पूर्व अर्थमन्त्री तथा नेकपा माओवादीका नेता वर्षमान पुनले कामचलाउ सरकारका कामचलाउ अर्थमन्त्री विष्णु पौडेलले ल्याएको १६ खर्ब ४७ अर्व ५७ करोडको बजेट बेवारिसे बन्ने बताएका छन् । उनले अव छिटै संसद पुनःस्थापना भएर अध्यादेश खारेज हुने र नयाँ सरकार बन्ने भएकाले नयाँ सरकारले बजेटको स्वामित्व ग्रहण नहुने भएकाले यो बजेट बेवारिसे बन्ने बताएका हुन् ।नेता पुनले बजेटबारे प्रतिक्रिया दिँदै भने ‘पहिलो कामचलाउ अर्थमन्त्रीको गैरजिम्मेवार बजेट । दोस्रो सरकार काम चलाउ सरकारले अत्यावाश्यक सेवा र कार्यहरु