कफीको नयाँ मूल्य निर्धारण

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको न्यूनतम मूल्य निर्धारण गरेको छ । शनिबारदेखि लागु हुने गरी बोर्डले विभिन्न जातका कफीको नयाँ मूल्य निर्धारण गरेको हो ।

सम्बन्धित सामग्री

थुलुङ दुधकोशी गाउँपालिकाले तोक्यो कफीको न्यूनतम मूल्य

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। आफ्नै  गाउँपालिकामा  कफी प्रशोधन गरी विश्व बजारमा पुर्‍याउने नीति लिएको थुलुङ दुधकोशीले कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रियापछि वैज्ञानिक ढंगबाट मूल्य निर्धारण गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।प्रवक्ता कार्कीका अनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य समेतलाई आधार मानी  'ए

थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो ।

थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।...

सरकारले बढायो कफीको समर्थन मूल्य

सरकारले चालू आर्थिक वर्षका लागि कफीको समर्थन मूल्य अघिल्लो वर्षको तुलनामा बढाएर निर्धारण गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले शुक्रबारबाट लागू हुने गरी कफीको समर्थन मूल्य निर्धारण गरेको...

२४ कफी रोस्टर तयार

काठमाडौं । नेपाली कफीको गुणस्तर बढाउन ईयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमले अन्तरराष्ट्रिय स्तरका दुई दर्जन कफी रोस्टर तयार गरेको छ । विश्वभर विशिष्ट स्वाद र गुणका कफीको गुणस्तर अनुगमन गर्ने संस्था विशिष्ट कफी संघको मापदण्डअनुसार उनीहरू प्रशिक्षित भएका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल कफी उत्पादक महासंघको सहकार्यमा काठमाडौंमा आयोजित कार्यशालामा काठमाडौं, चितवन, पोखरा, काभ्रे, धनकुटालगायत कफी रोस्टरहरू सहभागी थिए । कफीको कपमा गुणस्तर अभिवृद्धि गरी नेपाली विशिष्ट कफीलाई अझ लोकप्रिय बनाउन आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कफी रोस्टिङ क्षेत्रमा संलग्न व्यवसायी तथा कामदारलाई लक्ष्य गरी कार्यशाला आयोजना गरिएको बताइएको छ ।  नेपालमा सञ्चालन भइरहेका कफी रोस्टिङ कम्पनीहरूमा उच्च गुणस्तरको कफी रोस्टिङ गर्ने प्राविधिक शीपको अभाव रहेको बेला यो कार्यशालाले यस क्षेत्रमा अन्तरराष्ट्रिय स्तरका कफी रोस्टरहरू उत्पादन गरेको र यसबाट कफीको गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालमा करीब २०–२५ कफी रोस्टिङ फर्महरू सञ्चालनमा छन् ।  ‘कफी रोस्टिङ निकै प्राविधिक र जटिल विषय हो । रोस्टिङ गरिएको कफीको दानाले नै कफीको गुणस्तर निर्धारण हुन्छ । यो कार्यशालाको पाठ्यक्रम नै प्रशिक्षार्थीलाई रोस्टिङका प्राविधिक पक्षलाई प्रयोगात्मक रूपमा देखाई उनीहरूलाई यसमा परिचित र दक्ष बनाउने हो । यसै क्षेत्रमा कार्यरत सहभागीहरू भएकोले अन्तरराष्ट्रिय मापदण्ड अनुसारको रोस्टिङ शीपले कफीको गुणस्तर बढाउन ठूलो सहयोग गर्नेछ,’ कार्यशालाका मूल प्रशिक्षक निमा शेर्पाले भने ।  कार्यशालामा उच्चस्तरीय प्रयोगशालामा प्रयोगात्मक विधि र सैद्धान्तिक ज्ञानमार्फत सहभागीलाई रोस्टिङ प्रक्रियाबारे परिचित गरी दक्ष बनाइएको बताउँदै अन्तरराष्ट्रिय मान्यता प्राप्त प्रशिक्षक शेर्पाले यस कार्यशालामा विशेषगरी रोस्ट साइकल, रोस्ट लेभलदेखि कफीको दानामा देखिने परिवर्तनहरू पहिचान गर्ने र रोस्टिङ स्थल व्यवस्थापन गर्ने विधि सिकाइएको बताए ।  कार्यशालाले नेपाली कफीको मूल्य शृंखलालाई सुधार गर्न सहयोग पुग्ने विश्वास सरोकारवालाको छ । ‘उच्च गुणस्तरको रोस्टर भएका कफी व्यवसायले उच्च स्तरका उपभोक्तालाई आकर्षित गर्न र राम्रो नाफा आर्जन गर्न सक्छन् । त्यस्ता दक्ष रोस्टरहरूले क्याफे र रोस्टिङ व्यवसायको प्रोफाइललाई सुदृढ पार्नेछन् र गुणस्तर नियन्त्रणमा उनीहरूको प्रतिबद्धता प्रदर्शन गर्नेछन् भन्ने विश्वास हामीले लिएका छौं,’ नेपाल कफी उत्पादक महासंघका महासचिव सन्तोष पोखरेलले भने ।  ‘मैले यो कार्यशाला निकै ज्ञानवद्र्धक र फलदायी पाएँ । यहाँबाट प्रशिक्षित हामी जस्ता जनशक्तिमार्फत कफी रोस्टिङमा गुणस्तर प्रवर्द्धन गर्ने प्रविधि प्रयोग गरी कफीको गुणस्तर बढाउन सहयोग गर्न सकिनेमा म विश्वस्त छु,’ चितवनबाट सहभागी हुन आएकी प्रशिक्षार्थी घोमाया गुरूङले भनिन् ।  युरोपियन युनियनले नेपाली कफीको मूल्य शृंखलालाई सशक्त बनाउन सहयोग गर्दै आएको छ ।

