ठूलो बाढीका कारण दक्षिणी चीनमा दशौँ हजार मानिसहरू विस्थापित, थप वर्षा हुने अनुमान

ठूलो बाढीका कारण दक्षिणी चीनमा दशौँ हजार मानिसहरू विस्थापित हुन बाध्य भएका छन्। सो क्षेत्रमा थप वर्षाको सम्भावना रहेकोले अवस्था अझै नाजुक हुन सक्ने अनुमान गरिएको छ। पानीको बहाव र पहिरोको खतरा बढेसँगै ग्वाङ्डोङको उत्पादन केन्द्रमा विद्यालय, कार्यालय र सार्वजनिक यातायात बन्द गरिएको छ। छिमेकी प्रान्त जियाङ्सीमा झण्डै ५ लाख…

सम्बन्धित सामग्री

हेवाखोलाको बाढीले कहाँ कति क्षति पुर्‍यायो ? बेपत्ता भएका सबैको पहिचान खुल्यो

पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ । यस्तै फिदिम –४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ ।  बाढीले याङवरक गाउँपालिका–२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।  जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ । यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा ‘स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ । बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ ।  वर्षाका कारण सडक बगाएपछि फिदिम–यासोक सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा सडक अवरुद्ध भएको छ । यस्तै फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीले याङवरक–२ मा दुईवटा र फालेलुङ–३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।  सडक सञ्जाल सम्पर्कविच्छेद भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । गए राति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम –४ र हिलिहाङ–७ जोड्ने हंवाखोला पुल बगाएको छ । बाढीले ५४ दशमलव ५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । विसं २०४२ मा बनेको यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन । तर गए रातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो । यस्तै तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण भएको माझीटारस्थित बेलीब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ । फिदिम–४ र हिलिहाङ –७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन् । दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्याउने कार्य चुनौतीपूर्ण भएको छ । यस्तै यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको छ । रविन्द्र काफ्ले/रासस

श्रीलंकामा बाढीका कारण ६०० भन्दा बढी परिवार प्रभावित

श्रीलंकामा शनिबारदेखि जारी रहेको अविरल वर्षाका कारण भीषण बाढी आएको छ। राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतन पूरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ।बाढीमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित हुन पुगेका छन्।मौसमसम्बन्धी अधिकारीहरुले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन भनेका छन्। सो जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरु भौतिक संरचनामा पनि बाढीले क्षति पुर्‍याएको छ। सो बाढीका कारण आएको पहिरोका साथै वर्षा जारी नै रहेकाले यहाँको धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अ

