चिया र कफीको ब्रान्डिङ रोकियो

नेपाली चिया र कफीको ब्रान्डिङ यो वर्ष पनि नहुने भएको छ । चियाको ब्रान्डिङमा नयाँ विवाद उत्पन्न भएको छ । कफीको बारेमा भने उद्योग विभागले राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई नयाँ प्रस्ताव पेस गर्न भनेपछि यसै आवभित्र दुवैको ब्रान्डिङ नहुने भएको हो । अन्तर्राष्ट्रिय मार्केटिङका लागि चियालाई ‘नेपाल चिया’ र कफीलाई ‘नेपाल कफी’ का रूपमा ब्रान्डिङ गर्ने घोषणा यस आवको बजेटमार्फत गरिएको थियो । २०६७ वैशाख २७ मा उद्योग विभागले नयाँ कलेक्टिभ मार्क (समूह चिन्ह) दर्तासम्बन्धी निर्देशिका २०६७ जारी गरेको छ । नेपाल चियालाई यो निर्देशिकाअनुसार पुनः दर्ता गर्नुपर्ने हुन्छ । ‘यसो नगरेमा चियाको ट्रेडमार्क समेत खारेज हुनसक्छ ।’ उद्योग विभाग ट्रेडमार्क शाखाका अधिकृत चित्रांगत बरालले बताए । बोर्डले २०६६ असारमा कफीको ब्रान्डिङका लागि उद्योग विभागमा प्रस्ताव पेश गरेको थियो । तर, विभागले कलेक्टिभ मार्क समूहले दर्तासम्बन्धी नियमावली अनुसारका बुँदा समावेश गराई नयाँ प्रस्ताव पेस गर्न बोर्डलाई अनुरोध गरेको हो । चियाको पहिले नै ट्रेडमार्क लिइसकिएको र कफीका लागि फाइल पेस गरिसकेको बोर्डका निदेृशक विनयकुमार मिश्र बताउँछन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०५८ सालमा प्याटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ अनुसार नेपाल चियाको ट्रेडमार्क लिएको थियो । बोर्डले दुवै सरकारी निकाय भएकाले समन्वय गरेर अघि बढ्ने बताएको छ । नेपालबाट वार्षिक १ अर्ब रुपैयाँभन्दा बढीको चिया र करिब रू. १० करोड जतिको कफी निर्यात हुँदै आएको छ । अंक ३९, २०६७, जेठ १७–२३

सम्बन्धित सामग्री

कफीको नयाँ मूल्य निर्धारण

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ । शनिबारदेखि लागु हुने गरी बोर्डले विभिन्न जातका कफीको नयाँ मूल्य निर्धारण गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै - Nepal Japan

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा

थुलुङ दुधकोशी गाउँपालिकाले तोक्यो कफीको न्यूनतम मूल्य

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। आफ्नै  गाउँपालिकामा  कफी प्रशोधन गरी विश्व बजारमा पुर्‍याउने नीति लिएको थुलुङ दुधकोशीले कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रियापछि वैज्ञानिक ढंगबाट मूल्य निर्धारण गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य समेतलाई आधार मानी  'ए

सरकारले बढायो कफीको समर्थन मूल्य

सरकारले चालू आर्थिक वर्षका लागि कफीको समर्थन मूल्य अघिल्लो वर्षको तुलनामा बढाएर निर्धारण गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शुक्रबारबाट लागू हुने गरी कफीको समर्थन मूल्य निर्धारण गरेको...

‘लागूपदार्थको लतबाट कफीको उत्साहसम्म’

‘चियाफे एउटा अनौठो अवधारणा हो जसले तपाईंलाई चिया र कफीको स्वाद दिन्छ । यो केवल पेय मात्र होइन, यो हाम्रो आफ्नै नेपालीजस्तै समाजमा सकारात्मक प्रभाव पार्ने पदार्थको दुरुपयोगको सामना गर्नेहरूलाई उद्यमी बन्न मद्दत गर्ने प्रेरणादायी विचार हो । हाम्रो भावना र मूल्यहरू बोक्ने अवधारणा, जीवनमा नयाँ सुरुवातको खोजीमा मार्गनिर्देशन गर्ने । पूर्वीनेपालमा मेरो यात्रा भावनाहरूको […] The post ‘लागूपदार्थको लतबाट कफीको उत्साहसम्म’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : अर्थतन्त्रमा चिया तथा कफीको सहभागिता

