निहारिका प्रकरण : शिवराज श्रेष्ठ र बच्चाको डीएनए परीक्षण गर्न अदालतकाे आदेश

उच्च अदालत जनकपुरले सोनाली उर्फ निहारिका राजपुत प्रकरणमा शिवराज श्रेष्ठ र पीडित बच्चाको डिएनए टेस्ट गर्न  आदेश दिएको छ । बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयूक्त इजलासले यस्तो आदेश दिएको हो ।निहारिकाले बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्