जलवायु परिवर्तनको असर : बाढीले वनबास, बाध्यताले बगर खेती

चैत २८, भजनी (कैलाली) । भजनी–१ ठेङरपुरका किसान ठग्गुराम चौधरीले ठेङरपुरस्थित कान्द्रा नदी किनारमा बगरखेती शुरू गरेका छन् । पहिले धान खेती गर्दै आएका ५४ वर्षीय चौधरीले पछिल्लो ७ वर्षयता बगरखेती लाउन थालेका हुन् । बाढीले खेत बगरमा परीणत गरिदिएपछि चौधरीले हिउँद र चैत–वैशाखमा खरभुजा, काँक्रो, तितो करेला, लौका, फर्सी, बोडी र मूला लगाउँछन् । उनले दुई कट्ठा खेतमा बगरखेती गरेका छन् । ‘बगरखेती शुरू गर्नुभन्दा पहिले धान नै लगाउँथे’, उनी भन्छन्, ‘नदीले कटान गरेर बगर बनाएको यो खेतमा बर्खामा नदी बग्छ, हिउँद र चैत–वैशाखमा बगरखेती गर्छु ।’ चैते धानमा होमिएका कन्हैयापुरका लक्ष्मण चौधरीले २ कट्ठा खेतमा आलु खेती पनि गरेका छन् ।   खेतमा भेटिएका उनले भने, ‘बर्खामा कान्द्रा नदी उर्लिएर आउँछ, बालुवा भरिन्छ । त्यही भएर घाँस लगाउँछु । हिउँदमा तरकारी ।’ यो वर्ष बर्खामा खासै बाढी आएन । तर, कात्तिकमा बेमौसमी बाढीका कारण घाँस पनि सखाप पा¥यो । सोही गाउँका भरत चौधरीको ६ जनाको परिवार छ । चार बिघा अधियाँमा लिएर लगाएको धान कात्तिकको बाढीले लग्यो । ‘राहतका लागि भनेर विवरण लगेर गएका थिए । अहिलेसम्म दिएका छैनन्’ उनी भन्छन् । उनले अहिले एक कट्ठामा आलु लगाए । १० क्वीन्टल आलु फलेको छ ।   मन्त्रीफाँटाकी पाल्मती डंगौरा चैतेधानसँगै तरकारी खेती पनि गर्छिन् । ‘बर्खे धानको भर हुँदैन । चैतेधानले खान पुग्छ,’ उनी भन्छिन्, ‘त्यो बाहेक आलु, काउली, मसुरो, तोरी पनि लगाउँछु ।’ गत साउनमा मोहनामा आएको बाढीले भजनी–७ हिम्मतपुरका चौधरीको घर, खेत बगाएपछि जंगल पुगेका हुन् । ५२ वर्षीया डंगारौ भन्छिन्, ‘मेरो जीवन यही कृषिमै बितेको छ । पहिले पनि बाढी त आउँथ्यो, तर यति धेरै क्षति हुँदैनथ्यो । अहिले त एक्कासी बाढी आउँछ बगाएर लैजान्छ ।’ बाढीका कारण जंगल ठेलियो बस्ती नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीका कारण शान्ताराम चौधरीको परिवार साउनदेखि जंगलमा टहरो बनाएर बसेको छ । गत साउनमा मोहनामा आएको बाढीले भजनी–७ हिम्मतपुरका चौधरीको घर, खेत बगाएपछि जंगल पुगेका हुन् । ‘नदी छेउमै दुई कट्ठा जग्गा थियो, त्यही जमीन छेउमा रहेको घर पनि नदीले बगायो,’ उनले दुखेसो पोखे । अहिले उनी पाँँच जनाको परिवारसहित जंगल छेउमा बस्दै आएका छन् । भारतमा काम गर्दै आएका उनी माघ पहिलो साता मात्रै घर फर्केका हुन् । ‘बर्खामा लगाएको धान बाढीले बगाएपछि म भारत गएको हुँ । अहिले फेरि फर्के,’ सिजनअनुसार भारतमा काम गर्दै आएका चौधरीले भने । उनकी श्रीमती हिरादेवी चौधरीले ५ वटा भेडा र ४ वटा कुखुरा पालेकी छन् । सानो टहरो छ, जुन लिपपोत पनि गरिएको छैन । ‘लिपपोत गर्न गहुँको भुसा पर्याप्त नभएकाले लिपपोत गर्न सकिएको छैन’, उनले भनिन्, ‘खुसा संकलन गरेर अब लिपपोत गर्ने तयारीमा छौं ।’  