११९ वर्ष पुरानो भक्तपुर अस्पतालमा पहिलो पटक आईसीयू सेवा सुरु

भक्तपुर - ११९ वर्ष पुरानो भक्तपुर अस्पतालमा पहिलो पटक बच्चाका लागि आईसीयू सेवा सुरु भएकाे छ । भोलि फागुन १ गतेदेखि याे सेवा सञ्चालनमा आउने भएको हाे । यस अस्पतालमा वर्षौँदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बच्चाको आईसीयू नहुँदा आकस्मिक अवस्थामा अन्य अस्पतालमा आमा तथा बच्चालाई रेफर गर्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ । भक्तपुर अस्पतालको मेडिकल सुपिरन्टेण्डन्ट डा. सुमित्रा गौतमले अस्पतालमा पहिलो पटक बच्चाका लागि भेन्टिलेटरसहितको एनआईसीयू सुविधा सञ्चालनमा ल्याउन सफल भएको बताउनु भयो । उहाँले भन्नुभ...

सम्बन्धित सामग्री

बागमती प्रदेशका ५ प्रादेशिक अस्पतालमा आईसीयू सेवा विहीन

काठमाडौं । बागमती प्रदेशका ५ वटा प्रादेशिक अस्पताल आईसीयू सेवा विहीन छन् । प्रदेश सरकार मार्फत सञ्चालन तथा व्यवस्थापन हुने ५ प्रादेशिक अस्पतालमा आईसीयू विहिन भएका हुन् । प्रदेशका १३ जिल्लाको १३ वटा प्रादेशिक अस्पतालको क्षमताको आधारमा ९४ प्रतिशत सामान्य शैय्या छन् । प्रदेश सरकार अन्तर्गत रहेर सञ्चालनमा रहेका १३ मध्ये ८ वटा प्रादेशिक अस्पतालमा […]

गोरखा अस्पतालमा आईसीयू सेवा सुरु, प्रधानमन्त्रीद्वारा उद्घाटन

गाेरखा – गोरखा अस्पतालले सघन उपचार कक्ष (आईसीयू) सेवा सुरु गरेको छ । अस्पताल स्थापनाको ५० वर्ष पुगेको अवसरमा आज शुक्रवारदेखि आईसीयू सेवा सुरु भएकाे हाे । पाँच शय्याको आईसीयू कक्षको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो । ५० शय्याको गोरखा अस्पतालमा शय्यालगायतका उपकरण उपलब्ध भए पनि आईसीयू सेवा सुरु हुन सकेको थिएन । तर कोरोना सङ्क्रमण उच्च भएको बेला अस्पतालले २२ शय्यासम्मको एचडीयू सेवा उपलब्ध गराएको थियो । त्याे सेवालाई पाँच शय्यामा कायम राख्दै पाँच शय्याकै आईसीयू सेवा पनि स...

वेस्टर्न अस्पतालमा अत्याधुनिक सुविधासहितको आईसीयू सेवा सुरु

पश्चिम नेपालमा दुई दशकदेखि सेवा दिँदै आएको वेस्टर्न अस्पतालले पाँँच करोड लगानी वृद्धि गरी विभिन्न उपकरण र पूर्वाधार विस्तार गरेको छ । अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन आठ बेडको लेभल तीन आईसीयू सेवा सुरु गरेको जनाएको हो । वेस्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाका अनुसार सिकिस्त बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउने […]

करारका कर्मचारी कटौती गरेसँगै टेकु अस्पतालको २१ बेड आईसीयू बन्द

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ बेड आईसीयू सेवा बन्द भएको छ।

११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आईसीयू सेवा

अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहेपनि बालबालिकाका लागि आईसीयू सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रेफर गर्नुपर्ने अवस्था थियो।

११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आईसीयू

२९ माघ, भक्तपुर । स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आईसीयू सेवा आइतबारदेखि सुरु हुने भएको छ । अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो । अब सो अवस्थाको अन्त्य हुने भएको छ । भक्तपुर अस्पतालका मेडिकल […]

धौलागिरी अस्पताल : डाक्टर नहुँदा आईसीयू सेवा बन्द हुने अवस्थामा

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले तीन महिना अगाडी तत्कालै डाक्टर पठाउने सर्तमा पाँच डाक्टरको एकै साथ सरुवा गरेको थियो ।

गण्डकीको संक्रामक रोग अस्पतालमा आईसीयू सुरु

१० जेठ, पोखरा । गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा आईसीयू सेवा सुरु भएको छ । ५० बेडको संक्रामक रोग अस्पतालमा सोमबार भेन्टिलेटरसहित ७ बेडको सघन उपचार कक्ष (आईसीयू)को मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेशले गत वर्ष साउन १ गते आफू मातहत ल्याएर […]

कर्णाली प्रतिष्ठानमा आईसीयू सेवा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आईसीयू सेवा शुरु भएको छ । प्रतिष्ठानले आफ्नो  गुुणस्तरीय सेवा विस्तारका लागि आईसीयू शुरु गरेको जनाएको छ ।     ‘हामीले सयौं बिरामी आईसीयू अभावका ...