कफीको मूल्य प्रतिकिलो ९० रुपैयाँ निर्धारण

यस वर्षका लागि कफीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ९० रुपैयाँ निर्धारण भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले फ्रेस चेरी ‘ए’ प्रतिकेजी ९० रुपैयाँ मूल्य निर्धारण गरेको हो । गत वर्ष पनि यो कफीको मूल्य प्रतिकिलो ९० रुपैयाँ नै थियो ।त्यस्तै, फ्रेस चेरी ‘बी’ को मूल्य प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरिएको छ । […]

अब कफिखेतीको पनि बीमा

काठमाडौं । अब कफिखेतीको पनि बीमा गर्न पाइने भएको छ । बीमा समितिले ‘कफिखेती बीमालेख’ लागू गरेपछि सम्बद्ध व्यवसायी तथा किसानलाई उक्त खेतीको बीमा गर्ने बाटो खुलेको हो । समितिले ‘बाली तथा पशुपक्षी बीमा निर्देशन–२०६९’ अनुसार उक्त बीमालेख लागू गरेको हो । समितिले उक्त बीमालेख सोमवार नै जारी गरिसकेको छ । समितिले कृषि तथा पशुबीमाअन्तर्गत विभिन्न पोलिसी ल्याउँदै आएको छ । यस क्रममा कफिखेतीको पनि बीमा गर्न मिल्ने गरी नयाँ पोलिसी ल्याइएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । कफिखेतीमा हुने अधिकांश जोखिमको रक्षावरण हुने गरी बीमालेख तयार गरिएको उनले बताए । अब निर्जीवन बीमा कम्पनीहरूले यसै पोलिसीको आधारमा रहेर कफिखेतीको बीमा गर्न सक्ने समितिको भनाइ छ । यस बीमालेखले कफिखेतीमा आगलागी, हुरीबतास, आँधीबेहरी, तुफान, बाढी, डुबान, असिना, हिउँवा तुसारो, खडेरी चट्याङ, पहिरो, भूकम्प, प्राकृतिक प्रकोप, कीरा तथा रोगबाट हुने नोक्सानीको रक्षावरण गर्ने बताइएको छ । साथै, यस बीमालेखमा सम्बद्ध व्यवसायी तथा किसानको पनि अतिरिक्त रूपमा रू. २ लाख बराबरको दुर्घटना बीमा हुने व्यवस्था पनि गरिएको छ । तर, कफिखेतीमा अप्रत्यक्ष रूपमा हुने क्षति, अधिकारप्राप्त निकायबाट भएको क्षतिको बीमाले रक्षावरण गर्ने छैन । विकिरणयुक्त पदार्थ, आणविक, रासायनिक तथा जैविक हतियार, युद्ध वा युद्धसरहको अवस्थाबाट हुने नोक्सानीमा पनि बीमाको दायित्व नहुने बताइएको छ । एकै क्षेत्रफलमा लगाइएको कफीको आंशिक रूपमा बीमा गर्न भने पाइने छैन । त्यसरी लगाइएको सबै कफीको बीमा गर्नुपर्ने बताइएको छ । यसमा कफीको बोट संख्या, प्रतिबोटको मूल्य र उत्पादनको आधारमा समग्र खेतीको बीमांक