हिम्मतपुरमा मोहना र कान्द्रा नदीका कारण विस्थापित भएकाहरू बस्दै आएका छन् । हिम्मतपुरका ३० परिवार शिविरमा बस्दै आएका छन् । साउनको बाढीले १८ र गत कात्तिकको बाढीले थप १२ परिवार विस्थापित भएका हुन् । नदीले कटान गरेको ठाउँमा तटबन्धका लागि प्रमुख जिल्ला अधिकारी, मेयरसँग आग्रह गरेपनि सुनुवाइ नभएको चौधरी परिवारको भनाइ थियो । वडा नम्बर ७ हिम्मतपुरकै पूर्वमा चर्रा छ । त्यहाँ राजी समुदायको बस्ती छ । २०६५ सालमा आएको बाढीका कारण कान्द्राले घरजमीन बगाएपछि नजिकै झन्डै २ सय परिवार चर्रास्थित शिराधानी शिविरमा बस्दै आएका हुन् । ५८ वर्षीय रामविलास राजी भन्छन्, ‘घर बगाएपछि शिविरमा बस्दै आएका छौं । अहिले मजदुरी गरेर खान्छौं ।’ उनी १ विघा खेतका मालिक थिए । तर, बाढीले बगर बनाइदियो । अब ४–५ कट्ठा मात्र रहेको उनले सुनाए । भजनी–७ चर्राका वडाध्यक्ष अमरबहादुर कठरियाका अनुसार कान्द्रा र मोहनामा बाढी आउँदा शिराधानी र हिम्मतपुर शिविरमा बस्ने क्रम बढेको छ । ‘कान्द्रामा बाढी आएर दक्षिणतिर ठेल्छ । मोहनामा बाढी आउँदा पश्चिमतिर ठेलेर पूरै डुबान हुन्छ,’ उनले भने, ‘यसले साविकको लालबोझी गाविसमै असर पर्छ ।’ बाढीका कारण विस्थापित किसान अहिले शिविरमा बसेर बंगुर, कुखरा पालन गर्दै आएका छन् । चुरे विनासले तराईमा बाढी र डुबान नेपालका ७७ मध्ये ३६ जिल्लाका भूभाग चुरे क्षेत्रले छोएको छ । कान्छो र कमलो पहाड भनेर चिनिने चुरे कैलालीमा १ हजार ४५६ वर्गमिटर फैलिएको छ । नदीले बगाएर ल्याएको गेग्रानको थुप्रोबाट चुरेको विकास भएको र चुरेमा मानवीय गतिविधि बढ्दा यसको असर तराईको दक्षिणी क्षेत्रमा पनि परिरहेको चुरेविद् विजयसिंह दनुवार बताउँछन् । ‘चुरे क्षेत्रका खोला, नदीबाट अनियन्त्रित ढुंगा, गिटी झिक्ने काम भइरहेको छ, वन विनास पनि त्यतिकै छ,’ उनी भन्छन्, ‘यसले गर्दा चुरेबाट बहने खहरे खोलाको आकस्मिक बाढी आउने र यसले तराईका क्षेत्रमा नदी कटान, डुबानको समस्या बढाएको छ ।’ २०७१ साउन ४ गतेदेखि चुरे क्षेत्रमा ढुंगा, गिट्टी, बालुवाजस्ता सामग्री उत्खनन गर्न बन्द गरिएको  थियो । तर, कैलाली लगायतका क्षेत्रमा चुरेबाट पनि ढुंगा, गिटी, बालुवाको उत्खनन् हुने गरेको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको वेबसाइटमा उल्लेख भए अनुसार पश्चिममा पाकिस्तानको इन्डस नदीदेखि पूर्वमा भारतको ब्रम्हपुत्र नदीसम्म फैलिएको चुरे शृङ्खला शिवालिकको नामबाट पनि चिनिन्छ । २०७१ साउन ४ गतेदेखि चुरे क्षेत्रमा ढुंगा, गिट्टी, बालुवाजस्ता सामग्री उत्खनन गर्न बन्द गरिएको  थियो । तर, कैलाली लगायतका क्षेत्रमा चुरेबाट पनि ढुंगा, गिटी, बालुवाको उत्खनन् हुने गरेको छ । अवैध रुपमा भइरहेको नदी उत्खनन्ले पारिस्थितिकीय प्रणालीमा नै असर परेको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठ सर्वाेच्च अदालत पुगेका छन् । सर्वाेच्च अदालतले १५ फागुनमा उच्चस्तरीय समिति गठन गरेर नदी संरक्षण र ढुंगा, गिटी, बालुवाको दीर्घकालीन कार्ययोजना ६ महिनाभित्र पेस गर्न आदेश दिइसकेको छ । श्रेष्ठ भन्छन्, ‘ढुंगा, गिटी बालुवा उत्खनन् नै गर्न नपाइने भन्ने होइन । तर, कानुन नै नबनाइ मापदण्डका भरमा जथाभावी उत्खनन् भइरहेको छ, यसले बाढी पहिरोको समस्या बढेको छ नै, संविधानले ग्यारेन्टी गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक पनि हनन् भएको छ ।’ ढुंगा, गिटी, बालुवा उत्खनन्बारे अनुगमनको अधिकार जिल्ला समन्वय समितिलाई छ । ढुंगा, गिटी, बालुवा उत्खनन् तथा व्यवस्थापन मापदण्ड–२०७७ मा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा अनुगमन समिति रहने व्यवस्था छ । तर,   जिल्ला समन्वय समिति कैलालीका प्रवक्ता विमल जोशी भने अनुगमन समितिलाई स्थानीय तह नटेर्ने बताउँछन् । ढुंगा, गिटी, बालुवाको ठेक्का भने स्थानीय तहमार्फत् हुन्छ । यसबाट संकलित राजस्वको ६० प्रतिशत सम्बन्धित स्थानीय तहको सञ्चित कोषमा र ४० प्रतिशत रकम प्रदेश सरकारको प्रदेश सञ्चित कोषमा जमा हुनेगरी बाँडफाँट गर्नुपर्ने व्यवस्था ढुंगा, गिट्टि बालुवा उत्खनन् विक्री तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७मा उल्लेख छ । ‘मापदण्ड विपरीत क्रसर राखिएका छन् । कर्णाली दक्षिण नै फर्किरहेको अवस्था छ,’ उनले भने, ‘तर, हामीले केही पनि गर्न सकेका छैनौं ।’ जलस्रोत तथा सिंचाइ विभागका पूर्वसिडिइ महेन्द्र बडुका अनुसार अनियन्त्रित दोहनले तराईका नदी कटानको समस्या बढेको छ । ‘गेग्रानले नदीको प्राकृतिक बहाव नै परिवर्तन गर्न थालेपछि तटबन्ध निर्माणमा खर्च बढेको छ,’ उनी भन्छन् । ठूला नदी बस्ती पस्न थालेपछि सरकारले ०६६ बाट जनताको तटबन्ध कार्यक्रम शुरू गरेको हो । यो कार्यक्रम कैलालीको मोहना, खुटिया र सीमा भएर बग्ने कर्णालीमा पनि लागू छ । जलस्रोत तथा सिँचाइ विभागका अनुसार जनताको तटबन्ध कार्यक्रम अन्तर्गत कैलालीमा मोहना–खुटिया नदीमा श्रीलंका टापुदेखि दुई नदीको दोभानसम्म खण्ड–खण्डमा गरी ९.८ किलोमिटर तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रियामार्फत काम शुरू गरिएको छ । मोहना खुटिया तटबन्ध निर्माणका लागि एसियाली विकास बैंकले १ अर्ब ऋण उपलब्ध गराएको छ । सरकारले प्रत्येक वर्ष तटबन्ध निर्माणका लागि अर्बौं रुपैयाँ बजेट विनियोजन गर्दै आएपनि भजनीका दुख कान्द्रा, काँढा, पथरिया, मोहना लगायतका नदी प्राथमिकतामा पर्ने गरेका छैनन् । सरकारले नदी नियन्त्रणका लागि चालु आवमा ६ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ । मोहना–खुटिया तटबन्ध निर्माणका लागि मात्र १ करोड ३६ लाख बजेट छ । मोहना नेपाल–भारत सीमा हुँदै बग्छ, जुन कैलालीको भजनी क्षेत्रमा पनि पर्छ । सरकारले प्रत्येक वर्ष तटबन्ध निर्माणका लागि अर्बौं रुपैयाँ बजेट विनियोजन गर्दै आएपनि भजनीका दुख कान्द्रा, काँढा, पथरिया, मोहना लगायतका नदी प्राथमिकतामा पर्ने गरेका छैनन् । सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालयका सूचना अधिकारी मोहनबहादुर कुँवर भने जनशक्ति तथा संरचना अभावका कारण प्रदेश सरकारले तटबन्ध निर्माणको आवश्यकता रहेका स्थान औंल्याइ नसकेको बताउँछन् । चुरेविद् दनुवारका अनुसार बाढीको समस्या बढ्नुमा वन विनास पनि अर्काे कारण हो । चुरे क्षेत्र मात्र नभई कैलालीको तराईको वन विनास बढेको छ । जसकारण  बर्खायाममा वनजंगल क्षेत्रका साना खोलामा अडिने पानी पनि सिधै नदीमा गएर बाहव बढाउँछ । अर्काे समस्या, वनजंगल नभएको क्षेत्रको जमिनले धेरै पानी सोस्न सक्दैन । कैलालीमा २ लाख ५ हजार ९ सय ३९ हेक्टर वन क्षेत्र छ । २५ हजार ५ सय हेक्टर अतिक्रमणको चपेटामा रहेको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ । वर्षाको चरित्र फेरियो, बेमौसमी वर्षाले क्षति बढायो कात्तिक पहिलो तीन दिन निरन्तर बेमौसमी वर्षा भयो । मनसुनपछिको वर्षाका कारण देशभर बाढीेको कहर भयो । किसानले काटेको धान पनि बाढीले बगायो । बेमौसमी वर्षापछिको बाढीपहिरोका कारण १ सय १ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ । २ हजार २ सय ३२ घर डुबानमा परेका थिए । धानबालीमा मात्र ११ अर्ब ८७ करोड ५१ लाख क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । साना किसानलाई ६५, मझौलालाई ३० तथा ठूला र आंशिक क्षति भएका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको छ । भजनी नगरपालिकामा मात्रै गत कार्तिक पहिलो साता परेको बेमौसमी अविरल वर्षाका कारण कृषि क्षेत्रमा २२ करोड रुपैयाँ बराबरको क्षति भएको थियो । संघीय सरकारले क्षतिपूर्ति दिने निर्णय गरेपनि स्थानीयले नपाएको गुनासो गरेका छन् । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठ पछिल्लो पटक नेपालसहित दक्षिण एसियाली मुलुकमा वर्षाको चरित्र फेरिएको बताउँछन् । ‘लामो समयसम्म पानी नपर्ने तर पानी परिहालै एकैपटक बाढीपहिरो आउनेगरी वर्षा हुने क्रम बढेको छ,’उनी भन्छन्, ‘यो पटक त बर्खा सकिसकेपछि ठूलो वर्षा भयो, यसलाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्छ ।’ जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार नोभेम्बर महिनामा खासै वर्षा हुँदैन । तर, यो पटक १२ वर्ष यताकै बढी वर्षा रेकर्ड भएको छ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आइपीसीसी) नेपालसहित दक्षिण एसियाली मुुलुकमा पछिल्ला वर्ष वर्षाको प्रवृत्ति र चरित्रमा फेरबदल आएको औंल्याएको छ । जसकारण, बाढीपहिरोका घटना पनि बढ्न थालेका छन् । यो महिना सरदर वर्षा ६६.५ मिलिमिटर वर्षा हुनुपर्नेमा यो वर्ष १९ दिनमै १६८.३ मिलिमिटर वर्षा भएको थियो । यसमा पनि सबैभन्दा बढी वर्षा भएको कात्तिक पहिलो साताको तीन दिन हो । सन् २०१०, २०११ र २०१२ को अक्टोबर महिना भने सुक्खा थियो, अर्थात् खासै पानी परेन । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आइपीसीसी) नेपालसहित दक्षिण एसियाली मुुलुकमा पछिल्ला वर्ष वर्षाको प्रवृत्ति र चरित्रमा फेरबदल आएको औंल्याएको छ । जसकारण, बाढीपहिरोका घटना पनि बढ्न थालेका छन् । आइपीसीसीले गत अगस्टमा जारी गरेको रिपोर्ट अनुसार २१औं सताव्दीको अन्त्यमा मनसुनीयाममा वर्षा बढ्ने छ । जलवायु अध्येता मञ्जित ढकालका अनुसार वर्षाको चरित्रमा आएको परिवर्तनले कृषि तथा जनजीवनमा ठूलो असर पारिरहेको छ । ‘आइपीसीसीको रिपोर्टले जलवायु परिवर्तनको असर कृषि र खाद्य सुरक्षामा पर्न थालेको देखाएको छ । नेपालमा भएका अध्ययनले पनि वर्षाको चरित्रमा परिवर्तन आएको देखिएको छ,’उनी भन्छन्, ‘पहिले किसानले नै वर्षाको अनुमान गरेर धानको ब्याड राख्थे, रोपाइँ गर्थे । तर अचेल त्यो मिल्न छाडेको छ ।’ उनी अगाडि भन्छन्, ‘भजनीको घटना सुन्दा यो विषय अध्ययनको छुट्टै विषय बन्नुपर्छ भन्ने मलाई लाग्छ ।’ चुरे चलाउँदा तराईको भूमिमा असर गर्छ : विजयसिंह दनुवार चुरेविद् चुरे विनासको असर तराईका तल्लो बेल्टसम्मै पर्छ । भजनी त दक्षिणमा पर्छ । भजनी प्रत्येक वर्ष डुबानमा पर्छ । माथिबाट आएका खोलाले भजनी क्षेत्रलाई डुबानमा पार्दो रहेछ । त्यही डुबानका कारण किसान चैते धानतिर आकर्षित भएका हुन्। क्षति रोक्न चुरे संरक्षण गर्नुपर्छ । दोस्रो चुरे क्षेत्रमा पानी होल्ड गराउन पोखरी बनाउन सकिन्छ । जति चुरे क्षेत्रमा पानी होल्ड गर्न सक्यो, तराईमा डुबानको समस्या कम हुन्छ । यसरी होल्ड गरिएको पानी सुक्खा महीनामा उपयोग गर्न मिल्छ ।   