मनास्लु हिमपहिरोमा फसेका थप ७ जनाको उद्धार

मनास्लु हिमपहिरोमा फसेका थप ७ जनाको उद्धार भएको छ । मंगलबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएका ७ मध्ये ४ जनालाई काठमाडौ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए ।

सम्बन्धित सामग्री

चीनमा हिमपहिरोमा फसेका २ सय जनाभन्दा बढीको उद्धार

चीनको सिनजियाङमा हिमपहिरोमा फसेका २ सय जनाभन्दा बढीको चिनियाँ प्रहरीले उद्धार गरेको छ।चीनको सिनजियाङको अल्ताय प्रान्तको राजमार्गमा हिमपहिरोले ५४ सवारीसाधन र २ सय जनाभन्दा बढी मानिस फसेका थिए।उनीहरू सबैको प्रहरीले उद्धार गरेको छ। २ घण्टाभन्दा बढीको प्रयासपछि बाटोमा अलपत्र परेका सवारीसाधन पनि सडक खोलिएपछि बाटो लागेका छन्।

तिब्बतमा हिमपहिरोमा परी २८ जनाको ज्यान गयो

चीनको स्वशासित क्षेत्र तिब्बतको निङ्ची शहरमा शुक्रबार गएको हिमपहिरोमा परी २८ जनाको ज्यान गएको छ । हिमपहिरोमा परेकाहरुको उद्धार सकिएको र २८ जनाको ज्यान गएको तिब्बतका अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्हवाले जनाएको छ ।   हिमपहिरोपछि काउन्टीलाई नइङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग बन्द भएको थियो । बाटो बन्द हुँदा गाडी तथा यात्रुहरु बाटोमै रोकिएका थिए । अहिले बाटोमा फसेका सबैको उद्धार सकिएको सिन्ह्वाले जनाएको छ । हिमपहिरो गएको क्षेत्रका सडक कच्ची रहेको तथा भू–धरात...

भारतमा हिमपहिरोमा परी चार आरोहीसहित १० को मृत्यु

भारतीय हिमालय क्षेत्रमा मंगलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको छ।भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको संख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन्।'फसेका ३३ जनामध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये करिब आठ जनालाई उद्धार गरिसकिएको छ र बाँकी एक हिउले बनेको चिरूवाभित्र फसेका छन्', राष्ट्रिय विपद् व्यवस्थापन बलका रिधिम अग्रवालले भने, 'हिउँ परिरहेको थियो तर अहिले मौसममा सुधार आएको छ र हामीले वायु सेना र अ

मनास्लुको हिमपहिरोमा फसेकाहरूको उद्धारमा समस्या

काठमाडौँ । मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा फसेका व्यक्तिको उद्धारमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालका अनुसार अहिलेसम्म उनीहरूको खोजी कार्य हुन सकेको छैन । बिहान ८ बजेतिर गएको हिमपहिरोमा परी केही आरोहण दलका सहयोगी र भरिया फसेको खबर आएको तर मौसम प्रतिकुल भएकाले उद्धार गर्न कठिन भएको […]

मनास्लुको हिमपहिरोमा फसेकाहरुको उद्धारमा समस्या

१० असोज, काठमाडौं । मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा फसेका व्यक्तिको उद्धारमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालका अनुसार अहिलेसम्म उनीहरुको खोजी कार्य हुन सकेको छैन । बिहान ८ बजेतिर गएको हिमपहिरोमा परी केही आरोहण दलका सहयोगी र भरिया फसेको खबर आएको तर मौसम प्रतिकुल भएकाले उद्धार गर्न […]

मनास्लुमा हिमपहिरो : घाइतेकाे अझै उद्धार गर्न सकेन होलिकोप्टरले

काठमाडौं– गोरखाको मनास्लुमा हिमालमा एक्कासी आएको हिमपहिरोमा परी कम्तिमा १० जना घाइते भएका छन् । हिमाल आरोहीलाई अक्सिजनलगायत सामग्री लिएकाहरु हिमपहिरोमा फसेका थिए ।  उद्धारका लागि हेलिकोप्टर मनास्लु क्षेत्रमा पुगिसकेको भएपनि मौसम खराबीका कारण उद्धारमा कठिनाई भइरहेको छ । मनास्लु हिमालको दुई थुम्काको बीचबा...

मनास्लुको हिमपहिरोमा फसेका आरोहीलाई हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौं। मनास्लुको हिमपहिरोमा फसेका आरोहीलाई हेलिकप्टरबाट उद्धार गरिँदैछ । काँग्रेसको संस्थापनइतर समुहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । निर्वाचन आचारसंहिता असोज १२ देखि लागु गर्ने निर्वाचन आयोगले तयारी गर्दैछ । पूर्वी नाकामा भारतीय गाडीलाई एक वर्षदेखि रोकिएको ‘सुविधा पास’ आजदेखि खुला गरिएको छ । पकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको छ ।

मनास्लु हिमालमा हिमपहिरो, उद्धार चल्दै

काठमाण्डाै – मनास्लु हिमालमा हिमपहिरो गएको छ । तेस्रो र चौथो क्याम्पको बीचमा गएको हिमपहिरोमा परि केही व्यक्ति घाइते समेत भएका विवरण प्राप्त भएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताउनुभयो ।  उहाँले हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाण्डाैबाट सामागाउँमा हेलिकप्टर पठाएको बताउनुभयो । सामागाउँ उत्तरी गोरखाको गाउँ हो ।  यस्तै आरोही निर्मल पुर्जाले फेसबुकमा स्टाटस लेखेर मनास्लुमा हिमपहिरो गएको जानकारी दिँदै आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको जानकारी दिनुभएको छ । गोरख...

मनास्लुमा हिमपहिरो, हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौँ । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको छ । हिमपहिरोमा परी केही व्यक्ति सामान्य घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त भएको छैन। सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर लिएर सामागाउँ पुगेको बताएका छन् । मनास्लु आरोहणका लागि सम्पर्क अधिकृत तोकिएकी यशोदाअर्यालले […]