लघुवित्तका संचालकहरुले अर्थ मन्त्रीलाई बुझाए ५ बुँदे ज्ञापनपत्र, के के छन् माग ?

लघुवित्त कम्पनीको संचालकहरुको संस्था माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालले अर्थ मन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाएको छ । देशको आर्थिक समृद्धिका लागि लघुवित्त क्षेत्रलाई थप सक्षम बनाउन र सेवाग्राहीलाई थप लाभान्वित गराउन विभिन्न व्यवस्था गरिदिन आग्रह गर्दै संघले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउदै संघले निम्न विषयहरु अर्थ मन्त्रालय मार्फत सम्बोधन हुनुपर्ने जनाएको छ ।१. नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि गरेको निर्देशन लगायतका अन्तराष्ट्रिय प्रतिवद्घताहरु ।२.मुलुकले परिलक्ष्ति गरेको ‘सम्मृद्घ नेपाल, सुखी नेपाली’ को लक्ष्य ।३.सरकारले जारी गरको “राष्ट्रिय लघुवित्त नीति २०६४”, आवधिक योजना र वित्तीय समावेशीकरण तथा वित्तीय पहुँच समन्धी कार्य नीति र कार्य योजना ।४.नेपाल सरकारले जारी गरेको राष्ट्रिय लघुबित्त नीति २०६४ मा व्यवस्था भए बमोजिमको कोषका स्थापना गर्ने (PAF, RSRF)५.लघुवित्त सस्थाहरुको कार्य प्रकृति नै अन्य बैँक नपुगेका तथा अति विपन्नलाई सामाजिक मध्यस्तता सहितसेवा पुर्याउने रहेकोले यसमा लाग्ने  संस्थागत कर अरुलाई लाग्ने आधा र समुह सदस्यको वचतको व्याज आयमा कर नलाग्ने व्यवस्था हुनुपर्ने ।६. लघु बिमा, लघु वित्त सेवाको एउटा महत्वपुर्ण र अभिन्न हिस्सा हो । बिमा समितिले बिमा कम्पनिहरुलाई आफुले गरको विमाङ्कको कम्तिमा ५ प्रतिशत लघु विमा गर्नुुपर्ने व्यवस्था भएकाले संस्थामा आवद्घ व्यक्तिको जीवन रक्षा र जिविकोपार्जनको विमा गर्ने र विमा कम्पनीहरुले पुनर्विमा सेवा दिनुपर्ने । ठुला उद्योगमा प्रति ३ करोड़ लगानी, मझौला उद्योगमा प्रति ३० लाख लगानी, साना उद्योगमा प्रति ८ लाख लगानी र लघु उद्योग÷लघु ब्यबसायमा प्रति १ लाख लगानी बराबर १ रोजगारी÷स्वरोजगारी सृजना गरेकोले लघुकर्जाको लागत कम गर्न र लघुकर्जा सर्वसुलभ बनाउन नीतिगत ब्यबस्थाहरुमा सुधार गर्नुपर्ने अत्यावश्यक रहेको संघले उल्लेख गरेको छ । भेटमा संघले हालको लघुवित्तको अवस्था र चुनौतीबारे मन्त्री शर्मालाई ब्रिफिङ गरेको थियो । जवाफमा अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम व्याजदर घटाउन आग्रह गरेका छन् । गाँउ गाँउसम्म पहुँच रहेका लघु वित्त संस्थाहरुले व्याजदर नघटाएसम्म गरिब जनताको जीवनस्तरमा परिवर्तन नआउने उनले बताए । लघु वित्त संस्थाहरुले तय गरेको व्याजदर घटाउनको लागि सरकारको तर्फबाट गर्नुपर्ने सहयोगको लागि आफू तयार रहेको जानकारी गराउदै मन्त्री शर्माले यसको लागि कार्ययोजना प्रस्ताव बनाएर ल्याउन लघु वित्त संघका प्रतिनिहरुलाई आग्रह गरेका छन्। 

सम्बन्धित सामग्री

आयोग र अर्थ मन्त्रालयबीच रकमान्तरको विवाद

निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोडभन्दा बढी बजेट माग गरेको छ । आयोगले अर्थ मन्त्रालयसँग १० अर्ब ९८ करोड ९८ लाख बजेट माग गरेको प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताए । आयोग निर्वाचनको तयारीमा जुटेको भन्दै प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचनमा […]

निर्वाचन आयोगद्धारा बजेट रकमान्तरबारे अर्थ मन्त्रालयसँग विवरण माग

काठमाडौँ – बजेट रकमान्तरबारे निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग विवरण माग गरेको छ। कुन-कुन मन्त्रालय र निकायहरुमा के कति रकम रकमान्तर गरिएको हो भन्नेबारे आयोगले मन्त्रालयसँग आज शुक्रबार विवरण मागेको हाे। मन्त्रालयलाई यसबारे २४ घण्टाभित्र जानकारी उपलब्ध गराउन निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी गराए। प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति […]