भजनीमा मात्र २० किलोमिटर तटबन्ध आवश्यक भजनी नगरपालिका अनुसार वडा नम्बर १, ३ र ५ मा मात्रै २० किलोमिटर तटबन्ध निर्माणको आवश्यकता रहेको छ । वडा नम्बर १ स्थित कान्द्रा नदीमा शेखरपुरदेखि शंखरपुरसम्म ३ सय मिटर तटबन्धको आवश्यकता देखिएको भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव भट्टले बताए । वडा नम्बर ३ स्थित कान्द्रा नदीमा पडरिया गाउँदेखि शेखीपुर, जवलपुर हुँदै कुसुमघाटसम्म ३ किलोमिटर तटबन्ध निर्माणको आवश्यकता छ । सोही वडास्थित मोहना नदीमा कुसुमघाटदेखि नयाँबस्ती हुँदै दैलेखी टोलसम्म डेढ किलोटिर तटबन्ध निर्माणको आवश्यकता छ । सबै ठाउँमा काम नहुनु, तटबन्धको समस्या देखिनु चाँही विनियोजन र मागको तालमेल नमिल्नु नै हो । त्यस्तै, सोही वडास्थित काँढा नदीमा काँढा गाउँदेखि ढुसी, वर्दफाँटा हुँदै दैलेखी टोलसम्म ५ किलोमिटर आवश्यक छ । वडा  नम्बर ३ मा नै पथरिया नदीमा दैलेखी टोलदेखि मोहना र पथरिया नदीको दोभानसम्म ५ सय मिटर तटबन्ध निर्माण आवश्यक छ । नगरपालिकाका अनुसार वडा नम्बर ५ अन्तर्गत मोहना नदीमा लखडाईदेखि सीमाचौकी हुँदै कौवाखेडासम्म ५ किलोमिटर तटबन्ध बनाउनुपर्ने आवश्यक छ । सोही वडास्थित कान्द्रा नदीमा पुलियापुरदेखि लालबोझी हुँदै कौवाखेडासम्म ५ किलोमिटर तटबन्ध आवश्यक रहेको छ । तटबन्ध निर्माण गर्न सकेमा डुबानको अधिकांश समस्या हल हुने आपेक्षा स्थानीयले गरेको वडा नम्बर ३का अध्यक्ष विक्रम चौधरीको भनाई थियो ।  प्रमुख प्रशासकीय अधितृत भट्टका अनुसार नगरपालिका भित्रमा यी बाहेक अन्य क्षेत्रपनि तटबन्धको आवश्यकता रहेको छ । यद्यपि पहिचान हुन बाँकी रहेका छन्। तटबन्धको माग र बजेटको तालमेल मिल्दैन : मुकेश पाठक सिडिई, नदी व्यवस्थापन महाशाखा सिँचाइ विभाग तटबन्धको समस्या कैलालीमा मात्रै छैन, अरु क्षेत्रमा पनि छन् । तटबन्धको आवश्यकता देशैभरि छ । हाम्रा कार्य क्षेत्रभित्र पर्ने क्षेत्रमा तटबन्ध निर्माणको काम हाम्रोतर्फबाट गरिरहेका नै छौं । जस्तै अहिले मोहना खुटिया नदीमा नै एडीबीबाट फन्डिङ भएर काम भइरहेको छ । मोहना खुटिया नदीमा ठेक्का लागेर अहिले पनि काम भइरहेको छ । पथरिया काँन्द्रा नदीहरु हाम्रो कार्यक्षेत्रमा पर्दैनन् । समग्रमा तटबन्धको माग धेरै छ । विनियोजन कम हुन्छ । सबै ठाउँमा काम नहुनु, तटबन्धको समस्या देखिनु चाँही विनियोजन र मागको तालमेल नमिल्नु नै हो । तटबन्ध निर्माणका लागि वार्षिक १२ अर्ब रुपैयाँ जति बजेटको डिमाण्ड हुन्छ । हामीलाई ४ अर्ब रुपैयाँ मात्रै आउँछ । तटबन्धको समस्या त धेरै नै छ । विनियोजित बजेटले विभिन्न क्षेत्रको समस्या सामाधान नभइरहेको अवस्था छ । मूख्य भनेको समस्या, तटबन्ध निर्माणको आवश्यकता र बजेटको तालमेल मिलाउन नसकेर नै हो । जलवायु परिवर्तनको असर : धान फल्दैन माटो बेच्छन्, खेत भाडामा दिएर चामल किन्छन् [यो सामग्री नेपाल आर्थिक पत्रकार समाज (सेजन) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को डेभलपमेन्ट रिपोर्टिङ फेलोसिप’ अन्तर्गत तयार गरिएको हो]