सामान्यतया ‘चिया’ र ‘कफी’ शब्द सुन्दा जति प्रिय लाग्छ मानव समाजमा यसको गरिमा पनि त्यत्ति नै धेरै छ । संसारमै पानी पछाडि सबैभन्दा बढी प्रयोग हुने पेय पदार्थ चिया र कफी हाम्रो जीवनशैलीसँग जोडिएका मात्रै छैनन्, मानव संस्कृतिको एक महत्त्वपूर्ण आयाम पनि बन्दै गएका छन् । अर्थोपार्जन, रोजगारी र पर्यटकीय आकर्षणको सम्भावनामा चिया र कफी दुवै क्षेत्रको योगदान ठूलो छ ।  चिया र कफीको व्यवसायले यसमा संलग्न व्यवसायीलाई आर्थिक सबलतातर्फ उन्मुख गराउँदै समग्र राष्ट्रको गरीबी निवारणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने प्रचुर सम्भावना देखिन्छ । त्यसैले अर्थतन्त्रमा चिया तथा कफीको सहभागिताले आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्ने कुरामा दुईमत छैन । करीब डेढ सय वर्ष अघिदेखि नेपालमा चिया संस्कृतिको विकास भएको भए पनि किसानको स्तरसम्म विसं २०३५ सालदेखि मात्रै पुगेको हो । वि.स १९२० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमणबाट फर्किंदा चियाको बीउ उपहारस्वरूप चिनियाँ सम्राटबाट लिएर आएका थिए । त्यसपश्चात् नै इलाममा चिया कमान र शोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चियाखेतीको शुरुआत भएको थियो । चियाक्षेत्रको अवस्था हेर्दा उत्पादनमा भन्दा पनि बजारीकरणमा बढी जोड दिनुपर्ने देखिन्छ भने कफीको हकमा उत्पादन र बजारीकरण दुवै पक्ष उत्तिकै महत्त्वपूर्ण छ । साथै उत्पादनको गुणस्तरमा समेत पाइला चाल्नुपर्ने आवश्यकता टड्कारो देखिन्छ । किनभने हामीले उत्पादन वृद्धितर्फ मात्रै ध्यान दिएर गुणस्तरमा ध्यान दिन सकेनौं भने हामी निर्यातमा पछि पर्ने निश्चित छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जारी गरेको तथ्यांकअनुसार नेपालमा २० हजार २३७ हेक्टर जमीनमा करीब २६ हजार ३७९ मेट्रिक टन चिया र ३ हजार ३४६ हेक्टर जमीनमा ३५४ मेट्रिक टन कफी उत्पादन हुन्छ । आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले ३ अर्ब ९३ करोड ७२ लाख ६० हजार रुपैयाँ बराबरको १६ हजार ५९४ मेट्रिक टन चिया निर्यात गरेको छ । सोही वर्ष नेपालले करीब १३ करोड रुपैयाँको २७७ मेट्रिक टन चिया आयात गरेको छ । त्यसैगरी सोही अवधिमा १३ करोड ४ लाख ४१ हजार रुपैयाँ बराबरको करीब ७८ मेट्रिक टन कफी नेपालले निर्यात गरेको छ भने ३२ करोड ५८ लाख रुपैयाँको ४५० मेट्रिकटन कफी नेपालले आयात गरेको छ । चियाको हकमा नेपालले आयातभन्दा निर्यात बढी गर्छ भने कफीको हकमा अझै पनि सोचेअनुरूप नेपालको निर्यात छैन । चियाको बजार थप विस्तार गर्न सरकारले वैकल्पिक बजार खोज्नुका साथै अक्सन बजारमार्फत चिया विक्री गर्ने व्यवस्थापन मिलाउनुपर्ने देखिन्छ । नेपाली चियाको बजार विस्तारमा अक्सन बजार निकै नै आवश्यक र महत्त्वपूर्ण रहेको सरोकारवाला बताउँछन् । तर, नेपालमा करीब १३ वर्ष अघिदेखि नै चिया अक्सन बजारको बारेमा बहस हुँदै आए पनि हालसम्म यसको कार्यान्वयन भने हुन सकेको छैन । नेपाली चियालाई अक्सन बजारमार्फत विक्री गर्ने भन्दै ८ वर्षअघि नेपाल सरकारले अक्सन स्थापनाका गर्न करीब १ करोड रुपैयाँको लगानीमा चियाको गुणस्तर परीक्षण ल्याबसमेत स्थापना गर्‍यो । तर, सरकार र व्यवसायीबीचको आपसी असमझदारीले अक्सन बजारले पूर्णता पाउन सकेन । यदि अक्सन बजार स्थापना भएर अक्सनमार्फत चिया बेच्ने प्रक्रिया शुरू भएको भए चियाक्षेत्रमा देखिएका करीब ९० प्रतिशत समस्या समाधान हुने विश्वास गरिन्छ । नेपाली चिया र कफीक्षेत्रले १ लाखभन्दा बढी किसान, व्यवसायी र श्रमिकलाई प्रत्यक्ष रूपमा रोजगारी दिएको छ । चिया र कफीक्षेत्रको विकाससँगै अर्थतन्त्रमा यसको सहभागिता बलियो बनाउँदै लैजान यसलाई मानव संस्कृतिको आयाम र पर्यटनसँग जोड्न आवश्यक छ । विश्वका अन्य मुलुकसँगै नेपालमा पनि चिया संस्कृति मौलाउँदै गएको छ । जस्तै कि राजनीतिक दलका विभिन्न चियापान समारोह, चिया गफ जस्ता क्रियाकलाप निकै प्रचलित छन् । तर, कफी पान समारोह कतै सुनिँदैन यदि चिया जस्तै कफीलाई पनि महत्त्व दिने हो भने यसको बजार र खपत अझ विस्तार गर्न सकिन्छ । पछिल्लो समय शहरकेन्द्रित रूपमा चिया अड्डा, चिया घर र कफी विक्रीका विभिन्न कफी सप खुलेका छन् । यसले पनि केही हदसम्म संस्कृतिको विकास र खपत बढाएको छ । साथै प्रकृतिप्रेमी पर्यटकलाई प्रांगारिक प्रणालीबाट सञ्चालित चियाखेती लगायत अग्र्यानिक खानाले समेत आकर्षण गर्ने भएकाले यसलाई पर्यटनसँगै जोडेर लैजान सकियो भने अर्थतन्त्रमा यसको सहभागिता अझ व्यापक रूपमा बढाउन सकिन्छ । डेढ सय वर्ष पुरानो इतिहास भएको नेपाली चिया बजार आजको दिनसम्म आइपुग्दा पनि खासै उल्लेखनीय परिवर्तन देखिन नसक्नु यसको कमजोरी पक्ष हो । त्यसको एउटै मात्र उदाहरण भनेको नेपालले हालसम्म चियाक्षेत्रको विस्तार र सम्भावनालाई पूर्वमा मात्रै सीमित राखेको छ । पश्चिमी जिल्लामा समेत चिया उत्पादनको पर्याप्त सम्भावना हुँदाहुँदै पनि ती सम्भावना खोज्ने र कार्यान्वयनतर्फ जाने ध्यान न सरकारको छ न त व्यवसायीको नै छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले प्युठान र सिन्धुपाल्चोक जिल्लामा चियाखेती विस्तारका योजना अघि सारेको छ । यही क्रमलाई निरन्तरता दिँदै बाजुरा, डोटी, अछाम, कालिकोट, दैलेख, सुर्खेत, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा समेत सम्भावनाको खोजी गर्नुपर्ने जरुरी देखिन्छ ।

