मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा आज सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट करिब २६३ जना लाभान्वित भएका छन् । थासाङ गाउँपालिका, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र जोमसोम अस्पतालसँग थासाङ गाउँपालिकाका बासिन्दालाई लक्ष्य गरेर प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा शिविर आयोजना गरिएको थियो ।
शिविरमा १५० जनाले नेत्ररोग, ३७ जनाले बालरोग, ३० जनाले पाठेघर, ३२ जनाले दन्तरोग र ८४ जनाले भिडियो एक्सरे सेवा लिएका थासाङ गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सीताराम कार्कीले जानकारी दिए ।
बिरामीको स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषध...