गत आवमा लगानी प्रस्ताव २.६३% ले बढ्यो

काठमाडौं, साउन १३। कोरोना भाइरसको संक्रमणका २ आर्थिक वर्षमा स्वदेशी तथा विदेशी दुवैखाले लगानी प्रस्तावमा उल्लेख्य कमी देखिएको छैन । स्वदेशी र वैदेशिक गरी कुल प्रस्तावित लगानीमा २ दशमलव ६३ प्रतिशतको झीनो वृद्धि देखिए पनि वैदेशिक लगानीमा भने १५ दशमलव २९ प्रतिशतको संकुचन देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ […]

सम्बन्धित सामग्री

अघि बढ्यो महाभियोग प्रस्ताव

प्रतिनिधिसभाको आइतबारको बैठकबाट निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावलाई ‘महाभियोग सिफारिस समिति’ मा पठाउने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिम गठित समितिमा सो प्रस्ताव पठाएको हो ।आइतबारको बैठकको छलफलमा सहभागी हुँदै सांसद अमरेशकुमार सिंहले नेपालमा मात्रै नभएर विश्वका अरु विभिन्न देशमा पनि महाभियोगको प्रयोग भइरहेको […]

किन अघि बढ्यो महाअभियोग प्रस्ताव

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव झन्डै ६ महिनापछि अघि बढेको छ । सरकारले प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेपछि अघि बढेको प्रस्ताव निष्कर्षमा पुग्ने विषयमा भने कुनै कार्ययोजना छैन । सत्तारूढ दलका ९५ सांसदले जबराविरुद्ध १ फागुन २०७८ सालमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि २२ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस […] The post किन अघि बढ्यो महाअभियोग प्रस्ताव appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मोदी सरकार चिनियाँ लगानीप्रति नरम, लगानी प्रस्ताव स्वीकृति हुने क्रम बढ्यो

पछिल्लो दुई वर्षमा भारतका सीमावर्ती मुलुकबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को ८० वटा प्रस्ताव स्वीकृत भएका छन् । भारतमा अधिकांश लगानी प्रस्ताव चीनबाट आएको छ । अंग्रेजी पत्रिका द हिन्दूले सूचनाको हकअन्तर्गत उद्योग तथा आन्तरिक व्यापार प्रवद्र्धन विभाग (डीपीआईआईटी)बाट प्राप्त तथ्यांकका आधारमा यो प्रतिवेदन दिएको हो ।अखबारका अनुसार नोक्सानमा रहेका भारतीय कम्पनीहरूमा चिनियाँ कम्पनीहरू अधिग्रहण गर्ने सम्भावनालाई रोक्न र कोरोना महामारीको समयमा आर्थिक स्थितिको फाइदा उठाउन भारत सरकारले अप्रिल १८, २०२०

माओवादी पदाधिकारी चयन गर्ने गरी अघि बढ्यो

काठमाडौं, २१ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पुर्व स्थायी कमिटी सदस्यहरुले पदाधिकारी टुंग्याउने ठोस प्रस्ताव तयार पार्ने जिम्मा प्रचण्डलाई दिएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा नेताहरुले पदाधिकारी तथा समितिहरु समयमा नटुंग्याए नराम्रो सन्देश जाने भन्दै अध्यक्षलाई यस विषयमा ठोस प्रस्ताव ल्याउन सुझाएका थिए […]

पेट्रोलमा कोटा प्रस्ताव, भाउ बढ्यो

यसअघि पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा दुई दिन बिदा दिन सरकारलाई सुझाव दिएको नेपाल आयल निगमले इन्धनको खपत कम गर्न दुईपांग्रे र साना सवारीसाधनलाई पेट्रोलमा कोटा लगाउने अर्को प्रस्ताव अघि सारेको छ । स्मरणीय छ, सरकारले एक महिनामात्र सातामा दुई दिने बिदा लागू गरेर असार १ गतेदेखि रद्द गरेको थियो । तर, सरकारले हटाएको […]