कृषिमा कम्पोस्ट मलको रुपमा उपयोगी हुन सक्छ यसै खेर जाने ‘कफी ग्राउन्ड’

नेपालमा कफी पिउने कल्चर राम्रैसँग मौलाएको छ। साथीभाइ भेट हुँदा होस् या अफिसियल मिटिङ, कफीको माहोल बनिहाल्छ। कफीको यो बजारले कफी उत्पादक किसानदेखि वितरक र क्याफे संचाकहरुलाई पनि फाइदा पुगेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७ /७८ मा नेपालमा ३ हजार ५६ दशमलव ७ हेक्टर…

कफीको मूल्य प्रतिकिलो ९० रुपैयाँ निर्धारण

यस वर्षका लागि कफीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ९० रुपैयाँ निर्धारण भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले फ्रेस चेरी ‘ए’ प्रतिकेजी ९० रुपैयाँ मूल्य निर्धारण गरेको हो । गत वर्ष पनि यो कफीको मूल्य प्रतिकिलो ९० रुपैयाँ नै थियो ।त्यस्तै, फ्रेस चेरी ‘बी’ को मूल्य प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरिएको छ । […]

यो वर्ष कफीको समर्थन मूल्य स्थिर

३० कात्तिक, काठमाडौं । सरकारले स्वदेशी कफीको न्यूनतम समर्थन मूल्य यो वर्ष स्थिर राखेको छ । कोभिडका कारण व्यवसायीहरु मारमा परेको भन्दै कफीको न्यूनतम सर्मथन मूल्य नबढाउने निर्णय गरिएको चिया तथा कफी विकास बोर्डले जनाएको छ । बोर्डको मंगलबार बसेको बैठकले स्वदेशमा उत्पादन हुने फ्रेस र तयारी कफीको न्यूनतम समर्थन मूल्य कायम गरेको थियो । […]

कफीको नयाँ मूल्य निर्धारण

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको नयाँ मूल्य निधारण गरेको छ । बोर्डले १ मंसिर ०७७ देखि लागू हुने गरी