धनुषा – कुमारी आमाका रूपमा चर्चामा आएकी निहारिका राजपुतले आराेपित शिवराज श्रेष्ठसँग मिलापत्र गर्नुभएकाे छ । धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा राजपूतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गर्नुभएकाे हाे ।
मिलापत्रअनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रूपमा स्वीकार्नुभएकाे छ । जिल्ला अदालतमा अंश मुद्दा दिनुभएकी उहाँले दुई जनाबीच पति–पत्नीका रूपमा बस्ने निर्णय भएको भन्नुभएकाे छ । मिलापत्रपछि यसै हप्ता श्रेष्ठसँग विवाह गर्न लागेकाे राजपुतले बताउनु...