थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका दुई गुटबीच लडाइँको एक भिडियो बाहिर आएको छ । भिडियोमा बाँदरहरूको ठूलो झुण्ड सडकमा एकआपसमा लडिरहेको देख्न सकिन्छ । यसबीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ जहाँको त्यहीँ रोकिएका थिए ।यस ‘ग्याङ फाइट’ का दौरान बाँदरहरूको आवाज यति ठूलो थियो कि मानिसहरु डराएर गाडीभित्र नै लुकेर बसेका थिए । यो घटना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बताइएको छ । यो सहर बुद्धको प्राचिन मन्दिरहरूका लागि चर्चित रहेको छ ।भिडियो रेकर्ड गर्ने एक व्यक्तिका अ