भरतपुरमा संयुक्त लगानीमा ३२ करोडको रिसोर्ट सञ्चालन

चितवन  : भरतपुरमा विभिन्न व्यवसाय तथा क्षेत्रमा संलग्न ६२ जनाको संयुक्त लगानीमा रिसोर्ट सञ्चालनमा आएको छ। ३२ करोडको लगानीमा भूकम्प प्रतिरोधात्मक  प्रविधिको चितवन मिड टाउन (सिएमटी) रिसोर्ट सञ्चालनमा आएको हो।सोमबार भरतपुरमा पत्रकार सम्मलेन गरी रिसोर्ट व्यवस्थापनले  औपचारिक रुपमा सेवा सञ्चालन गरिएको जानकारी दिएको हो।पत्रकार सम्मेलनमा बोल्दै रिसोर्टका अध्यक्ष भेषराज दुवाडीले  भरतपुर शहरका विभिन्न व्यवसाय, पेशा तथा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याइएक

सम्बन्धित सामग्री

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन

कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो ।

एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन - Nepal Japan

चितवनको कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्या

२० करोड लगानीमा ‘सिसै पार्क भिलेज’ सञ्चालन

चितवन। रत्ननगर नगरपालिका वडा नं ९ स्थित सिसैमा २० करोड लगानीमा सिसै पार्क भिलेज रिसोर्ट सञ्चालनमा आएको छ । दुई पर्यटन व्यवसायी हरिकृष्ण उपाध्याय र विष्णुहरि सुवेदीले सञ्चालनमा ल्याएका हुन् । पर्यटकलाई टिपिकल, स्थानीय परिकार पस्कने उद्देश्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक हरिकृष्ण उपाध्यायले जानकारी दिए । साढे १२ कठ्ठा क्षेत्रफलमा फैलिएको रिसोर्ट अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सञ्चालनमा ल्याइएको हो । सञ्चालक उपाध्यायका अनुसार रिसोर्टमा दुई सुविधासम्पन्न भवनमा १२ ओटा डिलक्स रुम, दुईओटा सेल्फ किचेन अपार्टमेन्ट, स्वीट रुम, कमन रुम, दुईओटा सभा हल, रेस्टुरेन्ट एन्ड बार, स्वीमिङ पुल लगायत संरचना छन् । रिसोर्टमा एकैपटक करीब सय जना पर्यटकलाई सेवा दिने क्षमता छ । रिसोर्टबाट सिसै पिकनिक स्पट, टिकौली जंगल, वन्यजन्तु लगायत दृश्य अवलोकन गर्न सकिने अर्का सञ्चालक सुवेदीले बताए । निकट भविष्यमा थप ३० करोड लगानी गरी रिसोर्टलाई विस्तार गरिने जानकारी उनले दिए । रिसोर्ट सञ्चालनमा आएसँगै स्थानीय हाँस, कुखुरा, तरकारी लगायत उत्पादनको खपत बढेको सुवेदीले बताए । रिसोर्टमा हाल प्रत्यक्ष रूपमा १५ जनाले रोजगारी पाएका छन् । रिसोर्टले नयाँ अंग्रेजी वर्षको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम गर्न लागेको छ ।

नेपाल भित्रियो रमडा : इटहरीमा पाँचतारे होटेल सञ्चालन गर्ने

अमेरिकी चेन होटेल ब्रान्ड ‘रमडा’ नेपाल भित्रिएको छ । व्यवसायी देशबन्धु बस्नेतको लगानीमा इटहरीमा निर्माणाधीन ग्रान्ड सेन्ट्रल होटेल ‘रमडा’का रूपमा सञ्चालनमा आउने भएको हो ।रमडाको मातृ कम्पनी विन्डहाम होटेल्स एन्ड रिसोर्ट र...

गोरखाको च्याङ्लीमा आँपको बगैंचाभित्र रिर्सोट सञ्चालन

गोरखाको पालुङटार नगरपालिका ७ मा आँपको बैंचाभित्र रिसोर्ट सञ्चालन गरिएको छ । स्थानीय चार युवाको लगानीमा १ वैशाखबाट च्याङ्ली म्यांगो गार्डेन रिसोर्र्ट सञ्चालन गरिएको हो ।पालुङटार नगरपालिकाका गाईफार्म सञ्चालक राजिवराज पन्त, फार्मेसी व्यवसायी प्रकाश खनाल, हार्डवयर व्यवसायी रमेशप्रसाद कँडेल र इन्जिनियर निशान पाठकको संयुक्त लगानीमा करीब साढे ४ करोड रुपैयाँको लागतमा रिसोर्र्ट सञ्चालनमा आएको हो […]

