सर्लाहीमा झडपमा परि घाइते भएका सांसद साहलाई थप उपचारका लागि काठमाण्डौ पठाइयो

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेको बयलबास बजारमा झडप हुँदा घाइते भएका सर्लाही क्षेत्र नम्बर–१ का सांसद प्रमोद साहलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । उहाँको स्थानीय अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौ पठाएको इलाका प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ । बिहान स्थानीय युवा र सांसद साह पक्षबीच झडप हुँदा स्थानीयले हानेको ढुङ्गा लागेर उहाँ घाइते हुनुभएको हो । सांसद साहको टाउकोमा गहिरो चोट लागेको प्रहरी कार्यालय ईश्वरपुरले जनाएको छ । सडक निर्माण गर्दा भत्कि...

सम्बन्धित सामग्री

लुटेरा समूहको गोली लागेर घाइते भएका कार्कीलाई थप उपचारका लागि काठमाडौँ पठाइयो

जनकपुरधाम – सर्लाहीमा लुटेरा समूहले गोली प्रहार गर्दा घाइते भएका पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ। बुधबार बिहान करिब सवा ११ बजे बागमती नगरपालिका–१ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थामा लुटपाट गर्न आएका तीन जनाको समूहले लालबन्दी नगरपालिका–२ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीलाई गोली हानेको थियो। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा […]

बारा बस दुर्घटनामा घाइते भएका २० जनालाई थप उपचारका लागि पठाइयो भरतपुर

बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा घाइते भएका २० जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । उनीहरुलाई हेटौंडाको विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–१४, नयाँ बस्ती बस्ने १४ वर्षीय अमृत लोप्चन, सोही ठाउँका अन्दाजी १२ वर्षीय विज्ञान घिसिङ, चितवनको खैरेनी नगरपालिका–८ का अन्दाजी ५४ वर्षीय भीमसेन अधिकारीलाई उपचारका लागि चितवन पठाइएको हो ।खैरेनीकै अन्दाजी ३८ वर्षीय रविना अधिकारी, हेटौंडा उपमहानगर&

गोठाटारमा गोली लागि घाइते भएका लालको मृत्यु

काठमाडौँ – काठमाडौंको गोठाटारमा गोली लागी घाइते भएका व्यक्तिको मृत्यु भएको छ। सोमबार साँझ उनीमाथि गोली प्रहार भएपछि उपचारका लागि अस्पताल लगिएको थियो। गोली लागि घाइते सर्लाही सर्लाहीको गोडैता नगरपालिका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। शिक्षण अस्पतालमा […]

बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु

२३ साउनऽ दमौली । तनहुँको देवघाट गाउँपालिका-५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज […]

सवारी दुर्घटनामा घाइते भएका राप्रपाका नेताको उपचारका क्रममा मृत्यु

सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रु

कुटपिटबाट घाइते भएका शाहीको मृत्यु

हुम्ला । हुम्लाको खार्पुनाथमा कुटपिटबाट घाइते भएका ६० वर्षीय छत्रबहादुर शाहीको मृत्यु भएको छ । आफ्नै घर बाहिर बसिरहेका बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नेपालगन्जको नर्सिङ होममा मृत्यु भएको हो । सख्त घाइते भएका शाहीलाई हेलिकप्टरबाट उपचारका लागि सिमकोट ल्याइएको थियो । जिल्ला अस्पताल सिमकोटमा उपचार हुन नसकेपछि सुर्खेत रेफर […]

खार्पुनाथमा कुटपिटबाट घाइते भएका शाहीको मृत्यु

५ जेठ हुम्ला । हुम्लाको खार्पुनाथमा कुटपिटबाट घाइते भएका ६० वर्षीय छत्रबहादुर शाहीको मृत्यु भएको छ । आफ्नै घर बाहिर बसिरहेका बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नेपालगन्जको नर्सिङ होममा मृत्यु भएको हो । वैशाख ३१ गते घर बाहिर बसिरहेका बेला ६० वर्षीय शाहीलाई एक समूहले कुटपिट गरेको उनका छोरा सागर […]

जिपको ठक्करबाट घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु

उदयपुर, ७ असोज: बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुने बेलका–२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन् । बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१–०२–००२च ४८७४ नंको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम […]

उदयपुरमा जिपको ठक्करबाट घाइते भएका राईको उपचारका क्रममा मृत्यु

उदयपुरको बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

भट्टी पड्किएर घाइते भएका ५ मजदूरको मृत्यु

वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदूरको मृत्यु भएको छ ।  यही भदौ १० गते सो उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा १५ मजदूर घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते भएका ६ जना मजदूरलाई उपचारका लागि विहारको पटनास्थित एपोलो अस्पतालमा लगिएको थियो । उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा भारतको विहारका ५२ वर्षीय विनोद पाण्डे, २७ वर्षीय गगन नायक, उत्तर प्रदेशका