बजेटमा सबैको स्वामित्व रहेको अर्थमन्त्री शर्माको भनाइ

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले सरकारले आइतबार ल्याएको बजेटमा सबैको स्वामित्व रहेको बताएका छन । समाजका सबै पक्षसँग छलफल गरी बजेट बनेको भन्दै अर्थमन्त्री शर्माले सबैको साथ सहयोग पाएमा बजेट कार्यान्वयन हुने बताए । अर्थमन्त्री शर्माले बजेट निर्माण गर्ने क्रममा विभिन्न सरोकारवाला पक्षसँग छलफल गरेको बताए । ‘मैलै युवा, महिला, दलित, व्यवसायी, पछि परेको क्षेत्र, अर्थशास्त्री, बैंकर […]

सम्बन्धित सामग्री

सबैको अपनत्व हुने बजेट लेख्न कोर टिमलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री वर्षमान पुन अनन्तले सर्वसाधारणले स्वामित्व लिन सक्ने गरी आगामी आर्थिक वर्ष ०८१÷८२ को बजेट तर्जुमा गर्न निर्देशन दिएका छन् । शनिबार मन्त्रालयमा अर्थसचिव कृष्णहरि पुष्कर, राजस्व सचिव रामप्रसाद घिमिरे, बजेट...

बजेटमा जनताको स्वामित्व छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि सबैको स्वामित्व रहेको बताउनुभएको छ।

