वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथ

वर्षा र सहकालका देवता श्री आर्यावलोकिटेश्वर (सेतो मच्छिन्द्रनाथ)को जात्राको दोस्रो दिन आइतबार असनबाट तानेर हनुमानढोका पुर्‍याउने तयारी गर्दै । शनिबार तीन धारा पाठशालाबाट असन पुर्‍याएको थियो । तस्बिर : रत्न श्रेष्ठ, रासस

सम्बन्धित सामग्री

सिन्दुर जात्रासहित सेतो मच्छिन्द्रनाथको मूर्ति सारियो मन्दिरमा

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ यात्राको पाँचौँ एवं अन्तिम दिन भव्य सिन्दुर जात्रासहित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएको छ ।पाँचौँ दिन आज रथबाट मूर्ति मन्दिरमा सारिएको सेतो मच्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ । रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँचदिने जात्रा आजैदेखि अन्त्य भएको समितिका संयोजक, काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष तथा सेतो मच्छिन्द्रनाथको पुजारी नीलकाजी शाक्यले राससलाई जानकारी दिए । प्रत्य

सेतो मच्छिन्द्रनाथ रथयात्रामा आज आमाको तीन परिक्रमा (तस्बिरहरु)

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ यात्राको आज चौथो दिन। आज रथलाई लगनमा रहेको सेतो मच्छिन्द्रनाथकी आमाको मन्दिर (माँ सीमा)को परिक्रमा गराइएको छ। रथलाई सोमबार लगन पुर्‍याइएको थियो। रथ लगन पुगेपछि त्यसको भोलिपल्ट सेतो मच्छिन्द्रनाथकी आमा मानिने माँ सीमाको तीन पटक परिक्रमा गराउने प्रचलन अनुसार आज माँ सीमाको परिक्रमा गराइएको हो। सेतो मच्छिन्द्रनाथको […]

सेतो मच्छिन्द्रनाथको रथ हनुमानढोकामा

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा असनबाट हनुमानढोका पुर्याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथ असनमा लगी राखिएको थियो । जात्राको दोस्रो दिन आज असनबाट रथ तानेर हनुमानढोकास्थित कालभैरवको मूर्तिअघि लगी राखिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । बिहीबार रथ हनुमानढोकाबाट लगनटोल पुर्याइन्छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । शहरको भित्री भ

सेतो मच्छिन्द्रनाथ पूजाको दोस्रो दिन

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको दोस्रो दिन पनि आज पूजा गरिदैछ । गतवर्ष कोरोनाको कारणले रोकिएको यसपटक क्षमा पुजा गरिएको छ । यसपटक पनि कोरोना महामारीलाई ध्यानमा राखेर सुरक्षा अपनाइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधाराबाट रथयात्रा शुरु भएर असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।

तीनधाराबाट यसरी असन पुर्‍याइयो सेतो मछिन्द्रनाथलाई

काठमाडौं : वर्षा र सहकालका देवता जनबहा: द्य: (सेतो मच्छिन्द्रनाथ)को रथयात्रा सुरु भएको छ। केलटोल (जनबहा:) बाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्‍याइएको थियो। तीनधारामा सेतो मच्छिन्द्रनाथलाई खटबाट निकालेर त्यहाँ बनाइएको रथमा राखी रथयात्रा गरिएको हो।  रथलाई तानेर घण्टाघरबाट रत्नपार्क, भोटाहिटी हुँदै सेतो मछिन्द्रनाथलाई असन पुर्‍याइएको…

स्वास्थ्य सुरक्षाको विधि अपनाएर सेतो मच्छेन्द्रनाथको रथयात्रा गरिने

काठमाडौं । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने भएको छ । गुठी संस्थान, सेतो मच्छिन्द्रनाथको पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद् लगायत सरोकार भएका निकायका प्रतिनिधि राखेर आज सेतो मच्छिन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले गरेको बैठकबाट रथयात्रा चलाउने निर्णय गरिएको संयोजक नीलकाजी शाक्यले जानकारी दिए ।प्रत्येक वर्ष चैत्र शुक्ल अष्‍टमीदेखि दरबारमार्गस्थित तीन