काठमाडौं : बागबजारस्थित डिटिएच अनलाइन एजुकेशन सर्भिस प्राइभेट लिमिटेडले लोकसेवा आयोगको उपसचिव पदको कक्षा नसकीकन सम्पर्कविहीन भएको भन्दै विद्यार्थीले गुनासो गरेका छन्। डिटिएचले पैसा लिएर कोर्स पूरा नगरी बिना जानकारी सम्पर्कविहीन भएको हो।थाहाखबरको सम्पर्कमा आएका एक पीडित विद्यार्थीका अनुसार कोभिड –१९ को लकडाउनबीचको दशैँपछि जुमएपबाट लोकसेवाको उपसचिव(प्रशासन) तहको तयारीका लागि पढाउने भनेपछि कोर्स अध्ययनका लागि विद्यार्थी सहभागी थिए। तर २० दिनसम्म पढाएपछि शिक्षक नै फोन अफ ग