काठमाडौँ – उडान कम्पनीको लापरवाहीका कारण आफूहरु गम्भीर समस्या परेको संयुक्त अरब इमिरेट्स (युएई) जान नपाएर अलपत्र परेका कामदारले बताएका छन्। गएको हप्ताको बिहीबारदेखि युएईले आवासीय भिसा भएका तथा कोरोना भाइरसविरुद्धको पूरा मात्रा खोप लगाएका वा खोप नलगाएकाको हकमा ४८ घण्टा पहिलेको पिसिआर रिपोर्ट नेगेटिभ आएकाहरुलाई प्रवेश खुला गरेको थियो। यस्तै विमानस्थल भित्रै उडान भन्दा […]
वैदेशिक रोजगारीका क्रममा बिदामा घर आएका रुपन्देही बेल्वासका अर्जुन शर्मा कोरोनाका कारण ६ महिनापछि बल्ल युएई फर्कने टिकट मिल्यो । कम्पनीबाट बोलावट आएपछि उनी आवश्यक राहदानी, टिकट, श्रम स्वीकृतिपत्र, पिसिआर रिर्पोटलगायतका...
काठमाडौं : सरकारले खाडीसहितका विभिन्न क्षेत्रमा अलपत्र हजारौं नेपालीलाई घर फर्काउन अन्तर्राष्ट्रिय उडान संख्या बढाउने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका अनुसार पिसिआर नेगेटिभ यात्रुलाई मात्रै ल्याउने गरी नियमित उडान भएका मुलुकमा उडान थप्ने समझदारी भएको हो।
उपप्रधान तथा रक्षामन्त्री ईश्&z...
काठमाडौं : विदेशमा अलपत्र नेपाली नागरिकलाई उद्बारका लागि उडान भर्न लागिएको नेपाल वायुसेवा निगमको जहाज रोकिएको छ। कतार र युएईबाट नेपाली नागरिकको उद्बार गर्ने पट्ठर्वनिर्धारित समयानुसार उडान भर्न लागेको थियो।
नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खडका अनुसार विमानस्थलमा भित्र्याउन पिसिआर परीक्षण गर्नुपर्ने भएकोले...
जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ । बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो । जेठ पहिलो साता नगरपालिका–४ र ७ मा गरी दुई जना सङ्क्रमित भएपछि दुवै वडा सिल गरिएको थियो । सङ्क्रमितसँग सम्पर्कमा आएका र परिवारका सदस्यलाई पनि आरडिटी एवं पिसिआर विधिबाट परीक्षण गर्दा प्रतिवेदन नेगेटिभ आएपछि सडक विस्तारको काम शुरु भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताउनुभयो । गत आर्थिक वर्षमै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक पाँच वर्षदेखि अलपत्र छ । सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि विस्तार हुन सकेको थिएन । केन्द्रविन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक बनाउने ठेक्का काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको थियो ।
स्याङ्जा । स्याङ्जामा भारतबाट आएका नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ । सिमा नाकामा अलपत्र परेका स्याङ्जावासीलाई उद्धार गरे सगै उनीहरुको पिसिआर टेष्ट हुन थालेपछि केही व्याक्तिमा कोरोना संक्रमण भेटिएको छ । स्याङ्जामा हाल ४ सय १४ जनालाई पिसिआर टेष्ट गरिएकोमा १२ जनालामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेशका कोरोना नियन्त्रण तथा रोकथाम …
भारतमा लकडाउन खुकुलो बनाइएसँगै नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र पर्ने नेपालीको सङ्ख्या बढेको छ भने भारतबाट नेपाल भित्रिने नेपालीका कारण सीमा क्षेत्रमा कोरोना प्रकोपकाे जाेखिम बढेको छ ।
गत जेठ २ र ३ गते झापाको कचनकवल गाउँपालिकाका ९८ जना नेपाल भित्रिएका थिए । उनीहरुलाई स्थानीय विभिन्न विद्यालयमा अस्थायी क्वारेन्टाइनमा राखि उनीहरुको पिसिआर चेक गर्दा २५ जनामा कोरोना पोजेटिभ भेटिएको थियो ।
