शनिबारदेखि मास्क अभियान सुरु

काठमाडौं, साउन २२ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण गर्न शनिबारदेखि २९ गतेसम्म नेपाल मास्क अभियान सुरु गर्ने भएको छ । मन्त्रालयले शुक्रबार गरेको भर्चुयल पत्रकार सम्मेलन गरी संक्रमण नियन्त्रणका लागि जनचेतना फैलाउन देशव्यापी रुपमा मास्क अभियान कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइयो । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जनस्वास्थ्यको मापदण्डमा कडाइ गर्न म पनि […]

सम्बन्धित सामग्री

काठमाडौंमा तरुण दलको मास्क अभियान (तस्बिरहरु)

काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले काठमाडौंमा मास्क अभियान सुरु गरेको छ । तरुण दलले काठमाडौंको क्षेत्र नम्बर १ देखि १० सम्म तथा महानगर समितिले अभियान सुरु गरेको हो । मास्क प्रयोग गरेर कोरोना अभियानबाट बचौँ भन्ने नाराका साथ तरुण दलले जनचेतना अभियान सञ्चालन गरेको हो ।

लमजुङमा नेपाल मास्क अभियान सुरु

लमजुङमा बजार क्षेत्रमा सचेतना फैलाउँदै नेपाल मास्क अभियान सुरु गरिएको छ । सरकारले शनिबारदेखि शुरू गरेको उक्त अभियानलाई साथ दिदै  लमजुङमा पनि सोमबारदेखि नेपाल मास्क अभियान  सुरु गरिएको छ ।...

खोटाङमा नेपाल मास्क अभियान सुरु

रामधन राई, खोटाङ । खोटाङमा बजार क्षेत्रका घर–घरमा सचेतना फैलाउँदै पनि नेपाल मास्क अभियान सुरु गरिएको छ । सरकारले कोरोना संक्रमणको रोकथामका लागि मास्कको महत्व तथा मास्कको सही प्रयोगबारे जनचेतना जगाउने उद्देश्यले सुरु गरेको अभियानमा जिल्लाका सरोकारवालाहरु सरिक भएका हुन् । अभियान अन्र्तगत आईतबार जिल्लाका प्रमुख ब्यापारिक केन्द्र दिक्तेलबजारका सर्वसाधारण लगायतलाई मास्क वितरण गर्दै जनचेतना […]

रुपन्देहीमा मास्क अभियान सुरु

रुपन्देही, साउन २४ । मास्क लगाऔं, महामारीबाट बचौँ, लकडाउन ननिम्त्याऔं’ भन्ने नाराका साथ आजदेखि रुपन्देहीमा सप्ताहव्यापी कोरोना संक्रमण सचेतना कार्यक्रम सुरु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश र जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सहकार्यमा कार्यक्रम सुरु भएको हो । कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले सचेतना कार्यक्रम […]

सुरु भयो मास्क अभियान : नवनिर्मित धरहरालाई मास्क ! (तस्बिरहरु)

शनिबारदेखि मास्क एक हप्ते मास्क अभियान सुरु भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साता लामो मास्क अभियान सुरु गरेको हो । अभियान राजधानीको नवनिर्मित धरहराबाट सुरु गरिएको हो।  धरहरामा प्रोजेक्टरमार्फत नेपाल मास्क अभियानको ब्यानर देखाइएको थियो।कोभिड १९ को तेस्रो लहर शुरु हुन थालेको अवस्थामा मास्क लगाउन सबैलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ अभियान सुरु गर्न लागिएको हो ।

डडेल्धुरामा ‘नेपाल मास्क’ अभियान सुरु

डडेल्धुराः डडेल्धुरामा कोरोना संक्रमण नियन्त्रण गर्न ‘नेपाल मास्क’ अभियान शनिबारदेखि सुरु भएको छ। मास्क लगाउने उपाय र मास्कको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले थालिएको अभियान अन्तर्गत मास्क वितरण गरिएको छ।अभियानको जिल्ला सदरमुकाम बागबजारमा शनिबार औपचारिक उद्घाटन गरी सुरुवात गरिएको छ। अभियानमा दैनिकरूपमा जनचेतनामूलक सामग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।अभियान २९ गतेसम्म सञ्चालन हुनेछ। स्वास्थ्य

देशव्यापी मास्क अभियान सुरु

काठमाडौं : कोरोना भाइरस संक्रमण बढ्दै जाँदा सरकारले  नेपाल मास्क अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सप्ताहव्यापी रुपमा अभियान सुरु गरेको हो। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अभियानको शुभारम्भ गरेका छन्।‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नारा सहित अभियान सुरु भएको छ।देशव्यापी रुपमा कोरोना भाइरसको बढ्दो

आजदेखि एक हप्तासम्म देशभरि मास्क अभियान

आजदेखि देशभर मास्क अभियान सुरु हुँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो।

अब एक सातासम्म नेपाल मास्क अभियान, किन लगाउँदैनन् मानिसहरु मास्क?

काठमाडौँ– साउन २३ देखि २९ गतेसम्मका लागि नेपाल मास्क अभियान सुरु गरिँदै छ। स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय शिक्षा, सूचना तथा सञ्चार केन्द्रले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने मूल नाराका साथ एक साताका लागि यो अभियान मनाउन लागेको हो। शुक्रबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै पछिल्लो कोरोना भाइरसको बढ्दो संक्रमण […]

मास्क लगाउन प्रेरित गर्न 'मास्क अभियान'

काठमाण्डाै - सरकारले आउँदो शनिवारदेखि मास्क अभियान सञ्चालन गर्ने भएको छ ।  कोराेना भाइरसको सङ्क्रमण फेरि फैलिन थालेसँगै मास्क अनिवार्य रुपमा लगाउन प्रेरित गर्ने उद्देश्यले एक हप्ते अभियान सुरु गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 'महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता' भन्ने नाराका साथ आउँदो शनिवारदेखि सुरु हुने अभियान २९ गतेसम्म चल्ने छ । कोरोना भाइरसको सङ्क्रमण बढिरहे पनि कतिपयले मास्क नलगाउने गरेको पाइए पछि अभियान चलाउन थालिएको हो ।  काठम...