झापा । पछिल्लो समय झापा जिल्लामा कोरोना सङ्क्रमण भुसको आगो झैँ फैलँदै गएको छ । प्रत्येक दिन कोरोना भाइरस सङ्क्रमित हरूको सङ्ख्या र अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या बढ्दो अवस्थामा रहेको छ । जिल्लाका सम्पूर्ण कोभिड सेन्टरहरू कोरोनाका बिरामीले भरिभराउ भएका छन् । यसले झापा जिल्लामा कोरोना प्रकोप नियन्त्रण बाहिर जाने चिन्ता सुरु भएको छ ।