भदौ २० देखि थालिएको सरकार र विद्यालय कर्मचारीबीचको वार्ताले सार्थकता पाउन सकेको छैन । शिक्षा र अर्थ मन्त्रालयका अधिकारीहरूबीचको खिचातानीले वार्ताले सार्थकता पाउन नसकेको हो । शिक्षा मन्त्रालयले उनीहरूका माग सुनुवाई गर्दै फाइल तयार पारेर अर्थ मन्त्रालयमा पठाएको पत्र भदौ २३ मा दर्ता भएको छ । तर, अर्थ मन्त्रालयले अहिलेसम्म अल्झाएर राखेको विद्यालय कर्मचारीहरूको आरोप छ ।नेपाल विद्यालय कर्मचारी परिषद्ले कार्यालय सहयोगी र लेखापालको दरबन्दी सिर्जना गर्दै स्थायित्वको माग अघि सारेका थिए । उक्त माग सुन