इलाम : चिया क्षेत्रमा प्रतिबन्धित मानव स्वास्थ्यको लागि घातक औषधिको प्रयोग बढ्दै गएपछि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अनुगमन थालेको छ।सूर्योदय नगरपालिका–७ मा रहेको कन्याम चिया बगान क्षेत्रमा हरेक वर्ष विषादीको प्रयोग बढी हुँदा खानेपानीका मुहानमा पुग्ने र मानव स्वास्थ्यमा असर भएको गुनासो हुँदै आएपछि बोर्डले अनुगमन थालेको हो।बोर्डका कार्यकारी निर्देशक डा. बिष्णु भट्टराईको नेतृत्वमा जनप्रनिधिसहितको टोलीले कन्याम चिया बगानमा अनुगमन गरेको जानकारी दिए। चिया बगानमा विभिन्न रोग र संक्रम