उद्योगमा लगानी प्रस्ताव ९१ प्रतिशत बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ चैत मसान्तसम्ममा उद्योगमा लगानीको प्रस्ताव उल्लेख्य बढेको छ । स्वदेशी र विदेशी लगानीमा दर्ता भएका कुल २३२ उद्योगमा प्रस्तावित लगानी गतवर्षको तुलनामा ९१ दशमलव ३६ प्रतिशतले वृद्धि भएको देखिएको छ ।  उद्योग विभागका अनुसार चालू आवको ९ महीनामा स्वदेशी र विदेशी लगानीमा सञ्चालन गर्ने गरी दर्ता भएका ती उद्योगमा २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएको हो । गत आव २०७७/ ७८ मा भने यस्तो लगानी प्रस्ताव १ खर्ब ३९ अर्ब रुपैयाँ थियो । उद्योग दर्ता संख्या १६९ थियो । विभागको तथ्यांकले उद्योगको दर्ता संख्या र लगानी वृद्धि देखाउँछ । दर्ता भएका स्वदेशी तथा विदेशी उद्योग सञ्चालनमा आएमा २१ हजार ६२३ जनाले रोजगारी पाउनेछन् ।  विभागका अनुसार चालू आवमा स्वदेशी तथा विदेशी लगानीका साना उद्योग दर्ता बढी छ । दर्ता भएका उद्योगमा ८३ ओटा साना छन् । मझौला ८२ र ठूला ६७ उद्योग दर्ता भएका छन् ।  यसैगरी, चालू आवको नौ महीनामा वैदेशिक लगानी प्रस्तावमा पनि सुधार देखिएको छ ।  विभागका अनुसार गत साउनदेखि चैतसम्मको नौ महीनामा वैदेशिक लगानीका १५५ उद्योग दर्ता भएका छन् । ती उद्योगमा ३३ अर्ब ४२ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको छ । गतवर्ष सोही अवधिमा २६ अर्ब १४ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको थियो । पोहोर उक्त अवधिमा साना, ठूला र मझौला गरी १४२ ओटा उद्योग दर्ता भएका थिए । गतवर्षको तुलनामा दर्ता र लगानी प्रस्ताव दुवै बढेसँगै रोजगारी पनि बढ्ने देखिएको छ । यसैगरी, ट्रेडमार्क दर्ता संख्यामा पनि वृद्धि देखिएको छ । चालू आवमा २ हजार ३५६ ट्रेडमार्क दर्ता भएका छन् । पोहोर यो अवधिमा २ हजार ७१ दर्ता ट्रेडमार्क भएका थिए । विभागका निर्देशक भक्तराज जोशीले जलविद्युत्, पर्यटन र ठूला लगानीका केही इन्भेष्टमेन्ट कम्पनी समेत दर्ता हुँदा यसपालि लगानी बढेको बताए । सरकारले लिएको उद्योगलाई सहजीकरण गर्ने नीति, औद्योगिक वातावरणका साथै एकल विन्दु सेवा केन्द्रका कामले उपलब्धि दिन थाल्दा लगानी बढेको उनको भनाइ छ ।  सरकारले पटकपटक लगानी सम्मेलनहरू गरेको र लगानीका लागि रेड कार्पेट बिच्छ्याएको सन्देश दिइरहेकाले पनि विदेशी लगानीको प्रस्ताव बढेको उनको दाबी छ । तुलनात्मक रूपमा कोभिड–१९ संक्रमण अवधिमा पनि वैदेशिक लगानी राम्रो आएको र सरकारले लिएका औद्योगिक नीतिका कारण स्वदेशी लगानी प्रस्ताव पनि उल्लेख्य वृद्धि देखिएको उनको भनाइ छ ।

अघि बढ्यो महाअभियोग प्रस्ताव

प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा अध्ययन गर्न महाअभियोग सिफारिस समिति गठन गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाअभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।समितिमा प्रमुख प्रतिपक्षी दल एमालेका प्रतिनिधि पनि छन् । समितिमा सांसदहरु विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा […]

उद्योग दर्ता र लगानी प्रस्ताव दुवै बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महीना अर्थात् पुस मसान्तसम्म आइपुग्दा उद्योग दर्ता र लगानी प्रस्ताव गतवर्षभन्दा बढेको देखिएको छ । गत आव २०७७/७८ को तुलनामा स्वदेशी र विदेशी लगानीको प्रस्ताव ६० दशमलव ९५ प्रतिशतले बढेको छ । उद्योग विभागको तथ्यांकअनुसार पुस मसान्तसम्ममा साना, मझौला र ठूला उद्योग गरी कुल १५४ ओटा उद्योग दर्ता भएका छन् । यी उद्योगको कुल प्रस्तावित लगानी रू. १ खर्ब ८६ अर्ब रहेको छ । यो लगानी र उद्योग दर्तामा स्वदेशी र विदेशी दुवैखाले पर्छन् । यही अवधिमा गतवर्ष भने कुल उद्योग दर्ता संख्या १०३ र कुल लगानी प्रस्ताव रू. ७२ अर्ब ६२ करोड थियो । विभागका अनुसार चालू आवको दोस्रो चौमाससम्ममा विदेशी लगानीका १२९ ओटा उद्योग दर्ता भएका छन् । यी उद्योगको कुल प्रस्तावित लगानी भने रू. ३० अर्ब ५६ करोड छ । गतवर्ष यही अवधिमा यस्ता उद्योगको दर्ता संख्या १२३ थियो भने लगानी प्रस्ताव रू. २३ अर्ब ४७ करोड थियो । विदेशी लगानीकर्ता ठूला उद्योगभन्दा पनि साना उद्योग दर्ता र लगानीमा बढी केन्द्रित देखिएको विभागको तथ्यांकले देखाउँछ । चालू आवको यो अवधिमा जम्मा दुईओटा ठूला उद्योग दर्ता भएका छन् भने गतवर्ष पनि दुईओटा नै ठूला उद्योगको प्रस्ताव आएको थियो । तर, तुलनात्मक रूपमा साना उद्योगमा विदेशी लगानीकर्ताले लगानी प्रस्ताव र दर्तामा भने उल्लेख्य चासो रहेको देखिन्छ । चालू आवको यो अवधिमा वैदेशिक लगानीका उद्योग दर्तामध्ये ९० ओटा उद्योग साना उद्योगमा दर्ता छन् भने गतवर्ष यस्ता उद्योग दर्ताको संख्या ११९ थियो । यो वर्ष मझौला उद्योग दर्तामा भने गतवर्षभन्दा सुधार देखिएको छ । यो वर्ष विदेशी लगानीका ३७ ओटा मझौला उद्योग दर्ता भएका छन् भने गतवर्ष जम्मा दुईओटा मझौला उद्योग दर्ता भएका थिए । वैदेशिक लगानी स्वीकृत गरी कार्यान्वयनमा आउँदा ८ हजार १४६ जनाले रोजगारी पाउनेछन् । कुल स्वदेशी र विदेशी लगानीका उद्योग सञ्चालनमा आउँदा भने कुल १३ हजार ७४८ ले रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ ।

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव अघि बढ्यो

बागमती प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव पेस १८ माघमा बस्ने बैठकमा छलफल हुने मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव बागमती प्रदेश सभा बैठकमा पेस गरिएको छ । १० पुसमा सत्तारुढ नेकपाकै...