काठमाडौं : अजरबैजान र अर्मेनियाको सीमा क्षेत्रमा जारी तनावकाबीच हजारौँ मानिस विस्थापित भएका छन्। अजरबैजान र अर्मेनिया दुवैले दाबी गर्ने गरेको नागोर्नाे–काराबाख क्षेत्रमा भएको लडाईँपछि हालसम्म साढे ८ हजार बढी मानिस विस्थापित भइसकेका छन्। यसै हप्ता उक्त क्षेत्रमा भएको लडाईँमा दुई सयभन्दा धेरै मानिसको मृत्यु भएको थियो। कयौँ मानिस घाइते भएका थिए।अर्मेनियाली जनजातिहरुको बाहुल्य रहेको नागोर्नो–काराबाखमा भएको लडाईँमा अजरबैजान हाबी भएपछि त्यहाँका आदिवासीहरु था
आदिस अबाबा- संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण विस्थापित भएको जनाएको हो । डब्लुएफपीको प्रतिवेदनले तीन देशका खडेरी […]
कंगोमा जारी द्वन्द्वका कारण विस्थपित हुने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ । कङ्गोको पूर्वी भूभागमा पछिल्ला केही समययता जारी रहेको द्वन्द्वले यहाँका सर्वसाधारण नागरिकहरु विस्थापित भएका छन् ।
राष्ट्रसङ्घको मानवीय...
मनिला, फिलिपिन्स, ११ पुस । फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीका कारण करिब ४६ हजार मानिसलाई घरबाट विस्थापित भएको नागरिक सुरक्षा अधिकारीहरूले सोमबार बताएका छन् । देशको दक्षिणी र पूर्वी क्षेत्रमा एक साताको भारी मौसमी वर्षाका कारण आठ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना बेपत्ता भएका छन् । क्याथोलिक धर्मावलम्बीको बाहुल्यता रहेको यस देशको सबैभन्दा […]
युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजार भन्दा बढी मानिसहरू विस्थापित भएको पुनर्मिलन मन्त्रालयले सोमबार जनाएको छ । विशेषगरी अनिवार्य रुपमा विस्थापित गराउन पर्ने पूर्वी डोनेट्स्क क्षेत्रबाट एक महिनामा करिब १६ हजार नागरिकहरुलाई हटाइएको मन्त्रालयले जानकारी दिएको छ । यसका साथै दक्षिणी युक्रेनको खेरसन र जापोरिज्जिया क्षेत्रका रुस नियन्त्रित क्षेत्रबाट ५० हजार मानिसलाई किभ नियन्त्रित क्षेत्रमा सारिएको पनि मन्त्रालयले थप जानकारी दिएको छ ।
काठमाडौं । फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ । अन्य ३ जनाको भने दाभोव क्षेत्रमा मृत्यु भएको हो । भारी वर्षासँगै आएको मेघी नामको आँधीका कारण १३ हजार मानिस विस्थापित भएका छन् । आँधीले […]
एजन्सी, २८ पुस । आँधीका कारण फिजीका चार हजार ६३० जना विस्थापित भएका छन् ।उनीहरुलाई देशका विभिन्न ठाउँमा बनाइएका १६२ ओटा शिविरमा राखिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले ११५ ओटा शिविर भिटी लेभुको पश्चिमी क्षेत्रमा स्थापना गरिएको जनाएको छ । त्यसैगरी भानुआ लेभुको मध्य भागमा ४२ ओटा र उत्तरी भागमा […]
बर्दिया : अविरल वर्षाका कारण आएको कर्णाली नदीको बाढीले राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा दर्जनौं बस्ती डुबानमा परेका छन्। बाढीका कारण यस क्षेत्रका एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन्।बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार बाढीबाट एक हजारभन्दा बढी परिवारका करिब पाँच हजारजना विस्थापित भएका छन्। राजापुरको भदाली नालाबाट पसेको बाढीले दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा क्षेत्र डुबानमा परेको छ।गेरुवाको वनकट्टीबाट पसेको बाढीले सनकट्टी, रानीपुर क्षेत्र डुबानमा परेको
एजेन्सी । स्पेनको एक जंगलमा भीषण आगलागी भएपछी २ हजार सर्वसाधारण विस्थापित भएका छन् । स्पेनको दक्षिणी क्षेत्रमा रहेको एन्डलुसिया जंगलमा भएको आगलागीमा एकजनाको मृत्यु भएको छ । आगलागीका कारण स्पेनको प्रसिद्ध कोस्टा डेलको रिसोर्ट पनि खाली गरिएको छ । आगलागी नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रक र सेना परिचालन गरिएको छ । आगलागीबाट हुन सक्ने […]