विराटनगर महानगरपालिकाले डेंगु संक्रमण नियन्त्रण र रोगथाम गर्न जनचेतना अभियान थालेको छ।
डेंगु संक्रमण फैलान नदिन समुदायस्तरमा दक्ष स्वास्थ्यकर्मी परिचालन गरी महानगरपालिकाले जनचेतना अभियान थालेको हो।
अभियानअन्तर्गत हालसम्म सात सयभन्दा बढी सहभागी...
खाँदबारी : पूर्वी हिमाली जिल्ला सङ्खुवासभामा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार सात सय पुगेछ। सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चासो राखेको छ।महाशाखाले सङ्खुवासभाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखलाई सदरमुकाम खाँदबारीमा भेला पारेर डेङ्गु सङ्क्रमण नियन्त्रण र रोकथामका बारेमा शुक्रबार जानकारी लिएको हो।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले विद्यालयमा बालबालिकालाई डेङ्गुका बारेमा जनचेतना द
खोटाङ, ८ चैत । वन डिभिजन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार उपलब्ध गराएको छ । वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह कार्यक्रम समापनको अवसर पारेर डिभिजन वन कार्यालयले गोरखनाथ गण मुडे ब्यारेक र जिल्ला प्रहरी कार्यालयलाई डढेलो नियन्त्रणका क्रममा उपयोग हुने विभिन्न प्रकारका औजार उपलब्ध गराएको हो । रेक, स्वाटर, […]
ताप्लेजुङमा आत्महत्याका घटना नियन्त्रणका लागि प्रहरीले जनचेतना फैलाउने कार्यलाई तीव्रता दिएको छ । पछिल्लो समय अप्रत्याशित आत्महत्याका घटना वृद्धि हुन थालेपछि त्यसबिरुद्ध जनचेतना जगाउन ताप्लेजुङ प्रहरीले अभियानलाई तीव्र बनाएको हो ।
महिला हिंसा न्युनीकरण अभियानमा सहयोग पुर्याउन धनकुटाको भेडेटारमा प्रदेश १ का अगुवा किशोरीहरुको दुई दिने भेला सम्पन्न भएको छ । महिला जनचेतना केन्द्र, मेचीनगरको आयोजनामा सम्पन्न भएको उक्त्त भेलामा प्रदेश नम्बर १ का दश वटा जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी, धनकुटा, इलाम, पाँचथर, भोजपुर, उदयपुर, संखुवासभा, तेह्रथुमबाट करिब ३५ जना अगुवा किशोरीहरू सहभागी भएका थिए । समाजमा कायमै रहेको लैङ्गिक हिंसा विरुद्धको अभियानलाई सार्थक तुल्याउनलाई प्रदेश भरिकाकिशोरीहरुलाई सहभागी गराएर दुई
काठमाडौं, ३० भदौ । काठमाडौँको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ । नगरपालिकाभित्र दिनानुदिन डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गुु नियन्त्रणका लागि नगरपालिकाले जनचेतना, लामखुट्टे नियन्त्रण, डेङ्गुुको परीक्षण र उपचारलाई सँगसँगै अगाडि बढाएको जानकारी दिए । उनका […]
काठमाडौं : काठमाडौं उपत्यकामा हैजा र झाडापखालाका बिरामी देखिन थालेपछि सरकारले नियन्त्रणको तयारी गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले उपत्यकामा बढ्दै गएको हैजा तथा झाडापखाला संक्रमण नियन्त्रणका लागि तयारी अगाडि बढाएको हो।महाशाखाका हैजा रोगमा फोकल व्यक्ति डा खगेश्वर गेलालका अनुसार आजै मात्र महाशाखा, काठमाडौं महानगरपालिका, उपत्यकाका तीनवटै जिल्ला जनस्वास्थ्य कार्यालय, उपत्यका खानेपानी लिमिटेड सहितको बैठक बसेर हैजासम्बन्धी ज
प्रदेश १ सरकारले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा शुक्रबार प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ । रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल आयोजना गरिएको हो ।छलफल कार्यक्रममा मुख्यमन्त्री राईले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि राजनीतिक दलको सहयोगको खाँचो देखिएकाले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । उनले राजनीतिक दलहरूको दलीय संयन्त्र आधा
काठमाडौं, साउन २२ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण गर्न शनिबारदेखि २९ गतेसम्म नेपाल मास्क अभियान सुरु गर्ने भएको छ । मन्त्रालयले शुक्रबार गरेको भर्चुयल पत्रकार सम्मेलन गरी संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउन देशव्यापी रुपमा मास्क अभियान कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइयो । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जनस्वास्थ्यको मापदण्डमा कडाइ गर्न म पनि […]
काठमाण्डाै - कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन्। आमनागरिकले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न तथा सरकारले अस्पतालहरुमा भौतिक पूर्वाधार, परीक्षण तथा जनचेतना बढाउनुपर्ने विज्ञहरुको सुझाव छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक एवं जनस्वास्थ्यविद् डाक्टर वासुदेव पाण्डेकाअनुसार सम्भावित तेस्रो लहरको जोखिम नियन्त्रणको लागि अहिलेको तयारी अपर्याप्त छ ।
अस्पतालहरुमा अक्सिजनलगायत अरु पूर्वाधारको व्यवस्थासँगै नाकाहरुमा परीक्षण बढाउन र खोप अभियानलाई व्यापक ...
क्षयरोगको रोकथाम/नियन्त्रण तथा निर्मूलबारे समुदायस्तरसम्म जनचेतना अभिवृद्धि गरी सन् २०२२ सम्ममा क्षयरोगलाई विश्वबाटै अन्त्य गर्न माथिल्लो तहदेखि सबैतहसम्म भएका प्रतिबद्धता कार्यान्वयन गर्नु हो।