नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।बैंक सञ्चालक समितिको २३ साउनको बैठकबाट अध्यक्ष पदमा नियुक्त ज्ञवालीले बुधबार राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।बैंकका नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै गर्भनर अधिकारीले नवनियुक्त अध्यक्षको अनुभव तथा ज्ञानबाट बैंकलाई थप प्रतिस्पर्धी र अझ […]