भारतमा लकडाउन खुकुलो बनाइएसँगै नेपाल-भारत सीमा क्षेत्रमा अलपत्र पर्ने नेपालीको सङ्ख्या बढेको छ भने भारतबाट नेपाल भित्रिने नेपालीका कारण सीमा क्षेत्रमा कोरोना प्रकोपकाे जाेखिम बढेको छ ।
गत जेठ २ र ३ गते झापाको कचनकवल गाउँपालिकाका ९८ जना नेपाल भित्रिएका थिए । उनीहरुलाई स्थानीय विभिन्न विद्यालयमा अस्थायी क्वारेन्टाइनमा राखि उनीहरुको पिसिआर चेक गर्दा २५ जनामा कोरोना पोजेटिभ भेटिएको थियो ।