जारी लकडाउनका कारण सीमा नाका बन्द हुँदा अलपत्र साढे ४ सय नेपाली मजदुरको उद्धार गरिएको छ । भारतमा मजदुरी गरेर फर्किंदै गरेका कर्णालीका २ सय सहित अन्य प्रदेशका गरी भारतको नानपारामा अलपत्र ४ सय ४६ जनाको उद्धार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वय, कर्णाली प्रदेश सरकार तथा सम्बन्धीत सबै जिल्ला प्रशासनको समन्वयमा सिमामा अलपत्र मजदुरहरुको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् ।
करिब ४५ दिन देखि नानपारामा कष्टकर जीवन बिताइरहेका उनिहरुलाई नेपालगन्जबाट आरडिटि चेकजाँच गरेर शुक्रबार नै उद्धार गरिएको छ । नानपारामा अलपत्र परेका नेपाली मजदुरमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशका रहेका छन् । नेपाली एकता समाजको तथ्यांक अनुसार दैलेखका ३६, कालिकोटका ६, जुम्लाका २८ र सुर्खेतका ६ लगायत कर्णालीका २ सय जना कर्णालीका मजदुर सिमानामा अलपत्र थिए ।
त्यस्तै प्रदेश नं.१ को एकजना, प्रदेश नं.२ का हरिबहादुर नामका एकजना, प्रदेश नं. ३ का चित्र बहादुर तामाङ एकजना, प्रदेश नं. ४ का विष्णु पौडेल सहित ४ जना, प्रदेश नं. ५ का ४४ जना र ७ प्रदेश नं. ७ का नर बहादुर साहुद सहित ४ जना लगायत अन्य सबै गरी सिमामा अलपत्र साढे ४ सयको मजदुरको सबै प्रदेश सरकारले आफ्ना नागरिकलाई उद्धार गरेका छन् ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सीमा नाकामा अलपत्र परेका नागरिकहरूलाई जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा प्रहरी स्कर्टिङ गरेर जिल्लामा ल्याउने काम भइरहेको बताइन् । जिल्लामा पुग्ने २८ जनालाई जिल्लास्तरीय क्वारेन्टाइन कर्णाली प्राविधिक शिक्षालयमा राख्ने तयारी भइरहेको छ ।
उद्धार गरी ल्याइएका हिमा गाउँपालिकाका २८ जना नागरिकको नाग्मदेखि प्रहरी स्कर्टिङबाटै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।
११ सय १२ जना क्वारेन्टाइनबाट घर फर्किए
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि विगत चैत ११ गते यता देश लकडाउनमा छ । जारी लकडाउन बीच भारत तथा तेस्रो मुलुक र जिल्ला बाहिरबाट ११ हजार ३६ जना नागरिक जुम्लामा भित्रिएका छन् । जिल्लामा भित्रिएर क्वारेन्टाईन बसेका मध्ये हालसम्म एक हजार एक सय १२ जना १४ दिन पुरा गरी घर फर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालयद्धारा नियमित सार्वजानिक हुने प्रतिबेदन अनुसार शुक्रबार सम्म एक हजार एक सय १२ जना जना घर फर्किएका हुन् । एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका चार सय ६ बेडको क्वारेन्टाईनमा अहिले ९ जना मात्रै बसेका छन् । जसमा तातोपानी गाउँपालिकाको क्वारेन्टाइनमा ६ जना र पातारासी गाउँपालिकाको क्वारेन्टाईनमा ३ जना गरी ९ जना मात्रै जुम्लामा क्वारेन्टाईनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताए ।
क्वारेन्टाईन बसी १४ दिन पुरा भएकाहरुको ¥यापिड डाइगोनोस्टिक टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएपछि घर फर्काइएको जनस्वास्थ्य प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।
जुम्लामा हालसम्म एक हजार दुई सय ६३ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण तथा दुई सय ६१ जनाको आरडिटी चेक गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गएको आईतबार जुम्लामा मेडिकल मार्च नै संचालन गरी एकै दिन आठ सय ४९ जनाको स्वाब संकलन गरिएको थियो ।