सुरु भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा, तीनधाराबाट पुर्‍याइयो असन [तस्विरहरु]

काठमाडौँः वर्षा र सहकालका देवता मानिने करुणामय सेतो मछिन्द्रनाथ (जनबहा: द्य:) को रथयात्रा सुरु भएको छ। पहिलो दिन रथलाई तीनधाराबाट असन पुर्‍याइएको छ। रथयात्राअघि जनबहालबाट मछिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा ल्याइएको थियो। तीनधारा पाठशालाअघि बनाइएको रथमा सेतो मछिन्द्रनाथलाई बिराजमान गराएर सयौँ मानिसले तानेर घण्टाघर रत्नपार्क,…

सम्बन्धित सामग्री

सेतो मच्छिन्द्रनाथको रथ जात्रा सुरु (भिडिओ)

काठमाडौं । जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को रथ जात्रा मंगलबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुराइन्छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पुर्याइन्छ । मच्छिन्द्रनाथको रथ लगन […]

सेतो मच्छिन्द्रनाथ रथ जात्राको समापन साथमा फोटो प्रदर्शनी [फोटो फिचर]

काठमाडौं  । सेतो मच्छिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी सम्पन्न भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) द्वारा २५ औं रजत महोत्सवको अवसरमा बिहीवारदेखि तीन दिनसम्म आयोजित फोटो प्रदर्शनी शनिवार सम्पन्न भएको छ । पहिलो दिनको प्रदर्शनी रथयात्राको प्रमुख विश्राम स्थल असन, दोस्रो दिन हनुमानढोका तथा तेस्रो दिन लगन टोलमा  गरिएको थियो । हिन्दु तथा बौद्ध धर्मावलम्बीले संयुक्त रूपमा आस्था प्रकट गर्ने स्थानीय जनबहालस्थित मन्दिरमा रहेको आर्य अवलोकितेश्वर (सेतो मच्छिन्द्रनाथ) को  मूर्तिलाई विधिविधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने  गरिएको तस्वीरहरुमा प्रस्ट देखिन्छ  । यसैगरी प्रदर्शनीमा विसं २०५४ सालमा रथमा लागेको आगलागी, विसं २०४६ को जनआन्दोलनका क्रममा रथयात्रा सञ्चालन नभई सामान्य खटमा मात्र मच्छिन्द्रनाथलाई बोकेर लगिएको, विसं २०६४ मा रथ परिक्रमाको पहिलो दिन तीनधाराबाट असनतर्फ तान्ने क्रममा रत्नपार्कमा रथ ढलेको तस्वीरले धेरैको ध्यान तानेको देखिन्थ्यो । त्यस्तै जात्राका विभिन्न पक्ष, पताः ध्वजा चढाइएको फोटो, आर्य अवलोकितेश्वरको स्नान, नुहाउनका लागि पानी लिन गएका तस्वीरहरु प्रदर्शनीमा राखिएको थियो । उक्त प्रदर्शनीमा ३० जना व्यवसायिक फोटोपत्रकार तथा अन्य फोटोग्राफरहरूले खिचेका ५० भन्दाबढी फोटोहरू राखिएको थियो । फोटो प्रदर्शनीको पहिलो दिन काठमाडौँ महानगरपालिका २७ का वडाध्यक्ष योगेश खड्गी, असन सेवा समितिका अध्यक्ष यज्ञरत्न तुलाधर र जात्रा व्यवस्थापन समितिका संयोजक सुजिब बज्राचार्यले, दोस्रो दिन जात्रा व्यवस्थापन समितिका उप–संयोजक गणपतिलाल श्रेष्ठ र शार्दुल गुल्मका गुल्मपति शिव भडेंलले तथा अन्तिम दिन लगं खलका अध्यक्ष कविर मान जोशी तथा वरिष्ट फोटो पत्रकार हरि गोपाल प्रधानले संयुक्त रुपमा उद्घाटन गरेका थिए। तीन दिनसम्म चलेको उक्त प्रदर्शनीमा विभिन्न क्षेत्रका विभिन्न व्यक्तित्वहरु, पर्यटकहरु र पूर्व राजकीय कुमारी मतिना शाक्य तथा पूर्व गणेश सम्वेग शाक्यको उपस्थितिले थप रौनकता छाएको थियो । करीब ५०० जना दर्शकहरुको उपस्थिति रहेको प्रदर्शनीले थप उर्जा प्रदान गरेको तथा भविष्यमा नेपालका संस्कृति,जात्राहरु प्रर्वद्धन तथा प्रचार प्रसार गर्न कटिबद्ध रहेको समूहका अध्यक्ष प्रदिप राज वन्तले बताए । राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले संयोजन गरेको उक्त प्रदर्शनीको आयोजना सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले गरेको थियो भने काठमाडौं महानगरपालिका वडा नं १७, २१, २५ ,२७ र २८ ले सहयोग गरेको थियो ।

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथ

वर्षा र सहकालका देवता श्री आर्यावलोकिटेश्वर (सेतो मच्छिन्द्रनाथ)को जात्राको दोस्रो दिन आइतबार असनबाट तानेर हनुमानढोका पुर्‍याउने तयारी गर्दै । शनिबार तीन धारा पाठशालाबाट असन पुर्‍याएको थियो । तस्बिर : रत्न श्रेष्ठ, रासस

सेतो मच्छिन्द्रनाथ पूजाको दोस्रो दिन

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको दोस्रो दिन पनि आज पूजा गरिदैछ । गतवर्ष कोरोनाको कारणले रोकिएको यसपटक क्षमा पुजा गरिएको छ । यसपटक पनि कोरोना महामारीलाई ध्यानमा राखेर सुरक्षा अपनाइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधाराबाट रथयात्रा शुरु भएर असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।

यसरी तानियो सेतो मच्छिन्द्रनाथको रथ (फोटोफिचर) : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौं ।सेतो मच्छिन्द्रनाथ (जनवाह द्य) रथ जात्राको पहिलो दिन काठमाडौं स्थित तीनधारा पाठशालाबाट तानेर असन लैजादै श्रद्धालुहरु । -

तीनधाराबाट यसरी असन पुर्‍याइयो सेतो मछिन्द्रनाथलाई

काठमाडौं : वर्षा र सहकालका देवता जनबहा: द्य: (सेतो मच्छिन्द्रनाथ)को रथयात्रा सुरु भएको छ। केलटोल (जनबहा:) बाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्‍याइएको थियो। तीनधारामा सेतो मच्छिन्द्रनाथलाई खटबाट निकालेर त्यहाँ बनाइएको रथमा राखी रथयात्रा गरिएको हो।  रथलाई तानेर घण्टाघरबाट रत्नपार्क, भोटाहिटी हुँदै सेतो मछिन्द्रनाथलाई असन पुर्‍याइएको…