भट्टी पड्किएर घाइते भएका ५ मजदूरको मृत्यु

वीरगञ्जस्थित सर्वोत्तम स्टिल उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किएर घाइते भएकामध्ये पाँच मजदूरको मृत्यु भएको छ ।  यही भदौ १० गते सो उद्योगमा फलाम गलाउने क्रममा भट्टी पड्किँदा १५ मजदूर घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते भएका ६ जना मजदूरलाई उपचारका लागि विहारको पटनास्थित एपोलो अस्पतालमा लगिएको थियो । उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृत्यु हुनेमा भारतको विहारका ५२ वर्षीय विनोद पाण्डे, २७ वर्षीय गगन नायक, उत्तर प्रदेशका

सम्बन्धित सामग्री

जगदम्बा स्टीलमा आगलागी, २ जना भारतीय मजदूरको मृत्यु

असार ६, वीरगञ्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा आगलागी हुँदा दुई भारतीय मजदूरको मृत्यु भएको छ ।  शनिवार साँझ उद्योगमा रहेको फर्नेस आयलको ट्यांकी मर्मत गर्नेक्रममा भएको आगलागीमा उद्योगका कामदारको मृत्यु भएको हो । उद्योगका सञ्चालक पवन गुप्ताका अनुसार फर्नेस आयलको ट्यांकी मर्मतका क्रममा वेल्डिङको झिल्का उछिट्टिएर आगलागी भएको थियो । आगोले जलेर मृत्यु हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारणका ४० वर्षीय प्रदीप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताए ।  आगलागीमा चार जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुई ओटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । यो उद्योगमा यस्ता दुर्घटना हुँदै आएका छन् । केही समयअघि कवाडी फलाम गलाउने भट्टी विस्फोट हुँदा एकजना मजदूरको मृत्यु भएको थियो । त्यसबेला दुई जना कामदार घाइते भएका थिए ।