैसा पाइन्छ,' रोल्पाका रामबहादुर बुढा भन्दै…
काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले नागरिकता प्राप्त गरेका र वडा विभाजन भएका सबै क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गरेको बताएका छन्।आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजन भित्र परेका ६ हजार ७ सय ४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको बताएका हुन्। मंगलबार राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले मौन अवधिमा कसैले पनि निर्वाचन प्रच
‘शेयर बजार साम्राज्यवादको साधन’, ‘शेयर बजार जुवाघर’, ‘शेयर बजार विरोधीलाई नो भोट अभियान’, ‘शेयर बजारमा सर्वसाधारणको १२ खर्ब भन्दा बढी सम्पत्ति डुब्यो’ यी र यस्तै धेरै शीर्षकले हिजो–आज नेपाली छापाहरू रंगिइरहेको देख्न पाइन्छ । शेयर बजार पूँजी संकलन र परिचालनका लागि पूँजीवादी अर्थ–व्यवस्थाको एउटा महत्वपूर्ण खम्बाका रूपमा स्थापित भएको छ । यसले जनताको थोरै स्रोत […]