रकम गणना गरिने छ । त्यसरी गणना गरिने बीमांकको ५ प्रतिशतका दरले बीमाशुल्क निर्धारण हुने बताइएको छ । यद्यपि, यसमा सरकारबाट दिइने अनुदान रकम कटौती गरेर बीमाशुल्क तिर्न सकिने छ । हाल सरकारले कृषिबीमामा ८० प्रतिशत अनुदान दिँदै आएको छ । त्यसअनुसार सम्बद्ध व्यवसायीले २० प्रतिशत बीमाशुल्क तिरे पुग्ने बताइएको छ । यद्यपि व्यक्तिगत दुर्घटना बीमाका लागि थप रू. ५०० रुपैयाँ प्रिमियम तिर्नुपर्ने बताइएको छ । कफिखेतीको कायम बीमांक रकम भने सम्बद्ध जिल्लाको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड तथा तोकिएको निकायबाट प्रमाणित गराउनुपर्ने बताइएको छ । यस्तै, यस्तो बीमा गर्न व्यवसायी तथा किसानले तोकिएको प्राविधिक मापदण्डमा रहेर कफिखेती गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । यदि, खेतीमा बीमायोग्य क्षति भएमा सम्बद्ध व्यवसायीले ३ दिनभित्र कुनै पनि माध्यमबाट सम्बद्ध कम्पनीमा सूचना दिनुपर्ने छ । त्यसपछि बल्ल दाबीप्रक्रिया अगाडि बढ्ने बताइएको छ । बीमितबाट पूर्णरूपमा दाबी कागज परेपछि कम्पनीले ७ दिनभित्र नै क्षति मूल्यांकनकर्ता खटाउनुपर्छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर दाबी भुक्तानी गर्नुपर्ने बताइएको छ । मूल्यांकनकर्ताले मूल्यांकनको प्रतिवेदन बुझाएको ३५ दिनभित्र कम्पनीले दाबी भुक्तानी दिइसक्नुपर्ने बताइएको छ ।

कफीको नयाँ मूल्य निर्धारण

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको नयाँ मूल्य निधारण गरेको छ । बोर्डले १ मंसिर ०७७ देखि लागू हुने गरी

उत्पादन लागतमा २२ प्रतिशत मुनाफा राखेर कफीको नयाँ मूल्य निर्धारण

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफीको नयाँ मूल्य निर्धारण गरेको छ । बोर्डले १ मंसिर ०७७ देखि लागू हुने गरी

आज राष्ट्रिय कफी दिवस : कफीको समायोजन मूल्य लागू

काठमाण्डाै – राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको कफीको मूल्य साेमबारदेखि लागू भएको छ । बोर्डले मङ्सिर १ गते अर्थात् साेमबारदेखि लागू हुने गरी कफीको न्यूनतम मूल्य कायम गरेको हो । उत्पादन लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको छ । बोर्डले आर्थिक वर्ष ०७६/७७ मा फ्रेस चेरी ग्रेड...