भारतमा वर्षा र बाढीमा परी २६ जनाको मृत्यु, कैयौँ शहर र गाउँसँग सम्पर्क विच्छेद

भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ ।  मृत्यु हुनेमध्ये पाँचजना बालबालिका पनि छन्। थुप्रै मानिस अझै हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। बाढीका कारण कैयौँ शहर तथा गाउँसँग सम्पर्क विच्छेद हुन पुगेको अधिकारीहरूले बताएका छन्। कोट्याम जिल्लामा बढीले बढी क्षति पु-याएको […]

पछिल्लो वर्षाले थप सडकमा क्षति : देशभरका सडक अवरुद्ध

भदौ १४, काठमाडौं । केही दिनयता भइरहेको वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । सडक विभागले अवरुद्ध भएका स्थानमा पहिरो हटाएर सडक चालू गर्न लागेको छ ।  पूर्व–पश्चिम राजमार्ग परासी जिल्लामा तुरिया खोला पुल अवरुद्ध भएको छ । सोही राजमार्गको  रुपन्देहीमा घोडाहा खोला पुल पहिराकै कारण अवरुद्ध रहेको छ । सिद्धार्थ राजमार्गको स्याङ्जामा राम्दी र डुम्रेमा अवरुद्ध छ । पाँचखाल–मेलम्ची सडक सिन्धुपाल्चोक जिल्लाको रातो पहिरोको कारण अवरुद्ध छ ।  पछिल्लो पटक सिद्धार्थ राजमार्ग सिद्धबाबा खण्डमा अवरुद्ध भएकामा अहिले एकातर्फबाट खुलिसकेको छ । भिट्ठामोड–जलेश्वर–वर्दिवास, खुर्कोट–मन्थली–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चेबगर अवरुद्ध भएकामा अहिले एकातर्फबाट चालू भएको छ ।  अहिलेको वर्षाले सबैभन्दा बढी क्षति सिद्धार्थ राजमार्ग र नारायणगढ–बुटवल सडकमा देखिएको विभागका सम्भार महाशाखा प्रमुख भीमार्जुन अधिकारीले बताए । पहिरोका कारण त्यहाँको डाइभर्सन बगाएको छ । आइतवार र सोमवार सो सडक भएर यात्रा गर्ने यात्रुले दुःख पाएको उनले बताए । यात्रुको चाप बढी रहेको सडक विभागले खुलाइसकेको छ । बुटवल–नारायणगढ खण्डमा पर्ने तुरिया खोलाको पुल बगाएको भए पनि त्यसको विकल्प रहेको छ । पुल नै बगाएकामा बनाउन लामो समय लाग्ने भए पनि वैकल्पिक सडक हुँदा आवगमन नरोकिने उनको भनाइ छ । केही दिनयताको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग खुलाइसकिएको छ ।  आइतवार नागढुङ्गा सडक अवरुद्ध भएकामा अहिलेसम्म खुलिसकेको छ । वर्षाका कारण गत महीनामा अवरुद्ध सडकमा थप क्षति पुगेको छ । लमजुङको बेँसीशहरदेखि मनाङको चामेसम्मको सडक दुई महीनादेखि अवरुद्ध छ । पछिल्लो वर्षाले यहाँ थप पहिरो गएको उपमहानिर्देशक अधिकारीले बताए । उनले भने, ‘एकातिरबाट सडक खुलाउन लागिरहँदा पहिराले थप अवरोध गरेको छ ।’ यो वर्ष विगतका वर्षभन्दा पहिले वर्षा शुरु भएको थियो । जेठको दोस्रो सातादेखि शुरु भएको वर्षाले देशभरका संघीय, प्रदेश र कतिपय स्थानीय सडक अवरुद्ध गरेको थियो । संघीय सडक अवरुद्ध हुँदा सडक विभागले मातहतका कार्यालयमा रहेका जनशक्ति र उपकरणमार्फत खुलाउने गरेको छ ।  सडक विभागले सकेसम्म चाँडो सडक खुलाउन लाग्ने गरेको उपमहानिर्देशक अधिकारीले बताए । विभागले सकेसम्म दुवैतर्फबाट सवारीसाधन चल्न सक्ने गरी पहिरो पन्छाउने गरेको छ । कतिपय स्थानमा सडक नै कटान भएकामा एकातर्फबाट मात्रै चालू गराइएको उनले बताए । विभागले क्षतिको अवस्था र सडकमा हुने सवारीसाधनको चापका आधारमा एकातर्फ मात्रै खुलाउने कि दुवैतर्फ खुलाउने भनी निर्णय गर्छ ।  सडक नै भासिएको स्थानमा तत्काल दुवैतर्फ चल्नसक्ने बनाउनुभन्दा एकातर्फबाट मात्रै चलाउन उपयुक्त हुन्छ । ती सडकमा तत्काल एकातर्फबाट र वर्षा कम भएपछि तलबाट पर्खाल लगाएर दुवैतर्फ सडक चालू गरिन्छ ।  सवारी चाप भएका ठाउँमा भने क्षति भए पनि दुवैतर्फ चालू गर्नुपर्छ । पछिल्लो वर्षाले कुरिनटार नजिकै सडक अवरुद्ध गरेको थियो । उनले भने, ‘यो सडकमा चाप बढी भएकाले एकातर्फबाट खुलाएर हुँदैन र दुवैतर्फ खुलाइएको छ ।’ यस वर्ष वर्षाका कारण सडक अवरुद्ध हुँदा झण्डै रू. दुई अर्ब २५ करोड बराबरको क्षति भइसकेको अनुमान छ । निर्माणाधीन सडकमा क्षति हुँदा भने त्यसको मर्मतको खर्च निर्माण कम्पनीले नै गर्नुपर्छ । चिनियाँ कम्पनीमार्फत विस्तारको काम भइरहेको नारायणगढ–बुटवल सडक मर्मत कम्पनीले नै गर्नेछ ।  विगतका वर्षभन्दा बढी वर्षा हुँदा अरु संरचनासँगै सडक र पुलमा बढी क्षति भएको विभागले जानकारी दिएको छ । वर्षाका कारण यो वर्ष २०१ सडक अवरुद्ध भएकामा हाल १६ सडक अवरुद्ध छन् । अवरुद्ध भएका सडकमध्ये ६८ सडक दुवैतर्फबाट चालू, ११७ सडक एकातर्फबाट चालू रहेको विभागले जानकारी दिएको छ । रासस

