लमजुङ । नेपाली सेनाद्धारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर मनाङको नार्पाभूमि गाउँपालिकाका ४४३ जनाले लाभान्वित भएका छन् । मनाङस्थित नेपाली सेनाको इन्द्रदल गुल्मका गुल्मपति दिनेश मल्लको नेतृत्वमा सञ्चालित उक्त स्वास्थ्य शिविरबाट उनीहरू लाभान्वित भएका हुन् । शिविरमा नारगाउँका २६३ जनाले सेवा लिएका छन् । जसमध्ये ५१ जनाको आयुर्वेद, ९४ जनाको आँखा, १२ जनाको दाँत, १०६ जनाको […]