अर्थ र शिक्षा मन्त्रालयको खिचातानीमा विद्यालय कर्मचारी, फेरि आन्दोलनको तयारी

भदौ २० देखि थालिएको सरकार र विद्यालय कर्मचारीबीचको वार्ताले सार्थकता पाउन सकेको छैन । शिक्षा र अर्थ मन्त्रालयका अधिकारीहरूबीचको खिचातानीले वार्ताले सार्थकता पाउन नसकेको हो । शिक्षा मन्त्रालयले उनीहरूका माग सुनुवाई गर्दै फाइल तयार पारेर अर्थ मन्त्रालयमा पठाएको पत्र भदौ २३ मा दर्ता भएको छ । तर, अर्थ मन्त्रालयले अहिलेसम्म अल्झाएर राखेको विद्यालय कर्मचारीहरूको आरोप छ ।नेपाल विद्यालय कर्मचारी परिषद्ले कार्यालय सहयोगी र लेखापालको दरबन्दी सिर्जना गर्दै स्थायित्वको माग अघि सारेका थिए । उक्त माग सुन

समान तलव वृद्धिको माग गर्दै अर्थ मन्त्रालयमा धर्ना

अर्थ मन्त्रालयले बजेटको घोषणा विपरीत कर्मचारीको तलव बढाइएको भन्दै समान वृद्धिको माग गर्दै काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बा र नायव सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । आइतबार सार्वजनिक भएको तलवमानमा बजेटको घोषणा विपरीत तलव बढाइएको भन्दै सोमबार अर्थ मन्त्रालय अगाडि तीन जिल्लाका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग …

अर्थ र राजस्व सचिवलाई हटाउन माग

सिसिटिभी फुटेज व्यापारिक केन्द्रमा एक महिना, संवेदनशील पूर्वाधारमा तीन महिना सञ्चय गरी राख्ने प्रचलन भएको उल्लेख छ। ‘रिटको अन्तिम टुंगो नलागेसम्म प्रश्न उठेको अर्थ मन्त्रालय, अन्य मन्त्रालयसमेत रहेको सिंहदरबार परिसरभित्रको सुरक्षा संवेदनशील सिसिटिभी क्याम...

अर्थ र राजश्व सचिवलाई जिम्मेवारीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । अर्थको सिसिटिभी प्रकरणमाअर्थ र राजश्व सचिवलाई जिम्मेवारीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुन व्यवसायीहरू बाबुराम अर्याल, सरोजकृष्ण घिमिरे, शिशिरकुमार यादव र बिना यादवले बिहीबार अर्थ सचिव मधुकुमार मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करलाई तत्काल जिम्मेवारीबाट अलग गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । बजेट निर्माण […]

अर्थ मन्त्रालयका दुई सचिवलाई हटाएर छानबिन गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ– करका दर हेरफेर प्रकरणमा अर्थ मन्त्रालयले आफ्नो सिसिटिभी फुटेज डिलिट भएको जवाफ दिएपछि सिंहदरबार परिसरका अरु सिसिटिभी फुटेज संरक्षण गर्न माग गर्दै सवोच्च अदालतमा रिट परेको छ। अधिवक्ताद्वय सरोजकृष्ण घिमिरे र बाबुराम अर्यालले संयुक्त रुपमा दर्ता गरको रिट निवेदनमा करका दर हेरफेर गर्न बाह्य व्यक्तिको संलग्नता रहे-नरहेको पत्ता लगाउन सिंहदरबार परिसरका सिसिटिभी क्यामरालाई सुरक्षित […]

अर्थ मन्त्रालयसँग सिसी टिभी फुटेज माग

काठमाडौँ । आर्थिक विधेयकमा करका दरहरु हेरफेर गर्न अनाधिकृत व्यक्तिको संलग्नताबारे अध्ययन गर्न भन्दै उपभोक्ता अधिकारबादी संस्था उपभोक्ता हित संरक्षण मञ्चले अर्थ मन्त्रालयसँग क्लोज सर्किट टेलिभिजन (सिसी टिभी) दृश्य माग गरेको छ । सोमबार सूचनाको हक अन्तर्गतको निवेदन मन्त्रालयमा पेश गर्दै मञ्चले चालु आर्थिक वर्ष र आगामी आवको बजेट निर्माण अवधिको दुई रातको क्लोज सर्किट […]

फास्ट ट्र्याकलाई बजेट अभाव हुन्न : अर्थ मन्त्रालय

२६ माघ, काठमाडौं । अर्थ मन्त्रालयले निर्माणाधिन काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ । सो आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो जवाफ दिएको हो । बुधबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै अर्थ मन्त्रालयका […]

सरकारी गाडीको विवरण माग्यो अर्थ मन्त्रालयले

काठमाडौँ । अर्थ मन्त्रालयले सरकारी गाडीको विवरण माग गरेको छ । संसदको दिगो विकास तथा सुसासन समितिमा मंगलबार बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुराना गाडी कति कुन अवस्थामा छन् भन्ने विवरण आफूले माग गरेको बताए । अर्थमन्त्री शर्माका अनुसार अर्थ मन्त्रालयमा नयाँ गाडी किन्न मन्त्रालय तथा विभिन्न निकायबाट अहिले पनि माग हुने गरेको छ । ‘सरकारी […]