काठमाण्डाै – सत्तारूढ प्रमुख घटक नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्री नियुक्तिमा ढिलाइ गर्न नहुने बताउनुभएको छ । सत्तारूढ दलहरूसँग समझदारी गरेर प्रधानमन्त्रीले गृह मन्त्री नियुक्त गर्नुपर्ने उहाँको भनाइ छ ।
बुधवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद गैरेले सत्तारूढ दलहरूबीचको सहमतिमा गृह मन्त्रालय कुन पार्टीले पाउने भन्ने विषय निर्धारण हुनेसमेत बताउनुभयो । उहाँले भन्नु भयो, ‘नयाँ गृह मन्त्री प्रधानमन्त्रीले छिट्टै...