मनास्लुको हिमपहिरोमा फसेका आरोहीलाई हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौं। मनास्लुको हिमपहिरोमा फसेका आरोहीलाई हेलिकप्टरबाट उद्धार गरिँदैछ । काँग्रेसको संस्थापनइतर समुहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । निर्वाचन आचारसंहिता असोज १२ देखि लागु गर्ने निर्वाचन आयोगले तयारी गर्दैछ । पूर्वी नाकामा भारतीय गाडीलाई एक वर्षदेखि रोकिएको ‘सुविधा पास’ आजदेखि खुला गरिएको छ । पकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

मनास्लुमा हिमपहिरो, हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौँ । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको छ । हिमपहिरोमा परी केही व्यक्ति सामान्य घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त भएको छैन। सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर लिएर सामागाउँ पुगेको बताएका छन् । मनास्लु आरोहणका लागि सम्पर्क अधिकृत तोकिएकी यशोदाअर्यालले […]