अग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्मा

अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्मा आफ्नो मुख्य जिम्मेवारी छाडेर जसरी पनि पैसा कमाउने अभियानमा लागेको पाइएको छ । उद्योगी व्यवसायीहरुले मात्र नभई सरकारी निकायका जिम्मेवार व्यक्तिहरुले समेत अर्थमन्त्री कमाउ अभियानमा लागेको बताउने गरेका छन् । आसन्न प्रदेश र केन्द्रको चुनावमा र माओवादी केन्द्रमा पनि आफुलाई नेतृत्त्वमा पुर्याउन ठुलो धनराशि चाहिने भन्दै अर्थमन्त्री शर्माले हाकाहाकी आफु अर्थमन्त्रालय मातहतका निकायहरुमा सोही अनुसार नीति बनाएर काम गर्नलाई निर्देशन दिने गरेको स्रोतको दाबी छ ।‘एउटा काम लिएर अर्थमन्त्रालय गयो, कामको कुरो हुँदैन, कसरी पैसा आउँछ भन्ने प्रश्न मात्र सुन्नुपर्छ’ अर्थ मातहतको एक निकायका जिम्मेवार कर्मचारीले बिजपाटीलाई भने, ‘कुर्सी बचाउनका लागि पनि गलत निर्णय गर्न बाध्य भएका छौं, साथीहरु नबुझी हाम्रो आलोचना गर्छन् ।’ जनार्दन शर्मा अर्थमन्त्री भए लगत्तै ‘जसरी पनि पैसा कमाउ अभियान’मा लागेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘अर्थमन्त्री कमाउने अभियानमा छन् कि अर्थतन्त्र बनाउने अभियानमा छन् भन्ने कुरा उहाँ अर्थमन्त्री भए पछि उहाँले गरेका निर्णयहरु र उहाँका गतिबिधिहरु नियाले पुग्छ। अर्थमन्त्री शर्माले पछिल्लो समय शाहील अग्रवाल र उनको ुक्लोजु सर्कल लाई रिझाएर पैसा कमाईरहेका छन् । स्पन्ज आइरन ल्याउनेलाई भन्सार र अन्तशुल्क छुट दिएर होस्, वा सुपारी उद्योग मार्फत सुपारी ल्याउन दिने निर्णय गरेर होस् वा अहिले नेपाल रि इन्स्योरेन्सको व्यवसाय खोसेर हिमालयन रि लाई दिने निर्णय होस्, यी सबै निर्णय र यसबाट लाभ लिने व्यवसायीलाई एक ठाउँमा राखेर हेर्नुहोस् अर्थमन्त्रीको कर्तुत छर्लंग हुन्छ ।’ अर्थमन्त्री जनार्दन शर्मामाथि स्रोतले लगाएको आरोप पुष्टि हुने देखिन्छ । नेपालमा स्पन्ज आइरन ल्याएर स्टिल बनाउने व्यवसायीहरुमा शाहील अग्रवाल र उनी निकट अन्य व्यवसायीहरु मात्र छन्। अर्थमन्त्री जनार्दन शर्माको निर्णयबाट लाभ लिएकाहरुमा शाहील अग्रवालको जगदम्बा स्टिल, बिष्णु न्यौपानेको सर्वोत्तम स्टिल, बिष्णु न्यौपानेको दाईको अम्बे स्टिल, अशोक र पशुपति मुरारकाको अशोक, नारायणी र लक्ष्मी स्टिल हुन् ।यी ६ वटा कम्पनीलाई स्पन्ज आइरनमा भन्सार र अन्तशुल्क छुट दिंदा एक बर्षमा नेपाललाई झन्डै २० अर्ब घाटा भएको छ भने यी ६ वटा उद्योगीलाई रिझाउँदा नेपालका अरु ९० अर्ब रुपैयाँ बराबरको लगानी भएका २६ वटा स्टिल कम्पनीहरु बन्द हुने अवस्थामा पुगेका छन् । ‘स्पन्ज आइरन ल्याएर स्टिल बनाउने यी ६ वटा उद्योगलाई जति समयसम्म भन्सार र अन्तशुल्क छुट दियो, त्यति बेलासम्म नेपालको ढुकुटी रित्तिदै गएको छ, र अर्थमन्त्रीको गोजी त्यति नै भरिदै गएको छ’ स्रोत भन्छ ।त्यस्तै झन्डै ४५ प्रतिशत सरकारी स्वामित्व रहेको नेपाल री इन्स्योरेन्सले पाउँदै आएको झन्डै ३ अर्ब ५० करोड रुपैयाँ बराबरको व्यवसाय हिमालयन रिले पाउने गरि निर्णय गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषदले नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत आरक्षित पुनर्बीमा व्यवसाय हिमालयन रि ले पाउनेगरि निर्णय गरेको हो ।बार्षिक ३ अर्ब ५० करोडको व्यवसायी सुरक्षित भएको ‘हिमालयन रि’मा पनि शाहील र शुलभ अग्रवालको सेयर स्वामित्व धेरै रहेको छ। आफ्नो नाम मात्र नभई बिभिन्न अरु कम्पनी खडा गरेर त्यस कम्पनी मार्फत यी दुई भाई र यिनीहरु निकट व्यवसायीहरुको लगानी रहेको छ।शुलभ अग्रवाल तिनै व्यक्ति हुन्, जो कोरोनाको महामारीको समयमा अत्याधिक मूल्य लिएर थर्मल गन बिक्रि गर्दागर्दै रंगेहात समातिएका थिए ।

माओवादीका सबै कमिटी उत्पादनको एकाइ बन्नुपर्छ : अर्थमन्त्री शर्मा

नेकपा (माओवादी केन्द्र)का सङ्गठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले माओवादीका सबै कमिटी उत्पादनको एकाइ बन्नुपर्नेमा जोड दिएका छन् । नेकपा (माओवादी केन्द्र)को आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ को उद्घाटन सत्रमा बोल्दै सङ्गठन विभाग प्रमुख तथा अर्थमन्त्री शर्माले समृद्धिको प्रणालीमा युवालाई जोडेर समृद्धिको अभियान थाल्ने योजना अगाडि बढाइने बताए । माओवादीको एजेण्डा बलियो हुँदा पनि स्वामित्व लिन नसक्दा प्रतिगामीहरू जुर्मराएको उनले टिप्पणी गरे । अर्थमन्त्री शर्माले स...