भरतपुरमा ३२ करोड लगानीमा रिसोर्ट सञ्चालन

चितवन । भरतपुरमा ३२ करोड रुपैयाँ लगानीमा रिसोर्ट सञ्चालनमा आएको छ । विभिन्न व्यवसाय र क्षेत्रमा संलग्न ६२ जनाको संयुक्त लगानी चितवन मिड टाउन (सीएमटी) रिसोर्ट सञ्चालनमा ल्याइएको हो । सोमवार भरतपुरमा पत्रकार सम्मलेन गरी रिसोर्ट व्यवस्थापनले  औपचारिक रूपमा सेवा सञ्चालन गरिएको जानकारी दिएको छ । कार्यक्रममा रिसोर्टका अध्यक्ष भेषराज दुवाडीले भरतपुर शहरका विभिन्न व्यवसाय, पेशा तथा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै अत्याधुनिक रिसोर्ट सञ्चालनमा ल्याइएको जानकारी दिए । २०७६ सालदेखि निर्माण शुरू भएको रिसोर्ट हालै सम्पन्न गरी सेवा शुभारम्भ गरिएको हो । उनका अनुसार रिसोर्टमा २ हजार ५०० सिट क्षमताको इभेन्ट हल, र अन्य साना तीनओटा हल रहेका छन् । यसैगरी एकपटकमा सय जना क्षमताको भोजनालय, बार कफिसप, स्वीमिङ पुल, वाल ग्यासकेट र वाटर फाउन्टेनको व्यवस्था रहेको छ । चितवनमै पहिलोपटक युरोपियन प्रविधिको किचेन रहेको, जहाँ बिजुली र बाफबाट खाना पाक्ने प्रविधि प्रयोग गरिएको दुवाडीले बताए । आगामी दिनमा डिस्को बार सहितको बसको सुविधा दिन लागिएको भन्दै उनले विभिन्न पर्यटकीय स्थलहरूमा पर्यटकलाई डिनरको सुुविधा सहित घरसम्म पुरयाउने व्यवस्था गरिने जानकारी दिए । यस क्षेत्रमा हुने विभिन्न पार्टी, सेमिनार, सभा, अधिवेशनलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याइएको उनको भनाइ छ । रिसोर्टमा सुविधासम्पन्न ४२ ओटा रूम छन् । साथै रिसोर्टको प्रत्येक तल्लामा २० जना क्षमताको मिटिङ हलको व्यवस्था रहेको छ ।  कार्यक्रममा रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले भूकम्प प्रतिरोधात्मक फलामे पिल्लर र संरचना  सहितको रिसोर्ट निर्माण सम्पन्न गरेसँगै  सेवा शुरू गर्न लागिएको जानकारी दिए । घिमिरेका अनुसार हाल यहाँ सबै गरी ६२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । निकट भविष्यमा सय जनासम्म पुर्‍याइनेछ । एक बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टलाई चितवन हल, मिड हल र टाउन हल गरी तीन भागमा वर्गीकृत गरिएको छ, जस अनुसार चितवन हलमा २०० जना क्षमता र मिड हलमा ७०० र टाउन हल दुई हजार जनाको क्षमता रहेको छ ।  राजमार्ग भएर हिँड्ने यात्रुका लागि छोटो समयका लागि आराम र सुत्ने व्यवस्था गरिएको प्रबन्ध निर्देशक घिमिरेले बताएका छन् ।

२५ करोडको लागतमा रिसोर्ट सञ्चालन

पर्वतमा करिब २५ करोडको लगानीमा रिसोर्ट सञ्चालन भएको छ ।तीन दशक जापान बसेर फर्किएका एक व्यवसायीले व्यक्तिगत लगानीमा रिसोर्ट सञ्चालन गरेका हुन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित पोखरा–बागलुङ सडक नजिकै मोदीखोलाको किनारमा लालटिन रिसोर्ट सञ्चालन गरिएको छ ।छिमेकी जिल्ला बागलुङ बजारका स्थायी बासिन्दा प्रवेशकुमार राजभण्डारीले यहि सातादेखि रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । मध्यपहाडी लोकमार्ग हुँदै […]

तीन करोड लगानीमा टोड्केमा रिसोर्ट सञ्चालन

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै प्राकृतिक सौन्दर्ययुक्त म्याग्दीको टोड्केमा सुबिधासम्पन रिसोर्ट सञ्चालन गरिएको छ। मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको टोड्के भ्रमणमा आउने पर्यटकहरूको सुविधाका लागि ३ करोड लगानीमा टोड्के हिल रिसोर्ट सञ्चालन गरिएको हो ।

२५ करोड लगानीमा आरम्भ रिसोर्ट सञ्चालन

बुटवल । रुपन्देहीमा ठूला लगानीका होटल र रिसोर्टहरु खुल्ने क्रम बढ्दो छ । आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गर्दै बुटवल उपमहानगरपालिका १३ ढबाहामा २५ करोड लगानीमा आरम्भ रिसोर्ट सञ्चालनमा ल्याइएको छ ...

स्याङ्जाको भीरकोटमा रिसोर्ट सञ्चालन

स्याङ्जाको भीरकोट नगरपालिका ६ स्थित साविकको खिलुङ–देउरालीमा भीरकोट भिल्ला रिसोर्ट सञ्चालनमा ल्याइएको छ । स्थानीय दुई यु्वाको सक्रियता र लगानीमा आन्तरिक तथा बाह्यि पर्यटकलाई लक्षित गरि रिसोर्ट सञ्चालनमा ल्याइएको हो ।