सेतो मच्छिन्द्रनाथको रथ जात्रा सुरु (भिडिओ)

काठमाडौं । जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को रथ जात्रा मंगलबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुराइन्छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पुर्याइन्छ । मच्छिन्द्रनाथको रथ लगन […]

सम्बन्धित सामग्री

रातो मछिन्द्रनाथको रथ जात्रा (फोटो फिचर)

ललितपुर - वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट सुरू भएको छ । पुलचोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पुर्याइनेछ । रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो ।  रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालि...

सिक्किममा कुमारी रथ यात्रा मनाइयो

काठमाडौं । सिक्किममा पनि इन्द्रजात्रा पर्व मनाइएको छ । सिक्किम नेवार गुथीको आयोजनामा इन्द्रजात्राको अवसरमा कुमारीको रथयात्रा निकालिएको हो । काठमाडौंकै राजकिय कुमारीको फोटो राखेर कुमारी रथ जात्रा निकाल्ने गरिन्छ । लाखय्, अष्ट मातृका गण सहित कुमारी जात्रा मनाइएको हो । सो अवसरमा धिमय् बाजा र नाज समेत प्रस्तुत गरिएको थियो । बेलायत, अमेरिका र […]

पशुपतिनाथ मन्दिर परिसरमा बुधबार गंगा माईको रथ जात्रा गरिँदै ।

गंगा माईलाई रथमा राखी पशुपतिथित वज्रघरबाट गौशाला, जयबागेश्वरी, ताम्रेश्वर महादेव हुँदै पुनः पशुपति वज्रघर पु¥याउने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ/रासस

दुई वर्षपछि धुमधामका साथ मनाइयो भोटो देखाउने जात्रा

– शर्मिला पाठक/सुभानु आचार्य, कोरोनाको कारण दुई वर्षपछि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धुमधामका साथ सम्पन्न भएको छ । विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित रहेको जात्रा कोरोनाको त्रास कम भएसँगै यस वर्ष भव्यताको साथ समापन गरिएको हो । गत वैशाख २१ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस […]

दोलखामा मत्स्येन्द्रनाथको रथ जात्रा

दोलखामा मनाइने विभिन्न जात्रामध्ये नौ दिनसम्म परम्परागत रूपमा मनाइँदै आइरहेको मच्छिन्द्रनाथ जात्रा प्रमुख जात्रा हो । चैत्र पूर्णिमाबाट आरम्भ भई दोलखा नगरको सबै टोल परिक्रमा गरेर नौ दिनमा सम्पन्न हुने गर्छ । रथ तान्ने जात्रालाई निरन्तरता दिन वि.सं. १६५० ताका राजा वासुदेवले विभिन्न स्थानमा गुठी स्थापना गरी आयस्थाको बन्दोबस्त गरेका थिए । यो जात्रा दोलखाली […]

सेतो मच्छिन्द्रनाथको रथ जात्रा शनिवारबाट सुरु (तस्बिर/भिडिओ)

काठमाडाैं । सेतो मच्छिन्द्रनाथको रथ जात्रा शनिवारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दशैंको दिन सेतो मच्छिन्द्रनाथको रथ यात्रा शुरु गरिन्छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलको तीनधारा पाठशाला […]

बलम्बु जात्रा सम्पन्न

नेपाल संवत् सुरु भएताका सुरु भएको मानिएको काठमाडौंको पश्चिम भेगको बलम्बु जात्रा कोरोनाका कारण १ वर्ष रथ जात्रा गरिएको थिएन। भब्यताका साथ जात्रा नमनाईएता पनि कुमारी र महालक्ष्मीको पुजा भने गरिएको थियो । कोरोनाको लहर कम भएसँगै पहिले–पहिलेको वर्ष झैँ यस पटक पनी भव्यताका साथ, पाहुना पासा घरमा निम्तो दिएर, जात्रा र भोज गरेर मनाइएको […]

उपत्यकाका तीनै रथ जात्रा हुने

कोभिड–१९ महामारीका कारण गत वर्ष रोकिएका काठमाडौं, ललितपुर र भक्तपुरको प्रसिद्ध रथजात्रा यस वर्ष पनि हुने भएका छा् । काठमाडौंमा सेतो मत्स्येन्द्रनाथ रथ यात्रा व्यवस्थापन समिति र ललितपुरमा रातो मत्स्येन्द्रनाथका पुजारी ३२ पानेजु संघ, ज्योतिषी खलक, गुठी संस्थान त:बहाल शाखा कार्यालयलगायत सरोकारवाला बसेको बैठकले मत्स्येन्द्रनाथ र मीननाथको रथ यात्रा परम्पराअनुसार निरन्तरता दिने निर्णय गरेको हो ।