अर्थनीति र अर्थमन्त्री

गठनबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका बारेमा दिने गरेका अभिव्यक्तिले अर्थतन्त्रको समस्या समाधान गर्न र अर्थतन्त्र विस्तार गर्न खासै उपयोगी नभएको देखिएको छ । यद्यपि उनले बजेट र खर्च प्रणालीमा नयाँ तरीका अपनाउनेजस्ता कुरा गरेर केही हुन्छ कि भन्ने आशासमेत जगाएको देखिन्छ । नेपालमा दिगो अर्थनीति त छैन नै, बेला बेलामा अर्थमन्त्री वा सरकारी अधिकारीले दिने अभिव्यक्तिले लगानीकर्तामा संशय र द्विविधा बढाउने काम मात्रै गरेको पाइन्छ । अर्थ मन्त्रालय राजनीतिक भाषणको छायामा पर्नु हुँदैन, व्यावहारिक र ललिचो नीति तय गरिनु आवश्यक हुन्छ । तर, माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री बनेका शर्माले वामपन्थी रुझान र सैद्धान्तिक आधारमा अर्थतन्त्रबारे अभिव्यक्ति दिने गरेको पाइन्छ । उनको अभिव्यक्तिले नेपालको अर्थनीति उदारवादी हो कि राज्यनियन्त्रित अर्थनीति वा अन्य कुनै वादबाट प्रेरित हो भनेर छुट्ट्याउन सक्ने आधार नै गुमाएको देखिन्छ । मुलुकको आर्थिक विकासका लागि विदेशी लगानी अनिवार्य हुन्छ । यस्तो लगानी त्यही“ आउ“छ जहा“ स्पष्ट दृष्टिकोण र दिगो नीति हुन्छ । नेपालमा दिगो अर्थनीति त छैन नै, बेला बेलामा अर्थमन्त्री वा सरकारी अधिकारीले दिने अभिव्यक्तिले लगानीकर्तामा संशय र द्विविधा बढाउने काम मात्रै गरेको पाइन्छ । विराटनगरमा शनिवार आयोजित एक कार्यक्रममा मन्त्री शर्माले पूँजीवादले असमानता ल्याएकाले प्रगतिशील पूँजीवाद आवश्यक भएको बताए । मुलुकले समाजवाद उन्मुख अर्थनीति लिएको सन्दर्भमा अर्थमन्त्रीले प्रगतिशील पूँजीवादको कुरा अघि ल्याउँदा सरकार कुनै न कुनै तरीकाले साम्यवादी अर्थतन्त्रतर्फ ढल्कने संकेत गर्छ । त्यसो त गठबन्धन सरकारको प्रमुख घटक नेपाली कांग्रेस उदारवादी अर्थ व्यवस्थाको बलियो प्रवक्ता हो । तर, त्यसमा पनि समाजवादी धङधङी छ । कम्युनिस्टहरूकै जोडबलले संविधानमा समाजवाद उन्मुख लेखिएको हो । तर, समाजवाद के हो र कुन मोडल हो भन्नेमा ऐक्यमत पाइँदैन । यस्तोमा अर्थमन्त्रीले उदारवादको विरोध गर्दा बाह्य लगानीकर्तामा सन्देह हुनु स्वाभाविकै हो । समाजवाद भन्नुको अर्थ विपन्न जनतालाई पैसा बाँड्नु हो । मुलुकसँग पैसा भए बाँड्ने हो । राज्य समृद्ध नभई यस्तो समाजवाद सम्भव हुन्छ । पूँजीवादले असमानता बढायो भन्ने अर्थमन्त्रीको भनाइ छ । यो स्वाभाविक हो तर असमानता कम गराउन पूँजीवादभित्रै व्यवस्थाहरू छन् । उदाहरणका लागि जलविद्युत्को शेयरलाई लिन सकिन्छ । स्थानीयलाई शेयर होल्डर बनाइदिएर विपन्न नागरिक पनि लखपति बन्न पाएका छन् । तल्लो तहका जनताको शेयर स्वामित्व हुने गरी ठूलाठूला कम्पनी स्थापना गर्न प्रेरित गर्ने हो भने तिनले कमाएको पैसा सर्वसाधारणमा पनि जान थाल्छ र उदारवादी अर्थतन्त्रमा असमानता बढ्न पाउँदैन । यस्तो किसिमको व्यवस्था कतिपय देशमा गरेको पनि पाइन्छ । तर, नेपालका वामपन्थीहरूले मिति सकिएको पुरानो साम्यवादी नारा रट्ने गरेका छन् जसको केही पनि फाइदा छैन । अहिलेको संविधान स्वीकारिसकेको अवस्थामा नागरिकलाई सुनाउन मात्रै यसे भनिएको हुन सक्छ । असमानताको अवधारणा नै पनि अमूर्त र अस्पष्ट छ । सबै मानिसहरू सँगसँगै धनी हुँदै गए, केही तीव्रगतिमा त कोही मन्द गतिमा । यस्तोमा दोस्रो वर्गका मानिस असन्तुष्ट हुनु एउटा कुरा हो तर समृद्धि त तिनको पनि बढेको हुन्छ । सबैजसो देशमा यस्तो भएको पाइन्छ । आय असमानताको कुरा गर्दा पूँजीवादी भनिने कतिपय देशको तुलनामा गिनी कोइफिसेन्टका आधारमा नाप्दा चीन सबैभन्दा माथि छ । तर, आर्थिक उदारवाल अँगालेकाले चीनले अर्बौं मानिसलाई गरीबीबाट बाहिर निकालेको छ । असमानता बढी भएको देशमा चीन पनि पर्छ तर जति असमानता छ त्योभन्दा बढी गरीबीबाट मुक्त हुन सकेको छ । भौतिक सुख र समृद्धलाई नै समृद्धिको आधार मान्ने हो भने पूँजीवाद नै चाहिन्छ । यसलाई थोरै परिवर्तन गर्न सकिन्छ । १९औं शताब्दीको र अहिलेको पूँजीवादी व्यवस्थामा पूरै परिवर्तन भइसकेको छ । पहिला लुटेरा धनाढ्यहरूका समूह नै थियो । तर, अहिले त्यस्तो लुटेरा धनी हुने अवस्था कुनै पनि देशमा छैन । त्यसैले उदारवादको विरोध होइन, यसलाई सुधार गर्दै लैजाने हो ।

