घरबारी बेचेर क्यान्सर उपचार

काठमाडौं, चैत ९ । नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नु परेको पाइएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भएका […]

सम्बन्धित सामग्री

अन्तरिक्षमा क्यान्सर उपचार खोजिंदै

गम्भीर किसिमको उपचारका लागि अब शून्य गुरुत्व (जिरो ग्राभिटी) भविष्यमा ठूलो व्यापार बन्ने अध्ययनले देखाएको छ।...

सरकारी शुल्कमा निजी अस्पतालमा क्यान्सर उपचार

काठमाडौँ,२६ पुष । चितवन मेडिकल कलेजको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्युटले सरकारी अस्पतालमा लिइने शुल्कमा नै क्यान्सरको उपचार सुुरु गरेको छ । अस्पतालले सरकारले विपन्नका लागि तय गरेको सरकारी शुल्कमा नै उपचार सेवा दिएको हो । इन्स्टिच्युटका प्रमुख डा सुवास ठाकुरका अनुसार रक्त क्यान्सरबाहेक सम्पूर्ण क्यान्सरको उपचार सुरु गरिएको छ । अस्पतालमा ब्राकी थेरापी, रेडिएसन, […]

क्रायोथेरापी मेसिन आइपुगेपछि इलाममै पाठेघरको मुखको क्यान्सर उपचार सुरु

मङ्गलबारे : पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै गर्न सकिने भएको छ। इलाममा क्रायोथेरापी मेसिन आइपुगेपछि उक्त उपचार यहीँ सम्भव भएको हो। इलाम नगरपालिका-७ का वडाध्यक्ष नरेश श्रेष्ठले नेपाल परिवार नियोजन सङ्घका जिल्ला सभापति सरोज वैद्यलाई एक सेट क्रायोथेरापी मेसिन हस्तान्तरण गरे। वडामा स्वास्थ्यको क्षेत्रमा विनियोजन गरिएको बजेटबाट उक्त सामग्री…

इलाममा क्यान्सर उपचार गराउन सिफारिस लिनेको संख्या धेरै

आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाका स्वास्थ्य संस्थाबाट कडा रोगीका २ सय ८८ जनाले सिफारिस लिएकामा क्यान्सरका बिरामीको संख्या १ सय ६३ छ।...

गण्डकीमा अब महिलाको क्यान्सर उपचार प्रदेश सरकारले गरिदिने

गण्डकी प्रदेशका महिलाले अब क्यान्सरको उपचारमा सरकारी सहुलियत पाउने भएका छन् । प्रदेश सरकारले महिलाको प्रजनन अंगको क्यान्सर उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हस्ताक्षर गरेको पहिलो निर्णय नै महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क उपचार गर्ने थियो । त्यसपछिको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयलाई अनुमोदन गर्‍यो ।आर्थिक वर्ष सकिनै लाग्दासमेत सुरु नभएको उक्त कार्यक्रम बल्ल कार्यान्वयनमा आएको छ । प्रदेश

क्यान्सर उपचारमा ठुलो रकम पलायन : राज्यमन्त्री श्रेष्ठ

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सर उपचारका लागि ठुलो रकम विदेशिएको बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२औँ वार्षिकोत्सव तथा १७औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा उनले क्यान्सर उपचार स्वदेशमै हुने गरी अस्पताललाई सुधार गर्नुपर्ने बताए । क्यान्सर रोगको उपचार अति महँगो भएको बताउँदै राज्यमन्त्री श्रेष्ठले भने, ‘क्यान्सर उपचारका लागि […]

घरबारी बेचेर क्यान्सर उपचार

नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नु परेको पाइएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भएका तथा डिस्चार्ज भएका बिरामीमा गरिएको अध्ययनअनुसार क्यान्सर उपचारमा घरजग्गा बेच्नुपर्ने अवस्था देखाएको हो । अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा एक्सन नेपालले गरेको अनुसन्धानमा १६ प्रतिशतले घरजग्गा बेचेर क्यान्सर रोगको उपचार गर्ने गरेको पाइएको छ ।

क्यान्सर उपचार नेपालमै सम्भव : विज्ञ

केही वर्ष अघिसम्म नेपालमा क्यान्सरको उपचार सम्भव छैन भन्निथ्यो तर अहिले त्यस्तो छैन । नेपाली स्वास्थ्य क्षेत्रले यसको उपचारमा फड्को मारेको छ । दुर्लभ र गम्भीर प्रकृतिका बाहेक धेरै क्यान्सरको उपचार नेपालमै सम्भव बन्दै गएको क्यान्सर बिशेषज्ञले बताएका छन्।