मेलम्ची खानेपानी आयोजनाको क्षति यकिन गर्न मुश्किल

सिन्धुपाल्चोक । गत साता बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको क्षति अभैm यकिन गर्न सकिएको छैन । आयोजनामा बाढीले पु¥याएको क्षतिको निरीक्षण गर्न गएको प्राविधिक टोली हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको हेडवक्र्स पुग्न नसकेपछि क्षतिको यकिन गर्न नसकिएको हो । आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर माधव नेपालको संयोजकत्वमा ६ जनाको टोली अम्बाथानतर्फ गएको थियो । उक्त टोली हेडवक्र्स पुग्न नसकी किउलबाटै फर्किएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । ‘के कति क्षति भएको छ भनेर यकिन गर्न हामीले प्राविधिक टोली पठाएका थियौं । उहाँहरू त्यहाँसम्म पुग्नै सक्नु भएन,’ पन्तले भने, ‘क्षति यकिन गर्न पाए निर्माण योजना बनाउन सजिलो हुने थियो ।’ उनका अनुसार टोली मेलम्ची हुँदै चनौटेको रातोपुलसम्म गाडीमा गएको थियो । त्यहाँबाट करीब ६ किलोमीटरमा रहेको किउलसम्म पैदल पुगेको थियो । किउलबाट अम्बाथानस्थित मेलम्ची खानेपानीको हेडवक्र्स करीब ५ किमीमा पर्छ । निरन्तर बाढी आइरहेको र पानी परिरहेका कारण टोली हेडवक्र्स पुग्न नसकेको हो । आयोजनाको हेडवक्र्समा बाढी पसेकाले त्यहाँ भएका अस्थायी संरचना सबै बगेका छन् । ‘हेलिकोप्टर र ड्रोनको मद्दतले माथिबाट हेर्दा हेडवक्र्सको संरचना पानीमुनि डुबेको अवस्थामा देखिन्छ,’ पन्तले भने, ‘बायाँपट्टिको रिटेनिङ पर्खाल देखिँदैन । निर्माण व्यवसायी, श्रमिकका शिविर र सामान राख्ने ठाउँ सबै बगाएको छ ।’ उनले हेडवक्र्स अभैm डुबिरहेकाले त्यसमा कति क्षति भयो र त्यसको निर्माणका लागि कति समय र स्रोत आवश्यक पर्छ भन्न नसकिने बताए । मेलम्ची बजारबाट २१ किलोमीटर पर रहेको उक्त संरचनामा पुग्न पार गर्नुपर्ने चारओटा पुल बाढीले बगाएको छ । स्थलगत भ्रमणमा जान नसकिएकाले अहिले क्षतिको प्रारम्भिक अनुमान मात्रै गर्न सकिएको पन्तले बताए । उनका अनुसार करीब १ अर्बको क्षति भएको हुनसक्ने अनुमान छ । मेलम्ची खानेपानी आयोजना २ महीनामा सम्पन्न गर्ने कार्यतालिका थियो । ‘बाढीले गर्दा कार्यतालिका प्रभावित बनेको छ,’ पन्तले भने, ‘अम्बाथानको सुरुङ पुरै बालुवाले भरिएको जानकारी आएको छ, सुरुङलाई सफा गरेर पानी पथान्तरण गर्न कम्तीमा २ महीना लाग्ने देखिन्छ ।’ हेडवर्क्ससम्म पुग्ने बाटोमा क्षति भएको, पुल र सडक मर्मत गरी यातायात सुचारु गराउन हेलम्बु गाउँपालिका र नेपाली सेनासँग समन्वय गरिरहेको उनले जानकारी दिए । ‘अहिले सबैभन्दा आवश्यक भनेको हेडवक्र्स क्षेत्रमा पुग्नु हो । त्यसका लागि प्रवेशमार्ग र पुलहरूको निर्माणको गर्नु अत्यन्त आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि पालिका, नेपाली सेना र सडक विभागसँग समन्वय गरिरहेका छौं ।’ निर्माणस्थलमा रहेको बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ । त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प, खानेपानी, शौचालयलगायत सबै संरचना र निर्माण व्यवसायीका उपकरणसमेत बगाएको पन्तले बताए । मुख्य संरचनामा क्षति नपुगे पनि बाढीका कारण वैकल्पिक पथान्तरण प्रणाली (हेडवर्क डाइभर्सन सुरुङ) टालिएको छ । वैकल्पिक पथान्तरण गरेर पानी ल्याउन पनि वर्षा कट्नुपर्ने देखिएको उनले बताए । वर्षामा पानी हाल्न नसक्ने भएकाले मेलम्चीमा सफा पानी आएपछि वैकल्पिक पानी पथान्तरण चलाइने उनले जानकारी दिए । भदौसम्ममा पहुँचमार्ग बनेमा आयोजनाले काम अघि बढाउने, जनशक्ति र उपकरण लगेर डाइभर्सन टर्नेल र अम्बाथान अडिट सफा गरिने उनले बताए । ‘भित्र समस्या नभए त्यसपछि पानी चलाउन सकिन्छ,’ उनले भने । अहिले विपद्का कारण तोकिएको अवधिमा काम नसकिने देखिएकाले निर्माण कम्पनीको अवधि थप गर्नुपर्ने प्रवक्ता पन्तले बताए । अवधि थपका विषयमा अहिले नै निर्णय भने भइसकेको छैन । निर्माणस्थलभन्दा माथिबाट आएको पहिरोका कारण आयोजनाको हेडवक्र्स निर्माणमा संलग्न सिनो हाइड्रोका आठ जना कामदार बेपत्ता भएका थिए । तीमध्ये हालसम्म तीनओटा शव भेटिएको छ ।

बाढीका कारण करिब डेढ दर्जन जलविद्युत् प्रभावित, १० अर्ब क्षतिको अनुमान

गत साताको अविरल वर्षा र बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइन अवरुद्ध हुँदा करिब १० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ

टेक्सासमा आँधीबाट ४० को मृत्यु - Naya Patrika

टेक्सासमा हालै आएको समुद्री आँधीबाट कम्तीम ४० जनाले ज्यान गुमाएको अनुमान गरिएको छ । यसै साता आएको समुद्री आँधी ‘हार्बे’पछि परेको भारी वर्षा र बाढीका कारण उनीहरूको मृत्यु भएको अनुमान...पूरा पढ्नुहोस् »