जनताको प्रथामिकताका आधारमा विकास निर्माणलाई तीव्रता दिइन्छ : अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले जनताको प्रथामिकताको आधारमा विकास निर्माणलाई तिव्रता दिने बताएका छन् । बुधबार पोखरा २२ कालाबाङमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बरालले विकासका अत्यावश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकत्व बहन गर्ने बताएका हुन् । उनले विगतका सरकारको समेत स्वामित्व लिँदै आफूहरुले जनताको प्रथामिकताको आधारमा विकास निर्माणलाई तीव्रता दिने मन्त्री बरालले बताए । मन्त्री बरालले पुम्दी भुम्दीको पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणदेखि रणनीतिक महत्वका २ वटा

एयर इन्डिया टाटाको स्वामित्वमा जाने टुंगो लाग्यो

एजेन्सी, १५ असोज । भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डियाको स्वामित्व टाटा ग्रुपले पाउने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एयर इन्डियाको स्वामित्वका लागि भएको प्रतिष्पर्धामा टाटा ग्रुप छानिएको हो । टाटा ग्रुप र स्पाइस जेटका संस्थापक अजय सिंह एयर इन्डियाको स्वामित्व लिने प्रतिष्पर्धामा अगाडि थिए । बोलपत्र आव्हान गरिए अनुसार भारतकी अर्थमन्त्री निर्मला सितारामन, वाणिज्य […]

पुँजीगत खर्च बढाउन अर्थविद्हरूको सुझावअनुसार अघि बढनेः अर्थमन्त्री शर्मा

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणका काममा जनपरिचालनको मोडालिटी अपनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसहित अर्थविद्हरूसँगको छलफलमा उनले जनसहभागिता र समुदायमा आधारित विकास निर्माणको मोडालिटीले विकासको परम्परागत ढर्रामा परिवर्तन आउने शर्माले बताए। उनले भने,'जनताले स्वामित्व स्वीकार नगरेसम्म विकास निर्माणको कामले गति लिन सक्दैन।'